काठमाडौँ । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले मतान्तर झन् बढाउँदै लगेका छन् । पछिल्लो पटक सार्वजनिक मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्रले ६ हजार ८९३ मत ल्याएका छन्।
दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापित धेरै पछि रहेका छन् । उनले हालसम्म ३ हजार ६४४ मत ल्याएका छन् । साथै गठबन्धनबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले ३ हजार २०८ मत ल्याएकी छन् ।
महानगरपालिकामा अहिले ३,४,५,३१ र ३२ वडाको मतगणना कार्य भइरहेको छ।