मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Wednesday, July 06, 2022 |बुधबार, असार २२, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
कला - साहित्य
  • गृहपृष्ठ
  • ‘नकोरिएका सन्दर्भहरु’ विमोचित
‘नकोरिएका सन्दर्भहरु’ विमोचित
जनतापाटी
जनतापाटी शनिबार, वैशाख ३, २०७९ मा प्रकाशित
viber sharing button
‘नकोरिएका सन्दर्भहरु’ विमोचित

काठमाडौँ । अनीता ढुङ्गेलद्वारा लिखित ‘नकोरिएका सन्दर्भहरुः प्रा.डा अन्जनीकुमार शर्माको जीवनचरित’ नामक पुस्तकको आज यहाँ लोकार्पण गरिएको छ । स्व. प्राडा शर्माकी श्रीमती अन्नपूर्णा शर्माले सो पुस्तकको लोकर्पण गरेका हुन् ।

पुस्तकमाथि समीक्षात्मक टिप्पणी गर्दै प्रा. डा. ज्ञानू पाण्डेले डा. अञ्जनीकुमार शर्मा केवल चिकित्सक मात्र नभई प्रेरक समाजसेवी हुुनुहुन्थ्यो भने । “पुस्तकले नेपाली समाजको अज्ञानता हटाउन डा शर्माले खेलेको भूमिका छर्लङ्ग पारेको छ । कलात्मक ढङ्गले लेखिएको पुस्तक पाठकमैत्री छ”, उनले भने । उनका अनुसार लेखक ढुङ्गेलले तटस्थ र सन्तुलित हिसाबले लेखेको पुस्तकमा नेपालको स्वास्थ्य क्षेत्रको सग्लो इतिहास पढ्न पाइन्छ । 

नेपाली साहित्यको जीवनी लेखन विधामा यस पुस्तकले नयाँ आयाम थप्ने पाण्डेको विश्वास छ ।

यसैगरी वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्यले स्व. डा. अञ्जनीकुमार शर्मा राजादेखि रैतीसम्म सबैको प्रिय व्यक्ति भएको सुनाए । प्राडा. प्रमिला प्रधान र प्लास्टिक सर्जन शङ्करमान राईले स्व. डा.शर्मा प्राज्ञिक व्यक्तित्व हुनुहुन्थ्यो बताए । उनले भने, “चिकित्सकले रोग तथा स्वास्थ्यसम्बन्धी लेख लेखेर आम जनतालाई जानकारी गराउनुपर्छ भनी लेखन कार्यका लागि उहाँ सदा घच्घच्याइरहनुहुन्थो ।” 

वरिष्ठ शल्यचिकित्सक डा. सुदीपकुमार भट्टाचार्यले स्व. डा शर्मालाई नेपालको आधुनिक शल्यचिकित्साका जननी भएको दाबी गरे । समाजसेवी पुनमचन्द्र अग्रवालले लाइन्स क्लबमार्फत नेपाली समाज सेवामा स्व. डा. शर्माले अविष्मरणीय योगदान पु-याएको बताए । वरिष्ठ चिकित्सक डा. गौरीशङ्कर लाल दास तथा बालरोग विशेषज्ञ डा हेमाङ्ग दीक्षितले स्व. डा. शर्माले क्यान्सर रोगको रोकथाम, नियन्त्रण तथा उपचारमा पु-याएको योगदानमाथि चर्चा गरे ।  

उक्त पुस्तकको मूल्य रु ५५० रहेको छ । पुस्तक बिक्रीबाट सङ्कलित रकम भक्तपुर क्यान्सर अस्पताललाई प्रदान गरिने बताइएको छ । 

viber sharing button
जनतापाटीबाट थप
सिद्धाराकाे गाउँमा पहिलाेपटक बिजुली पुगेपछि...
सिद्धाराकाे गाउँमा पहिलाेपटक बिजुली पुगेपछि... ४ मिनेट पहिले
खेर गएको प्लास्टिकबाटै यसरी उत्पादन हुन्छ इन्धन
खेर गएको प्लास्टिकबाटै यसरी उत्पादन हुन्छ इन्धन १४ मिनेट पहिले
वास्तविक जीवनमा घृणाको पात्र बनेका यी पर्दाका भिलेन
वास्तविक जीवनमा घृणाको पात्र बनेका यी पर्दाका भिलेन २४ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
लोपोन्मुख संगीत संरक्षण गर्न ‘एक प्रदेश एक परम्परा’ कार्यक्रम - प्रधानमन्त्री
नेपाल प्रज्ञा प्रतिष्ठान ६६औँ वर्षमा प्रवेश
स्रष्टाको परिचयमूलक कृति ‘सहिद स्रष्टा परिचयकोश’ प्रकाशित
प्रथम मिस तमुस्यो लमजुङ २०२२  बनिन् सुष्मा
‘एक असाधारण अन्तर्वार्ता’ मा अद्भुत कथा
पत्रकार दिवाकर मैनाली नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कारबाट सम्मानित
Nabil
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP