काठमाडौँ । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले मतान्तर झन् बढाउँदै लगेका छन् । पछिल्लो पटक सार्वजनिक मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्रले ६ हजार ४८६ मत ल्याएका छन्।
उनको यो मत दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितको भन्दा झन्डै ३ हजार ७३ मत बढी हो । स्थापितले हालसम्म ३ हजार ४१३ मत ल्याएका छन् । साथै तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३ हजार ९ मत ल्याएकी छन् ।