काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको भाउ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको भाउ मंगलबार तोलामा ७ सय रुपैयाँले घटेर ९८ हजार रुपैयाँ कायम भएको छ । तेजावी सुनको भाउ तोलाको ९७ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ ।
त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । सोमबार तोलामा एक हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १० रुपैयाँले घटेर एक हजार २७५ मूल्य कायम भएको महासंघले जनाएको छ ।