मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Monday, May 23, 2022 |सोमबार, जेठ ९, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
अन्तर्वार्ता
  • गृहपृष्ठ
  • घोराहीमा व्यवस्थित बस्ती विकासका लागि काम गर्छु- नरुलाल चौधरी
घोराहीमा व्यवस्थित बस्ती विकासका लागि काम गर्छु- नरुलाल चौधरी
जनतापाटी
जनतापाटी मंगलबार, वैशाख २७, २०७९ मा प्रकाशित
viber sharing button
घोराहीमा व्यवस्थित बस्ती विकासका लागि काम गर्छु- नरुलाल चौधरी

दाङको घोराही उपहानगरपालिकाको प्रमुखमा नेकपा एमालेका नरुलाल चौधरीले उम्मेदवारी दिएका छन् । उनी जनतामा एक पटक परीक्षण भइसकेका जनप्रतिनिधि हुन् । दोस्रो कार्यकालका लागि उम्मेदवारी दिएका चौधरीको चुनावी तयारीको सन्दर्भमा चौधरीसँग गरेको कुराकानी :

चुनावी अभियान कसरी सञ्चालन भइरहेको छ ?

पार्टीका एजेण्डालाई जनतामाझ पुर्‍याउने र जनताका सुझावसहित मत माग्ने काममा व्यस्त छौं । प्रचार प्रसारका विभिन्न विधि अपनाइएको छ । पहिलो त प्रत्यक्षरुपमै मतदातालाई घरमै पुगेर भेट्ने काम जारी छ । त्यस्तै व्यक्तिगत भेटघाटलाई पनि तीव्र बनाएका छौं । जनसभालगायतका प्रचारका काममा हामी लागेका छौं ।

तपाइँको उम्मेदवारी किन ?

यसमा व्यक्तिगत रुपमा केही भन्नु छैन । एमाले पार्टीले २०७४ सालमा जे घोषणापत्र जारी गरेको थियो । पाँच वर्षसम्म त्यही घोषणापत्रलाई आधार बनाएर काम गरौँ । अधिकांश जनताको बीचमा गरेको वाचाअनुरूपको काम गरेका छौँ । एकाध कुराहरू जो पूरा गर्न सकेनौँ । केही राम्रा कामहरू अधुरा छन । त्यसलाई पूरा गर्नुपर्नेछ । पाँच वर्षे अनुभवले धेरै सिकाएको छ ।  हामीले विकासका आधारहरू तयार गरेका छौं । कानुन निर्माण गरेका छौं । घोराहीका कुना कुनामा पुगेर त्यहाँको समस्या बुझेका छौं । त्यसो भएर छोटो समयमा धेरै उपलब्धी आउने गरी काम गर्न सकिने भएर नेतृत्वलाई दोहोर्‍याउन लागेको हो ।  

तपाइँँका एजेण्डाहरू के के हुन् ?

समृद्ध घोराही र सुखी जनता बनाउने हो । त्यसका लागि आर्थिक विकासमा जोड दिन्छौं । हरेक नागरिकहरूलाई सीप सिकाउने र उसलाई रोजगारमा जोड्ने योजना छ । निर्माण भएका सडक, बाटाहरूलाई स्तरोन्नति गर्ने योजना छ । घोराहीमा जनघनत्व बढेको छ । त्यसोभएर तुलसीपुर चौराहमा स्काइ ब्रीज निर्माण गर्ने योजना छ । डीपीआर तयार भइसकेको छ । त्यसका लागि माटो परीक्षण पनि गरिसकिएको छ । तयारी पूरा भइसकेको छ । हामी निर्वाचित भएलगत्तै त्यो काम सुरु हुन्छ । विद्यालयमा दरबन्दी मिलान गरिएको छ । अझै विषयगत शिक्षकको व्यवस्थापन थालिएको छ । शैक्षिक क्षेत्रमा अरु सुधारको काम गर्न बाँकी छ । शैक्षिक गुणस्तर राम्रो हुनु भनेको असल जनशक्ति उत्पादन गर्नु हो । त्यसैगरी कृषियोग्य जमिन खण्डीकरणलाई रोकेका छौं । व्यवस्थित वस्ती विकासका लागि काम गर्नुपर्नेछ । जथाभावी घर घडेरी बनाउन नदिन मापदण्ड तयार गरेका छौं । खाद्यवस्तुमा घोराहीलाई आत्मनिर्भर बनाउने गरी कृषि उत्पादनमा जोड दिने, कृषिलाई यान्त्रिकीकरण, व्यवसायीकरण गरिरहेका छौं । कुखुरा पालन, बाख्रा पालन, बंगुर पालन, माहुरी पालन, भैंसीपालनजस्ता कृषि उद्यमका लागि विशेष कार्यक्रम ल्याएर किसानलाई आत्मनिर्भर बनाउने तयारी छ । 

खानेपानी नपुगेको ठाउँमा धारा पुर्‍याउनु छ । सिँचाइका लागि सकेसम्म ताल निर्माण गर्ने, सम्भव नभएको ठाउँमा डिप बोरिङ गरेर सिँचाइ व्यवस्थापन गर्छौ । आगामी कार्यक्रम भनेको आर्थिक समृद्धि, पूर्वाधार निर्माण, शैक्षिक सुधार र स्वास्य सेवा सुधारलाई प्राथमिकतामा राखेका छौं । पर्यटनमा हामीसँग भएका धारापानी, अम्बीकेश्वरी, मन्ठोरिया, बाह्रकुने, चौघेराजस्ता धार्मिक पर्यटकीय स्थलको विकास, तालतलैया तथा विभिन्न कला, संस्कृति, भेषभुषाको संरक्षण गर्ने योजना छ । समग्रमा योजनावद्ध विकास हाम्रो प्राथमिकता हो ।

जित्ने आधार के ?

एमाले बलियो छ भन्ने कुरा गठबन्धनले नै प्रमाणित गरेको छ । गठबन्धनमा रहेका काँग्रेस, माओवादीलगायतका दलहरू कम्जोर भएरै गठबन्धनमा जोडिएका हुन । बलियो भइदिएको भए एक्लै लड्थे । कमजोरसँग लड्न एमालेलाई के को चुनौती ? अर्को कुरा अहिलेका दलहरू सबै जनताबाट परिक्षण भएका छन् । को सत्तामा पुग्दा काम भयो भन्ने कुरा त जनतालाई राम्ररी थाहा छ । एमालेले गरेको काम, उसका एजेण्डा, राष्ट्रियताका लागि एमालेले लिएको अडान सबै हेर्दा अबको विकल्प एमालेमात्रै हो । जनताको समर्थन एमालेलाई नै छ । एमालेले जबरजस्ती गठबन्धनका दलहरूलाई कमजोर बनाएको होइन । उहाँहरूका नीति, कार्यक्रम, काम र व्यवहारले खुम्चिँदै खुम्चिँदै जानुभएको हो । जनताको बीचमा खुम्चिएका दलसँग हामीलाई चुनौती छैन । उहाँहरू जनताबाट त टाढिसक्नु भएको छ । अब आफ्नै कार्यकर्ता, शुभेच्छुकसँग पनि यसपालिदेखि टाढिँदै हुनुहुन्छ । कार्यकर्ता, शुभेच्छुकले गठबन्धन चाहनु भएको छैन । तर, नेताहरू जसरी पनि पद हत्याउनका लागि नीति, विचार, व्यवहार केही नमिल्नेहरूसँग घाटी जोड्नु भएको छ । यसले जनतामात्रै होइन आफ्नै कार्यकर्ताबाट गठबन्धनलाई टाढा बढाउँदैछ । त्यसो भएर गठबन्धनको असर हामीलाई पर्दैन ।

viber sharing button
जनतापाटीबाट थप
 सुन्दर हरैँचा नगरपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी
 सुन्दर हरैँचा नगरपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी ६ मिनेट पहिले
भीमदत्त नगरपालिकामा कांग्रेस विजयी
भीमदत्त नगरपालिकामा कांग्रेस विजयी १४ मिनेट पहिले
१५ देशमा फैलियो मंकीपक्स संक्रमण
१५ देशमा फैलियो मंकीपक्स संक्रमण १७ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
चौतर्फी घेराबन्दीले सिटमा दोस्रो देखिए पनि समग्रमा एमालेको जनमत बढेको छः सुवास नेम्वाङ
एमालेभन्दा गठबन्धनले दोब्बर बढी जित्ने देखियो -डा. प्रकाशशरण महत
गोदावरीका सबै भित्री सडक कालोपत्रे र किसानलाई परिचयपत्रको व्यवस्था गर्छु- गम्भीर राना
गठबन्धनले सूर्यविनायकमा कुनै असर गर्दैनः वासुदेव थापा 
माडीवासीको शिर निहुरिने काम गर्दिनँ - ताराकाजी महतो
सार्वजनिक सेवा डिजिटल सिस्टममार्फत् घर-घरमै पुर्‍याउँछाैँ : समीक्षा बाँस्कोटा
Nabil
Sunrise Bank
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP