मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Monday, July 04, 2022 |सोमबार, असार २०, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
इकोनोमिक
  • गृहपृष्ठ
  • ‘ह्वावे डिजिटल नेपाल कन्क्लेभ इन एसोसिएसन विथ इन्फोडेभलपर्स’ आयोजना हुँदै
‘ह्वावे डिजिटल नेपाल कन्क्लेभ इन एसोसिएसन विथ इन्फोडेभलपर्स’ आयोजना हुँदै
जनतापाटी
जनतापाटी बुधबार, वैशाख २८, २०७९ मा प्रकाशित
viber sharing button
‘ह्वावे डिजिटल नेपाल कन्क्लेभ इन एसोसिएसन विथ इन्फोडेभलपर्स’ आयोजना हुँदै

काठमाडौं । आइसिटी फाउण्डेशन नेपालको आयोजनामा असार पहिलोसाता दुई दिने ह्वावे डिजिटल नेपाल कन्क्लेभ २०२२ इन एसोसिएसन विथ इन्फोडेभलपर्स आयोजना हुने भएको छ । 

असार ४ र ५ गते द सोल्टी काठमाडौंमा आयोजना हुने कन्क्लेभमा प्रसिद्द अन्तरास्ट्रिय कम्पनि ‘ह्वावे’ कार्यक्रमको शिर्ष प्रायोजक र नेपालको सफ्टवेयर क्षेत्रको अग्रणी कम्पनि ‘इन्फोडेभलपर्स’ इन एसोसिएसनको रुपमा रहेका छन् । कन्क्लेभमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरबाट ६० बढि वत्ता र ७ सयबढि विशिष्ट व्यक्ति तथा विज्ञहरुको सहभागिता रहनेछ । 

डिजिटल रुपान्तरणको लागि डिजिटल नेपाल कन्क्लेभको नारा सहित आयोजना हुने यस कार्यक्रममा विभिन्न १५ बढि महत्वपुर्ण सेसनहरु रहेका छन् । कार्यक्रममा डिजिटल नेपालको एजेण्डा र अवधारणाहरुमा वृहत छलफल हुनेछ । नेपाल सरकारले रुपान्तरणकारी परियोजनाको रुपमा अघि बढाएको डिजिटल नेपाल फ्रेमवर्कलाई कसरी प्रभावकारी ढंगले कार्यान्वयनमा लान सकिन्छ भन्ने सन्दर्भमा कन्क्लेभ केन्द्रित रहनेछ । 

यस कार्यक्रममा डिजिटल नेपालको अभियान, डिजिटल रुपान्तरणको प्रयास, नविनतम प्रविधिहरु र यसका अभ्यासहरुसँग जोडेर सान्र्दभिक बहसहरु सञ्चालन गरिने आयोजक आइसिटी फाउण्डेशन नेपालका अध्यक्ष राजन लम्सालले बताए । 

कन्क्लेभमा युवाहरुको इन्नोभेटिभ आइडियाहरुलाई पनि स्थान दिइनेछ भने बिद्यार्थीका डिजिटल नेपाल सम्वन्धि क्रिएशनलाइ पनि प्रस्तुतिको लागि समय प्रदान गरिने आयोजकले जनाएको छ । विभिन्न देशमा रहेर प्रविधिको क्षेत्रमा काम र अनुसन्धान गरिरहेका नेपालीहरुलाई पनि कार्यक्रममा समाबेश गरिनेछ । सरकारी तथा निजिक्षेत्रका महत्वपुर्ण डिजिटल नेपालको इस्कोसिस्टममा काम भैरहेका प्रोजेक्टहरुलाई पनि प्रदर्शनीमा राखिने आयोजकले जानकारी दिएको छ ।

कार्यक्रमको शिर्ष प्रायोजक ह्वावे विश्वका १७० भन्दा बढी देशहरु दुरसञ्चार तथा नविनतम प्रविधिहरुको इन्नोभेसन, विकास तथा विस्तार गरिरहेको नेतृत्वदायी कम्पनी हो, जसले विश्वभरि तीन अर्ब भन्दा बढी मानिसहरूलाई सेवा प्रदान गरिरहेको छ । ह्वावे नेपालमा २१ वर्षदेखि नेपालको आइसिटी उद्योगमा सेवा गर्दै आएको छ । त्यसैगरी इन एसोसिएसनको रुपमा रहेको इन्फोडेभलपर्सले दुई दशकदेखि बैंकिङ तथा वित्तिय क्षेत्र लगायत नेपाल सरकार, अन्तर्राष्ट्रिय एजेन्सीहरुलाई प्राथमिकतामा राखेर सफ्टवेयर विकास गरिरहेको छ । कम्पनीको सफ्टवेयरबाट ३५ लाख बढीले सेवा लिइरहेका छन् ।

viber sharing button
जनतापाटीबाट थप
साताको दोस्रो कारोबारको दिन सेयर बजारमा गिरावट
साताको दोस्रो कारोबारको दिन सेयर बजारमा गिरावट ११ मिनेट पहिले
रुपन्देहीमा हतियारसहित तीन भारतीय नागरिक पक्राउ
रुपन्देहीमा हतियारसहित तीन भारतीय नागरिक पक्राउ २९ मिनेट पहिले
बैंकमा पैसा राख्नेमा कुन जिल्लाका नागरिक अघि ?
बैंकमा पैसा राख्नेमा कुन जिल्लाका नागरिक अघि ? ४१ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
साताको दोस्रो कारोबारको दिन सेयर बजारमा गिरावट
बैंकमा पैसा राख्नेमा कुन जिल्लाका नागरिक अघि ?
अजोड इन्स्युरेन्सले नियुक्त गर्‍याे सेयर रजिस्ट्रार
ट्रेजरी बिलको व्याजदर दोहोरो अङ्कमा
साङ्गे विद्युत् कम्पनीले बाेलायाे विशेष साधारणसभा
कति पुग्याे गण्डकीकाे प्रतिव्यक्ति आम्दानी ?
Nabil
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP