काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको भाउ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको भाउ सोमबार तोलामा १ सय रुपैयाँले बढेर ९८ हजार ७ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको भाउ तोलाको ९८ हजार २ सय रुपैयाँ निर्धारण भएको छ ।
त्यस्तै, आज चाँदीको भाउ भने स्थिर रहेको छ । आइतबार तोलामा एक हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्य कायम भएको महासंघले जनाएको छ ।