मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Wednesday, July 06, 2022 |बुधबार, असार २२, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
शिक्षा
  • गृहपृष्ठ
  • महेश बस्नेतको अभिव्यक्तिप्रति प्राध्यापकहरूको आपत्ति
महेश बस्नेतको अभिव्यक्तिप्रति प्राध्यापकहरूको आपत्ति
जनतापाटी
जनतापाटी आइतबार, वैशाख १८, २०७९ मा प्रकाशित
viber sharing button
महेश बस्नेतको अभिव्यक्तिप्रति प्राध्यापकहरूको आपत्ति

भक्तपुर । भक्तपुरका प्राध्यापकहरूले शैक्षिक संस्थाबारे दुष्प्रचार नगर्न आग्रह गरेका छन् ।  अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आइतबार ख्वप मावि, ख्वप कलेज र शारदा क्याम्पस देकोचा भक्तपुरको संयुक्त आयोजनामा भएकाे कार्यक्रममा उनीहरूले  राम्रो शैक्षिक संस्थाको विषयमा जथाभावी रुपमा कपोलकल्पित भ्रमहरु नछर्न आग्रह गरेका हुन् । 

केही दिन अगाडि भक्तपुरमा भएको एउटा कार्यक्रममा नेकपा एमाले भक्तपुरका नेता महेश वस्नेतले कलेजमा पढाउने शिक्षकहरू अयोग्य भएको सार्वजनिक अभिव्यक्ति दिएका थिए ।  उनले कलेज कुन कानुनअन्तर्गत सञ्चालित हो भनी प्रश्न पनि गरेका थिए । उनले सरकार बलियो भएको भए कलेज बन्द गराउनसक्ने पनि बताएका थिए । कलेजका विद्यार्थीका सर्टिफिकेटसमेत नक्कली भएकाे दाबीसहितकाे बस्नेतकाे अभिव्यक्तिकाे भिडियो भाइरल भएको थियो । 

कार्यक्रममा कलेजका प्राध्यापकहरूले अयोग्य शिक्षकशिक्षिकाहरूले पढाएका विद्यार्थीहरु पटकपटक कसरी त्रिभुवन विश्वविद्यालय टपर भए भनी प्रश्न गरेका थिए । प्राचार्य रूपक जोशीले कलेज देशकै उत्कृष्ट भएकै कारण पटकपटक कलेजका विद्यार्थीले त्रिभुवन विश्वविद्यालय टप भएको स्मरण गरे । 

ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठले आफूले महेश वस्नेतद्धारा लेखिएको भनिएका ‘महेशको म’ नामक पुस्तक अध्ययन गरेको र त्यस पुस्तकमा लेखकले बहसमा झुटो कुरोलाई पनि सत्य बनाउनुपर्ने कुरा आफूलाई मन नपरेको, तर राजनीतिमा त्यही गर्नुपरेको विषय उल्लेख भएको बताए । यही कारण बस्नेतले आफ्नो राजनीतिलाई टिकाउन कलेजबारे झुठो बोलेको विषय उनकै पुस्तकबाट खुलेको प्राचार्य श्रेष्ठको तर्क थियो । कस्नेत पदीय हिसावले उच्च पदमा पुगे पनि उनको बौद्धिकता भने नभएको भन्दै उनले दुःख व्यक्त गरे ।

कार्यक्रममा कलेजका उपप्राचार्य डा राजेशकुमार श्रेष्ठ, परीक्षा शाखा प्रमुख विष्णुप्रसाद किसी, प्रशासनका उमा भट्टलगायतले आफ्नो राजनीतिक भविष्य बचाउन एउटा शैक्षिक संस्थाकोबारेमा अनर्गल प्रचार नगर्न चेतावनीसमेत दिए । 

viber sharing button
जनतापाटीबाट थप
एमालेले भन्याे- ‘अर्थमन्त्रीको कुरा सुन्दैनौं, जबर्जस्ती गर्न खोजे प्रतिकार’
एमालेले भन्याे- ‘अर्थमन्त्रीको कुरा सुन्दैनौं, जबर्जस्ती गर्न खोजे प्रतिकार’ ६ मिनेट पहिले
अब हरेक वर्ष ब्रोकर लाइसेन्स खुल्ने
अब हरेक वर्ष ब्रोकर लाइसेन्स खुल्ने १४ मिनेट पहिले
भारतमा ५० भारुले बढ्यो ग्यासको मूल्य
भारतमा ५० भारुले बढ्यो ग्यासको मूल्य १४ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
मदन भण्डारी विश्वविद्यालय निर्माण प्रक्रियाको बाटो खुल्यो
चिकित्सा शिक्षामा तोकिएभन्दा बढी शुल्क लिइए कारबाही - शिक्षामन्त्री
शिक्षाका छ विधेयक ल्याउने तयारी
लमजुङमा बालमैत्री अभियान अलमलमै
स्वतन्त्र कर्मचारी संगठन नेपाल ईन्जिनियरिङ्ग कलेज गठन
कानुनको परिपालना गराउन कानुनी शिक्षाको भूमिका अहम् - राष्ट्रपति भण्डारी
Nabil
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP