मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Wednesday, July 06, 2022 |बुधबार, असार २२, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
इकोनोमिक
  • गृहपृष्ठ
  • उन्नत जातको बीउको प्रयोग गरी धानको उत्पादन वृद्धि गर्न अर्थमन्त्रीको निर्देशन
उन्नत जातको बीउको प्रयोग गरी धानको उत्पादन वृद्धि गर्न अर्थमन्त्रीको निर्देशन
जनतापाटी
जनतापाटी बुधबार, वैशाख १४, २०७९ मा प्रकाशित
viber sharing button
उन्नत जातको बीउको प्रयोग गरी धानको उत्पादन वृद्धि गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले आगामी जेठ–असारमा धान रोप्ने किसानलाई उन्नत जातको बीउ उपलब्ध गराउन निर्देशन दिएका छन् ।

आज मन्त्रालयमा भएको छलफलमा उहाँले चामलको बढ्दो आयातलाई यसै वर्षदेखि नै घटाउनुपर्ने बताएका हुन् । “दुई महिनादेखि मैले धानको उन्नत बीउ किसानलाई बाँँड्ने योजना ल्याउनु भनिरहेको छु तर तपाईंहरु (कृषि मन्त्रालयका कर्मचारी) ले चासो नै दिनुभएको छैन”, उनले भने ।
 
मन्त्री शर्माले नेपालमा सूचीकृत भएका उन्नत जातको धान बीउको सूची, आयातकर्ता व्यवसायी र उन्नत जातको बीउ प्रयोगबाट हुने उत्पादन वृद्धिको अनुमानित तथ्याङ्कसहित बिहीबार पुनःछलफलमा आउन निर्देशन दिए । “हामीले उन्नत जातको बीउ प्रयोग ग-यौँ भने यसै वर्षदेखि कम्तीमा तीनगुणा बढी धान उत्पादन गर्ने देखिन्छ । यो काम गर्न ढिला नगरौँ”, उनले भने, “मङ्सिरमा धान काट्दा उत्पादन तीन गुणा बढायौँ भने हामीलाई पुग्छ, आयात गर्नुपर्दैन ।” उन्नत जातको बीउ खरिद गर्न किसानलाई महँगो हुने देखिए अनुदानबापत चाहिने रकम अर्थ मन्त्रालयबाट तत्काल निकासा दिने उनले बताए ।

“उन्नत बीउका लागि अनुदान दिनुपर्छ भने कति पैसा चाहिने हो भने भन्नुस्, हामी दिन्छौँ । थोरै पैसा खर्च गर्दा अर्बौंको चामल आयात घटाउन सकिने देखिएको छ”, अर्थमन्त्री शर्माले भने । छलफलमा अर्थसचिव मधुकुमार मरासिनीले व्यवसायीलाई बोलाएर बीउ आयात गर्न प्रोत्साहित गर्नुपर्ने बताए ।
 
छलफलमा कृषि सचिव डा गोविन्द शर्माले उन्नत जातको बीउ आयात गर्ने व्यवसायीसँग निरन्तर छलफल गरी गुणस्तरीय बीउ ल्याउन निर्देशन दिइसकेको बताए  । धानको उत्पादकत्व औसतमा ३.५ मेट्रिक टन प्रतिहेक्टर रहेको जानकारी दिँदै उनले उन्नत जातको बीउ वितरण गरे उत्पादनमा धेरै सुधार हुने बताए ।

कार्यक्रममा कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि अनुसन्धान परिषद् (नार्क), खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा मातहतको गुणस्तर तथा नापतौल विभागसँग छलफल गरिएको थियो ।

viber sharing button
जनतापाटीबाट थप
अब हरेक वर्ष ब्रोकर लाइसेन्स खुल्ने
अब हरेक वर्ष ब्रोकर लाइसेन्स खुल्ने ७ मिनेट पहिले
भारतमा ५० भारुले बढ्यो ग्यासको मूल्य
भारतमा ५० भारुले बढ्यो ग्यासको मूल्य ७ मिनेट पहिले
एनसेलको पहलमा रिङरोड ग्रीन बेल्टको उद्घाटन
एनसेलको पहलमा रिङरोड ग्रीन बेल्टको उद्घाटन १९ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
अब हरेक वर्ष ब्रोकर लाइसेन्स खुल्ने
राजस्व छलीको मुख्य गिरोहमाथि निगरानी -महानिर्देशक अधिकारी
एनसेलको पहलमा रिङरोड ग्रीन बेल्टको उद्घाटन
ह्वात्तै घट्यो आज सुनचाँदीको मूल्य
थाहा पाउनुहोस्, आजकाे फलफूल र तरकारीको बजार भाउ
एसबीआई बैंकको ऋणपत्र बिक्री खुला
Nabil
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP