काठमाडौं । थाहा नगरपालिकाको प्रमुख पदमा माओवादी केन्द्रले मतान्तर बढाएको छ ।
अहिलेसम्म १० हजार बढी मत गणना हुँदा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार रहेका बिष्णु बिष्टले ५५९० मत प्राप्त गरेका छन् ।
नेकपा एमालेका उम्मेदवार अच्युतम ढकालले ४१४९ मत पाएका छन् । उनीहरुबीच १४४१ मतको अन्तर रहेको छ। यस्तै, राप्रपाका बसुन्धरा पुडासैनीले ९२, राष्ट्रिय जनमोर्चाका शुभ राज गोलेले २१३, मंगोल नेशनल अर्गनाइजेसनका राजकुमार गोलेले ७१ मत प्राप्त गरेका छन् ।
उप प्रमुख पदमा नेपाली काँग्रेसका भरत गोपालीले ४९६५ मतका साथ अग्रता लिएका छन् । उनलाई एमालेकी कल्पना वलामीले ४६२५ मतसहित पछ्याइरहेकी छन् । यस्तै, राप्रपाका नविन रायमाझीले १५५ मत पाएका छन् ।