मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Sunday, June 26, 2022 |आइतबार, असार १२, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
सुरक्षा
  • गृहपृष्ठ
  • निर्वाचनका लागि बाँकेमा ६ हजार २ सय सुरक्षाकर्मी र कर्मचारी परिचालन
निर्वाचनका लागि बाँकेमा ६ हजार २ सय सुरक्षाकर्मी र कर्मचारी परिचालन
जनतापाटी
जनतापाटी सोमबार, वैशाख २६, २०७९ मा प्रकाशित
viber sharing button
निर्वाचनका लागि बाँकेमा ६ हजार २ सय सुरक्षाकर्मी र कर्मचारी परिचालन

नेपालगञ्ज । बाँकेमा स्थानीय तहको निर्वाचनको लागि निजामती कर्मचारी, संस्थानका कर्मचारी र सुरक्षाकर्मी गरी करिब ६ हजार २ सय परिचालन गरिने भएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले दिएको जानकारी अनुसार स्थानीय निर्वाचनका लागि जिल्लाका ८ वटै पालिकामा निजामती र संस्थानका कर्मचारी गरी २ हजार २ सय जना परिचालन भएका छन् । 

यसैगरी स्थानीय तह निर्वाचनका लागि ४ हजार बढी नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी खत्रीले बताए । बाँकेमा १ सय ३६ मतदान केन्द्र र ३ सय ७९ मतदान स्थल रहेका छन् । 

उनले बाँकेका १ सय ३६ मतदान केन्द्र मध्ये १ सय ६ मतदान केन्द्र अत्यन्तै संवेदनशील भएको र ३० मतदान केन्द्र संवेदनशील रहेको सुरक्षा विश्लेषण गरी त्यसै अनुरूप सुरक्षा प्रबन्ध मिलाइएको बताए । स्थानीय तह निर्वाचनको सुरक्षाको लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको छुट्टाछुट्टै सुरक्षा जिम्मेवारी रहेको प्रमुख जिल्ला अधिकारी खत्रीले बताए । 

उनले भने, ‘बाँके भारतसँग खुला सीमा जोडिएको जिल्ला भएकोले पनि यहाँको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर मतदान केन्द्रलाई अतिसंवेदनशील र संवेदनशीलको रूपमा वर्गीकरण गरी सुरक्षा प्रबन्ध मिलाएका छौँ ।’ भारतसँग सीमा जोडिएका पालिकाको वडामा रहेका मतदान केन्द्रहरू अत्यन्तै संवेदनशील रहेको सुरक्षा विश्लेषण रहेको छ । 

उनले मतदान केन्द्रको सुरक्षा तीन प्रकारका सुरक्षा निकायले आपसी समन्वयमा गर्ने र शान्तिपूर्वक मतदान गराउन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत सहायक मतदान अधिकृत, सहायक कर्मचारी, स्वयम सेवकको भूमिका रहने गरी व्यवस्था मिलाइएको बताए । उनले मतदानमा खटिने मतदान अधिकृत सहायक मतदान अधिकृत र कर्मचारीलाई आवश्यक तालिम दिएर पठाइएको बताए । 

उनले निर्वाचनलाई शान्तिपूर्वक सम्पन्न गराउनको लागि नेपाल–भारत सीमा ७२ घण्टाको लागि शील गर्ने दुई पक्षीय सहमति भई सकेको र २०७९ वैशाख २७ गते राती १२ बजेदेखि ३० गते राती १२ बजेसम्म सीमा क्षेत्रबाट आवागमन पूर्ण रूपले बन्द हुने जानकारी दिँदै उनले भने, ‘हामी कहाँ स्थानीय तहको निर्वाचन हुने कुरा काउन्टर पार्टसलाई जानकारी गराउँदै ७२ घण्टा सीमा शील गर्ने सहमति गरेका छौ ।’

viber sharing button
जनतापाटीबाट थप
केन्टले ल्यायाे वाटर प्युरिफायर
केन्टले ल्यायाे वाटर प्युरिफायर १३ मिनेट पहिले
एमालेभन्दा एक लाख ५० हजार मत बढी ल्यायाैँ - उपसभापति खड्का
एमालेभन्दा एक लाख ५० हजार मत बढी ल्यायाैँ - उपसभापति खड्का २६ मिनेट पहिले
अर्जुन-मलाइकाको विवाहविरुद्ध यी पाँच अनुहार
अर्जुन-मलाइकाको विवाहविरुद्ध यी पाँच अनुहार ३७ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
ठगीजन्य कार्यबाट बच्न सिआइवीको अनुरोध
 नेपाल प्रहरीका १७ एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस
सशस्त्र प्रहरीका ३७ जना डिएसपीलाई एसपीमा बढुवा सिफारिस [सूचीसहित]
आइजीपी विवाद हेर्दाहेर्दैमा, असार १३ गते सुनुवाइ
पुराना घटनाहरूको अनुसन्धानलाई उच्च प्राथमिकतामा राख्न आईजिपी सिंहको निर्देशन 
प्रधानसेनापति शर्मा लेवनान प्रस्थान, अमेरिकाकाे पनि भ्रमण गर्ने
Nabil
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP