मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Sunday, June 26, 2022 |आइतबार, असार १२, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
स्वास्थ्य-जीवनशैली
  • गृहपृष्ठ
  • बिरामीले मुगु अस्पताल भरिभराउ
बिरामीले मुगु अस्पताल भरिभराउ
जनतापाटी
जनतापाटी शनिबार, वैशाख २४, २०७९ मा प्रकाशित
viber sharing button
बिरामीले मुगु अस्पताल भरिभराउ

मुगु । जिल्ला अस्पताल मुगुमा पछिल्लो समय बिरामीको चाप बढ्दै गएपछि अस्पतालका बेड भरिभराउ भएका छन् । गर्मी मौसम सुरु भएसँगै जिल्ला अस्पताल मुगुमा बिरामी भरि भराउ भएका हुन् । 

टाइफाइड, ज्वरो, झाडापखाला, निमोनियालगायतका बिरामी बढेपछि अस्पतालमा औषधिको अभाव हुने पनि समस्या सिर्जना भएको छ । अस्पतालमा एक साताको अवधिमा ४५ जना बिरामी भर्ना भएका छन् । चैत महिनामा १ सय २१ बिरामी भर्ना भएका थिए ।

अस्पतालमा बिरामीको चाप पछिल्लो समय ह्वातै बढेपछि उपचार गर्न मुस्किल हुने देखिएको स्वास्थ्य सेवा कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख उमेश गौतमले बताए । उनका अनुसार १५ शय्याको अस्पतालमा दैनिक १० जनासम्म नयाँ बिरामी भर्ना भइरहेका छन् । गर्मी बढेसँगै ज्वरो, टाइफाइड र झाडापखालाका बिरामीको संख्या बढेको उनको भनाई छ ।  

अस्पतालमा आएका मध्ये झण्डै ७५ प्रतिशत बिरामी झाडा पखालाका हुने उनको भनाइ छ । टाइफाइटले थला परेपछि औषधि गर्न अस्पतालमा आएकी सोरु–९ कालैकी जानदेवी ऐडीले औषधि नहुँदा बाहिरका मेडिकलबाट सुई, स्लाइन र औषधि ल्याएर उपचार गर्नुपरेको बताइन् ।

बिरामीको चाप बढ्न थालेपछि अस्पतालमा कार्यरत चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मीलाई भ्याइनभ्याइ छ । दैनिक १ सयभन्दा बढी बिरामीको चेकजाँच गर्नुपर्ने बाध्यता रहेको उनले बताए । 

जिल्ला अस्पतालको आफ्नै फार्मेसी छैन । भर्ना भएका बिरामीलाई एस्पिरिन, एड्रेनालिन, अबलेन्डाजोल, टिनीडाजोल, भिटामिनहरू, जिंक सल्फेटलगायत औषधिको मौज्दात पनि कम रहेको प्रमुख गौतमले बताए ।  

उनका अनुसार स्वास्थ्य सेवा कार्यालयले अस्पताललाई औषधि खरिदका लागि १८ लाख रुपैयाँ बजेट दिए पनि अहिलेसम्म औषधि खरिद भएको छैन । उनले अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा शल्यक्रिया सेवासमेत ठप्प भएको बताए ।

viber sharing button
जनतापाटीबाट थप
केन्टले ल्यायाे वाटर प्युरिफायर
केन्टले ल्यायाे वाटर प्युरिफायर ७ मिनेट पहिले
एमालेभन्दा एक लाख ५० हजार मत बढी ल्यायाैँ - उपसभापति खड्का
एमालेभन्दा एक लाख ५० हजार मत बढी ल्यायाैँ - उपसभापति खड्का २० मिनेट पहिले
अर्जुन-मलाइकाको विवाहविरुद्ध यी पाँच अनुहार
अर्जुन-मलाइकाको विवाहविरुद्ध यी पाँच अनुहार ३१ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
समान गन्ध भएका मानिस साथीको रूपमा मिलनसारः अध्ययन
मेषलाई अर्थलाभ हुने, अरु राशिको कस्तो छ आज ?
सन्तुलित आहार तथा पौष्टिक खानाबारे प्रदर्शनी
‘मोबाइल-टिभी धेरै हेर्दा बालबालिकाको विकासमा बाधा पुग्छ’
पछिल्लो २४ घन्टामा थप २७ जनामा कोरोना पुष्टि
आज शनिबार, हेर्नुहोस् कुन राशि हुनेको लागि कति शुभ ?
Nabil
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP