मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Sunday, June 26, 2022 |आइतबार, असार १२, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
राजनीति
  • गृहपृष्ठ
  • ऊर्जामन्त्रीसँग जापानका राजदूतको शिष्टाचार भेट
ऊर्जामन्त्रीसँग जापानका राजदूतको शिष्टाचार भेट
जनतापाटी
जनतापाटी सोमबार, वैशाख २६, २०७९ मा प्रकाशित
viber sharing button
ऊर्जामन्त्रीसँग जापानका राजदूतको शिष्टाचार भेट

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि जापानका राजदूत किकुता याताकाले शिष्टाचार भेट गरेकी छन् । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपाल–जापान सम्बन्ध र सहयोगका विविध विषयमा छलफल भएको छ ।

सो अवसरमा मन्त्री भुसालले जापान सरकारको समेत सहयोगमा निर्माण भएको कुलेखानी जलाशययुक्त जलविद्युत् आयोजना नेपालको सुक्खायाममा हुने ऊर्जा सङ्कट समाधानका लागि महत्वपूर्ण रहेको बताइन् । उनले भनिन्, “कुलेखानी जस्तै अन्य जलाशययुक्त आयोजनामा जापानको सहयोग रहने विश्वास लिएको छु ।” 

ऊर्जा सुरक्षाका लागि नेपालले जलाशययुक्त आयोजना निर्माणलाई विशेष प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री भुसालले महत्वपूर्ण पूर्वाधार निर्माणमा सहयोग गर्दै आएको जापान सरकारले आगामी दिनमा ऊर्जा सुरक्षामा पनि थप सहयोग गर्ने विश्वास व्यक्त गरिन् ।

भौगोलिक विविधता र अव्यवस्थित मानव बसोबासका कारण देशका सबै नागरिकलाई स्वच्छ पानी पु-याउन समस्या भएको बताउँदै मन्त्री भुसालले भूकम्प र जलवायु परिवर्तनको असरका कारण मानव बस्ती नजिकको पानीको मुहान सुक्दै गएको बताइन् । हरेक नेपालीलाई स्वच्छ खानेपानी र गुणस्तरीय ऊर्जा पु-याउन सरकार लागिपरेको उल्लेख गर्दै  उनले त्यस्ता कार्यक्रम सफल तुल्याउन जापान सरकारको सहयोग रहने विश्वास व्यक्त गरिन् ।

सो अवसरमा राजदूत किकुताले परिमार्जित ‘जापानको नेपाल नीति’ हस्तान्तरण गरे । सन् २०१५ मा भूकम्प गएपछि पुनः निर्माणमा केन्द्रित गरेको जापानको नीति आगामी दिनमा ऊर्जा विकासमा लक्षित रहने उहाँले जानकारी गराए । राजदूत किकुताले कुलेखानी जलविद्युत् आयोजना निर्माणमा जापानले सहयोग गरेको र तनहुँ हाइड्रोमा पनि सहयोग गरिरहेको जानकारी गराए । उनले गत अप्रिलमा जापानको कुमामोतो सहरमा सम्पन्न चौथो एसिया–प्रशान्त क्षेत्रीय पानी सम्मेलनलाई ‘भर्चुअयल’ विधिमार्फत सम्बोधन गरेकाेमा मन्त्री भुसाललाई धन्यवाद व्यक्त गरे ।

viber sharing button
जनतापाटीबाट थप
डेढ करोड अनियमितता गरेको आरोपमा फतुवा विजयपुरका प्रमुखविरुद्ध मुद्दा
डेढ करोड अनियमितता गरेको आरोपमा फतुवा विजयपुरका प्रमुखविरुद्ध मुद्दा १२ मिनेट पहिले
जिसस रौतहटमा गठबन्धन विजयी
जिसस रौतहटमा गठबन्धन विजयी २२ मिनेट पहिले
पब्जीमा जस्तै गरी आफ्नै साथीलाई गाेली हान्दा...
पब्जीमा जस्तै गरी आफ्नै साथीलाई गाेली हान्दा... ३१ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
जिसस रौतहटमा गठबन्धन विजयी
गणकपुरक संख्या नपुगेपछि संसद् बैठक स्थगित
जिसस सप्तरी निर्वाचनः ५० हजारमा मत किनेको दाबी, विश्वास दिलाउन मन्दिरमा कसम
सुदूरपश्चिम प्रदेशसभाको बैठक अनिश्चित
द्वन्द्वकालीन घटनामा अन्तर्राष्ट्रिय फौजदारी अदालत आकर्षित हुँदैन -देव गुरुङ 
पर्यटनमन्त्री आलेले बुझाए राजीनामा पत्र
Nabil
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP