मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Monday, May 23, 2022 |सोमबार, जेठ ९, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
सुरक्षा
  • गृहपृष्ठ
  • अति संवेदनशील मतदान स्थलमा तालिमप्राप्त कुकुरबाट निरीक्षण
अति संवेदनशील मतदान स्थलमा तालिमप्राप्त कुकुरबाट निरीक्षण
जनतापाटी
जनतापाटी बिहीबार, वैशाख २९, २०७९ मा प्रकाशित
viber sharing button
अति संवेदनशील मतदान स्थलमा तालिमप्राप्त कुकुरबाट निरीक्षण

सिराहा । स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबार हुने मतदानका लागि कायम गरिएका मतदानस्थलको सुरक्षा संवेदनशीलताको आधारमा तालिमप्राप्त कुकुरसहितका प्रहरीले सिराहाका विभिन्न मतदानस्थलहरूको निरीक्षण गरिएको छ ।

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरबाट ल्याइएको तालिमप्राप्त कुकुरसहित सम्बन्धित इलाकामा पर्ने प्रहरी युनिट इन्चार्जलगायतको टोलीले संवेदनशील मानिएका मतदानस्थल निरीक्षण गरेको हो ।

जिल्लाको मिर्चैया, गोलबजार, धनगढी, कसाहा र लहानका अति संवेदनशील मतदानस्थलको निरीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय सिराहा प्रहरीका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक बुढाथोकीका अनुसार जिल्ला सुरक्षा समितिले अतिसंवेदनशील मानेका एक सय ७० मध्ये बिहीबार दिनभर हरेक स्थानीय तहमा एउटा पर्ने गरी नमुनाका रूपमा मतदानस्थल निरीक्षण गरिनेछ । 

जिल्ला सुरक्षा समितिले विगतमा निर्वाचन बिथोलिएका, झडप भएका र अन्य भूमिगत समूहका सुरक्षा थ्रेट रहेका मतदानस्थलहरूलाई अतिसंवेदनशील मतदानस्थलको रूपमा सूचीकृत गरी सुरक्षाकर्मी परिचालन गरेको उनले बताए ।

स्थानीय तह निर्वाचनका लागि जिल्लामा दुई सय २१ मतदानस्थलअन्तर्गत चार सय ९८ मतदान केन्द्र तोकिएको छ । जसमा अतिसंवेदनशील एक सय ७०, संवेदनशील ४६ र पाँचवटा मतदानस्थल सामान्य सूचीमा रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

सिराहाको आठ नगरपालिका र नौ गाउँपालिका गरी १७ स्थानीय तहमा दुई लाख १९ हजार पाँच सय ६४ पुरुष, एक लाख ९४ हजार छ सय महिला र दुई तेस्रोलिंगी गरी चार लाख १४ हजार एक सय ६६ मतदाता रहेका छन् ।

viber sharing button
जनतापाटीबाट थप
काठमाडौंमा एक लाख २८ हजार ४८५ मतगणनाः कसले कति पाए ?
काठमाडौंमा एक लाख २८ हजार ४८५ मतगणनाः कसले कति पाए ? १ घण्टा पहिले
 सुन्दर हरैँचा नगरपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी
 सुन्दर हरैँचा नगरपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी १ घण्टा पहिले
भीमदत्त नगरपालिकामा कांग्रेस विजयी
भीमदत्त नगरपालिकामा कांग्रेस विजयी १ घण्टा पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
सशस्त्रका पौडेल एआइजीमा पदोन्नति
महोत्तरीमा २४७४ जना म्यादी प्रहरीलाई बिदाई
मतदानभन्दा १५ मत बढी भेटिएपछि मतगणना स्थगित, प्रहरीले गर्‍याे हवाइ फायर
तनहुँमा २५ प्रतिशत मत खस्याे 
सुर्खेतमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक भट्ट निलम्बित
धम्की तथा प्रलोभनमा नपरी आफ्नो मताधिकारको प्रयोग गर्न गृहको अनुरोध
Nabil
Sunrise Bank
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP