काठमाडौँ । नेपाली बजारमा आज पनि सुनचाँदीकाे भाउ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलामा एक हजार रुपैयाँले घट्दै ९८ हजार रुपैयाँ कायम भएको छ । बुधबार सुन तोलाको ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबार तेजावी सुनको भाउ तोलाको ९७ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ ।
त्यस्तै, आज चाँदीको भाउ पनि प्रतितोलामा २० रुपैंयाले घटेको छ । बुधबार एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार तीन सय २० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।