काठमाडौं । थाहा नगरपालिकाको प्रमुख पदमा माओवादी केन्द्रले मतान्तर बढाउँदै गएको छ ।
निर्वाचन आयोगले दिएको जानकारीअनुसार १३ हजार ३ सय ३६ मत गणना हुँदा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार रहेका बिष्णु बिष्टले ५ हजार ९ सय ६३ मत प्राप्त गरेका छन् ।
नेकपा एमालेका उम्मेदवार अच्युतम ढकालले ४ हजार ३ सय ५५ मत पाएका छन् । उनीहरुबीच १६०८ मतको अन्तर रहेको छ।
उप प्रमुख पदमा नेपाली काँग्रेसका भरत गोपालीले ५ हजार ३३४ मतका साथ अग्रता लिएका छन् । उनलाई एमालेकी कल्पना वलामीले ४ हजार ९०४ मतसहित पछ्याइरहेकी छन् ।