मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Wednesday, July 06, 2022 |बुधबार, असार २२, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
इकोनोमिक
  • गृहपृष्ठ
  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एयर वस ३३० ले गर्‍यो सफल उडान
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एयर वस ३३० ले गर्‍यो सफल उडान
जनतापाटी
जनतापाटी बिहीबार, वैशाख १५, २०७९ मा प्रकाशित
viber sharing button
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एयर वस ३३० ले गर्‍यो सफल उडान

भैरहवा । परीक्षण उडानमा सफलता पाएको भैरहवामा निर्मित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले बिहीबार साँझ ५ बजेर ५० मिनेटमा सफलता पूर्वक अन्तर्राष्ट्रिय स्तरको विमानबाट परीक्षण उडान गरेको छ । 

नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा रहेको विमानस्थलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आएको राष्ट्रिय ध्वाजावाहक विमान एयर बस ३३० बाट २७४ जना यात्रु (पूर्ण क्षमता) बोकेर सफल उडान गरेको हो । 

विमान स्थलमा बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, मन्त्रालयका सचिव महेश्वर न्यौपाने, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी, राष्ट्रिय योजना आयोगका सदस्य राम फुयाल लगाएतको उपस्थितिमा परीक्षण गरिएको हो ।  

निर्वाचन आचारसंहिता लागेको भन्दै मन्त्री आलले मनतव्य नदिए पनि प्राधिकरणका महानिर्देशक अधिकारीले नेपालको इतिहासमा पहिलो पटक काठमाडौंबाहिर वाइडवडी विमानले उडान र अवतरण गरेको बताए । 'यो परिक्षण गर्नका लागि डेमोन्स्ट्रेशन हो ७४ वर्ष पछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा पाएका छौं', उनले भने । ६४ वर्ष अघिबाट संचालनमा आएको भैरहवा विमानस्थल बुद्धपूर्णिमाको दिन व्यवसायिक उडान गरी अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन हुन्छ । 

विमानस्थलको सञ्चालनसँगै बढ्दो हवाइ यात्रु चापला घट्ने र काठमाडौंको विकल्प बनेको विमान स्थलका महानिर्देशक अधिकारीले बताए ।  काठमाण्डौंमा अवतरण गर्न नसक्ने ठूला विमान समेत भैरहवामा अवतरण हुन सक्ने बताउँदै २–३ वर्ष कोभिडका कारण निर्माण सम्पन्न हुन ढिला भएको बताए। 

'त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्दा अत्याधुनिक उपकरण भैरहवामा जडित छ, अबको ५ वर्षमा विमानस्थल फूलफेजमा सञ्चालनमा आउने छ' उनले भने ।  

आन्तरिक उडानमा ढिलाई हुँदा आजबाट आन्तरिक भैरहवा सहित ७ वटा विमानस्थल १८ घण्टा चल्ने र जेठ २ गतेबाट काठमाडौं सहित भैरहवा अन्तर्राष्टिय विमानस्थल २४ घण्टा संचालनमा आउने निर्णय भएको महानिर्देशक अधिकारीले बताए ।

पर्यटन सचिव महेश्वर न्यौपानेले  सबैको सहयोगले ठूलो विमान उडान अवतरण गर्न सफल भएको बताए ।  
परीक्षण उडानको क्रममा जहाज केही बेर रनवेमै अड्किएको थियो  । जहाज अवतरण भएपछि पार्किङमा लैजाने क्रममा घुम्ती नपुगेपछि रनवेमै अड्किएको विमानस्थलका महाप्रबन्धक गोविन्द प्रसाद दाहालले जानकारी दिए । रनवेमा अड्किएको जहाज केही समय पछि एप्रोनतर्फ ल्याइएको थियो । 

viber sharing button
जनतापाटीबाट थप
वीरगञ्ज महानगरले घटायो सम्पत्ति करको दर
वीरगञ्ज महानगरले घटायो सम्पत्ति करको दर ९ मिनेट पहिले
बर्सेनि घट्दै सुनौलो तोप चरा
बर्सेनि घट्दै सुनौलो तोप चरा १४ मिनेट पहिले
इब्राहिमोभिच थप एक वर्ष एसी मिलानमै बस्ने
इब्राहिमोभिच थप एक वर्ष एसी मिलानमै बस्ने १७ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
वीरगञ्ज महानगरले घटायो सम्पत्ति करको दर
सर्वोच्चका दुई महत्वपूर्ण फैसलाः वर्षौंदेखिको प्रसारण लाइन निर्माणको अवरोध हट्यो
सिद्धाराकाे गाउँमा पहिलाेपटक बिजुली पुगेपछि...
खेर गएको प्लास्टिकबाटै यसरी उत्पादन हुन्छ इन्धन
माइडियाको नयाँ स्वास्थ्य केन्द्रित वाईफाई वासिङ मेसिन नेपालमा 
अब हरेक वर्ष ब्रोकर लाइसेन्स खुल्ने
Nabil
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP