मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Sunday, June 26, 2022 |आइतबार, असार १२, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
सुरक्षा
  • गृहपृष्ठ
  • उदयपुरमा ९८ वटा मतदान स्थलमा कडा सुरक्षा व्यवस्था
उदयपुरमा ९८ वटा मतदान स्थलमा कडा सुरक्षा व्यवस्था
जनतापाटी
जनतापाटी बिहीबार, वैशाख २९, २०७९ मा प्रकाशित
viber sharing button
उदयपुरमा ९८ वटा मतदान स्थलमा कडा सुरक्षा व्यवस्था

उदयपुर । जिल्ला प्रशासन कार्यालय उदयपुरले स्थानीय तहको निर्वाचनमा  मतदान स्थलमा कडा सुरक्षा व्यवस्था मिलाएको छ । उदयपुरका १२ वटा मतदान स्थललाई अति संवेदनशील र ५० वटा संवेदनशील रहेको भन्दै सुरक्षा व्यवस्था कडा पारेको हो ।

जिल्ला प्रशासन कार्यालयले निर्वाचन लक्षित ‘एकीकृत सुरक्षा योजना’ कार्यान्वयनमा ल्याएसँगै अति संवेदनशील र संवेदनशील केन्द्रमा वर्गीकरण गरी सुरक्षा थ्रेटलाई ख्याल गरेर सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिएको छ । उदयपुरमा ३६ वटा मतदान स्थल मात्र सामान्य सूचीमा वर्गीकरण गरिएको छ ।

उदयपुरमा ९८ वटा मतदान स्थल अन्तर्गत २ सय ५८ वटा मतदान केन्द्र छन् । मतदान केन्द्रमा १ हजार ६ सय १६ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । ‘जिल्लाका सबै स्थानमा रिर्जभ फोस पनि परिचालन गरिएको छ । मतदान स्थलमा स्टाइकिङ् टोली पनि खटाइएको छ,’ प्रमुख जिल्ला अधिकारी बीरेन्द्रकुमार यादवले भने, ‘निर्वाचनलाई लक्षित गरेर केही समुहले निर्बाचन बहिष्कार लगायतका  गतिविधीलाई पनि नियालेर सुरक्षा व्यवस्था पुरै कडाई गरिएको हो ।

उदयपुरमा ६ वटा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलसहित अन्य स्वतन्त्र गरि १ हजार ४ सय ३२ जना उम्मेदवार चुनाबी प्रतिस्पर्धामा छन् । ती उम्मेदवारहरुलाई पनि सुरक्षा प्रदान गर्न सुरक्षाकर्मीले निगरानी राख्ने जानकारी दिए । यहाँ सुरक्षाको लागि नेपाल प्रहरीका ६ सय ११ जना, म्यादी प्रहरी १ हजार ५ जना, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन गरिएको छ । ‘तीन घेरा सुरक्षा नीति अनुसार भित्री कोर टीममा नेपाल प्रहरीसँगै म्यादी प्रहरी, त्यसपछि सपोर्टिङ्मा सशस्त्र प्रहरी र बाहिरी घेरामा सेनाको टोली खटाइएको प्रमुख जिल्ला अधिकारी बीरेन्द्रकुमार यादबले जानकारी दिए । 

निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थित बनाउन गर्नु पर्ने सम्पूर्ण काम सकिएको बताउँदै जिल्लामा चार तहमा सुरक्षाकर्मी परिचालन भइ सकेको प्रमुख जिल्ला अधिकरी यादवले जानकारी दिए । जिल्लामा अतिसंबेदनसिल र संबेदनसिल मतदान स्थलमा थप्प सुरक्षामा बम डिष्पोजल सहितको टोलीलाई परिचालन गरि तैनाथ गरिएको छ । स्थानीय निर्वाचन सफल बनाउन र उदयपुरको शान्ति सुरक्षा मजबुद बनाउनका लागि चौबिसै घण्टा सेना परिचालन गरिएको छ ।

viber sharing button
जनतापाटीबाट थप
इलाममा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु
इलाममा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु ४ मिनेट पहिले
मन्त्री झाँक्री र कामु प्रधानन्यायाधीश कार्कीबीच भेटवार्ता
मन्त्री झाँक्री र कामु प्रधानन्यायाधीश कार्कीबीच भेटवार्ता १८ मिनेट पहिले
केन्टले ल्यायाे वाटर प्युरिफायर
केन्टले ल्यायाे वाटर प्युरिफायर ४६ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
ठगीजन्य कार्यबाट बच्न सिआइवीको अनुरोध
 नेपाल प्रहरीका १७ एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस
सशस्त्र प्रहरीका ३७ जना डिएसपीलाई एसपीमा बढुवा सिफारिस [सूचीसहित]
आइजीपी विवाद हेर्दाहेर्दैमा, असार १३ गते सुनुवाइ
पुराना घटनाहरूको अनुसन्धानलाई उच्च प्राथमिकतामा राख्न आईजिपी सिंहको निर्देशन 
प्रधानसेनापति शर्मा लेवनान प्रस्थान, अमेरिकाकाे पनि भ्रमण गर्ने
Nabil
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP