मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Sunday, June 26, 2022 |आइतबार, असार १२, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
इकोनोमिक
  • गृहपृष्ठ
  • २४ घण्टा अघोषित लोडसेडिङले उत्पादन ठप्प
२४ घण्टा अघोषित लोडसेडिङले उत्पादन ठप्प
जनतापाटी
जनतापाटी शुक्रबार, वैशाख १६, २०७९ मा प्रकाशित
viber sharing button
२४ घण्टा अघोषित लोडसेडिङले उत्पादन ठप्प

भैरहवा । विद्युत प्राधिकरणले उद्योगीलाई विद्युत उपभोग गर्न नदिँदा उत्पादनमा कठौती हुँदै आएको छ । विगत एक महिनादेखि विद्युतको समस्या झेल्दै आएका रुपन्देहीका उद्योगी यो सातबाट २४ घण्टा नै अघोषित रूपमा लोडसेडिङको मारमा परेका छन् । 

अघोषित लोडसेडिङ, लो भोल्टेज, ट्रिपिङलगायतका समस्याका कारण रुपन्देहीका उद्योग बन्द सरह रहेको सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले बताए । 

उद्योगी व्यवसायीको साझा संस्थासमेत रहेको संघमा जिल्लाका उद्योगीले अघोषित विद्युत कटौतीलाई केही निश्चित समय तोकेर भए पनि विद्युत सप्लाई गर्न जोडदार माग गरेका छन् । ३३ केभिए र ११ केभिए औद्योगिक कोरिडोरका उद्योगीमा २४ घण्टा नै विद्युत कटौती हुँदा उद्योग सञ्चालन ठप्प रहेको भन्दै नेपाल विद्युत प्राधिकरण प्रणाली सञ्चालन विभाग, विद्युत कार्यालय बुटवल ग्रिड शाखा र वितरण केन्द्र भैरहवा, बुटवल तथा नयाँमिललाई समेत ध्यानाकर्षण गराएको  छ । 

संघले उत्पादन जस्तो गम्भीर विषयमा केन्द्रित भई राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान दिने उद्योगलाई गुणस्तरीय तथा निरन्तर विद्युत आपूर्तिको तालिका मिलाएर भए पनि सञ्चालनको वातावरण मिलाउन आग्रह गरेको छ ।

विगत केही दिनको विद्युत अनियमितता र उपकरण नचलाउने भनी अघोषित लोडसेडिङले उत्पादनमा रहेको कच्चा पदार्थ बिग्रेको, बजारमा उत्पादनको अभाव सृजना, मूल्यवृद्धिको डर, मुद्रा सञ्चित न्यून भएको बेला डिजेल किन्न डलर बाहिरिएको अवस्था लगायतका नोक्सानी देशले व्योहोर्नु पर्ने अवस्था आएको छ । 

औद्योगिक कोरिडोरका उद्योगीले विद्युत नहुँदा डिजेलबाट उत्पादन गर्दा लागत बढ्ने भए पनि महालेखा यसलाई बेरुजुमा देखाउने गरेको, लोडसेडिङ तालिका नै लागू गरेर भए पनि सीमित समयावधिमा उद्योग सञ्चालन गरे अभाव पनि सृजना नहुने उद्योगी व्यवसायीहरूको गुनासो छ । 

उद्योगमा विगत एक महिनादेखि दैनिक १२ घण्टा आए पनि अहिले त्यो पनि नआएकोले अघोषित रूपमा लोडसेडिङ नै छ । जसले उद्योग सञ्चालनमा समस्या आएको नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष दीपक कुमार पौडेलले बताए । रुपन्देहीको लुम्बिनी कोरिडोरमा मात्रै २ दर्जन बढी र भैरहवा बुटवल क्षेत्रमा दर्जन बढी उद्योग अहिले बन्द सरहको अवस्थामा पुगेका छन् ।

'देशको समस्या हामी उद्योगी व्यवसायीले पनि बुझेका छौं । बुधबारबाट लोडसेडिङको तालिका आउँदै छ भन्ने जानकारी आए पनि हालसम्म बल्याक आउटमै उद्योग रहेका छन्,' सिद्धार्थ उद्योग वाणिज्य संघका एशोसियट सदस्य विकास गोयनकाले भने । 

viber sharing button
जनतापाटीबाट थप
निजगढ विमानस्थल निर्माणमा विशेष प्रस्ताव पास गर्न स्थानीय तहका प्रमुखहरूसँगआग्रह
निजगढ विमानस्थल निर्माणमा विशेष प्रस्ताव पास गर्न स्थानीय तहका प्रमुखहरूसँगआग्रह ३ मिनेट पहिले
डेढ करोड अनियमितता गरेको आरोपमा फतुवा विजयपुरका प्रमुखविरुद्ध मुद्दा
डेढ करोड अनियमितता गरेको आरोपमा फतुवा विजयपुरका प्रमुखविरुद्ध मुद्दा १६ मिनेट पहिले
जिसस रौतहटमा गठबन्धन विजयी
जिसस रौतहटमा गठबन्धन विजयी २६ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
निजगढ विमानस्थल निर्माणमा विशेष प्रस्ताव पास गर्न स्थानीय तहका प्रमुखहरूसँगआग्रह
सेयर बजारमा उछाल, ९४ अंकले बढ्याे
सहज च्यालेन्ज फण्डका लागि खुल्यो आवेदन 
महाकाली सन्धिको अढाइ दशकपछि मूल नहरमा पानी
एघार महिनामा १६ अर्बभन्दा बढीको फलफूल भित्रियो
घट्यो सार्वजनिक सवारीसाधनको भाडा, अब कहाँको कति ? [सूचीसहित]
Nabil
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP