मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Monday, July 04, 2022 |सोमबार, असार २०, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
स्वास्थ्य-जीवनशैली
  • गृहपृष्ठ
  • सुर्खेतमा ९६ हजार बालबालिकालाई टाइफाइड खोप लगाइने
सुर्खेतमा ९६ हजार बालबालिकालाई टाइफाइड खोप लगाइने
रासस
रासस आइतबार, चैत २०, २०७८ मा प्रकाशित
viber sharing button
सुर्खेतमा ९६ हजार बालबालिकालाई टाइफाइड खोप लगाइने

कर्णाली । सुर्खेतका नौ स्थानीय तहका १५ महिनादेखि १५ वर्षमुनिका ९६ हजार बालबालिकालाई टाइफाइड खोप लगाइने भएको छ । 

जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतद्वारा वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा यहाँका ९६ हजार ४६७ बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइने जानकारी दिइएकाे हाे । कार्यालयका निमित्त  प्रमुख गणेशभक्त गौतमका अनुसार देशैभरि एक चरणमा यही चैत २५ गतेदेखि आगामी वैशाख १८ गतेभित्र सम्पन्न गर्ने गरी तय भएको मितिअनुसार खोप लगाइनेछ ।

उनले सुर्खेतका सिम्ता गाउँपालिकाका सात हजार ८४१, चिडगाड गाउँपालिकाका पाँच हजार ९१५, लेकबेँसी नगरपालिकामा आठ हजार ३९७, गुर्भाकोट गाउँपालिकामा १२ हजार ९९७, भेरीगङ्गा नगरपालिकामा ११ हजार ८१९, वीरेन्द्रनगर नगरपालिकामा २२ हजार २३९, बराहताल गाउँपालिकामा सात हजार ८३५, पञ्चपुरी नगरपालिकामा १० हजार ६२६ र चौकुने गाउँपालिकामा आठ हजार ७९८ बालबालिकालाई खोप लगाइने जानकारी दिए ।

कार्यालय प्रमुख गौतमका अनुसार सुर्खेतमा एक लाख ३५ हजार बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाउने अनुमान गरिएको छ । “खोप अभियानमा लक्षित समूह मुख्यरूपमा ८० प्रतिशत विद्यालय नै रहनेछ”, उनले भने, “हामी सुर्खेतमा पहिलो, दोस्रो र तेस्रो चरण गरेर बालबालिकालाई खोप लगाउने छौँ ।”

नेपालमा १५ वर्षमुनिका बालबालिकामा सङ्क्रमण दर ११ गुणा बढी रहेको जनस्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी अमर राना मगरले बताए । बालबालिकामा सरसफाइ र स्वच्छताको कमी हुने भएकाले टाइफाइड रोगबाट बालबालिकामा सङ्क्रमण दर बढी भेटिने गरेको उनको भनाइ थियो । 

viber sharing button
राससबाट थप
कर्णालीले विज्ञापन होइन, काम गर्छ -मुख्यमन्त्री शाही
कर्णालीले विज्ञापन होइन, काम गर्छ -मुख्यमन्त्री शाही २ घण्टा पहिले
साझेदारी वनद्वारा साढे तीन लाख बिरुवा उत्पादन
साझेदारी वनद्वारा साढे तीन लाख बिरुवा उत्पादन शुक्रबार, असार १७, २०७९
चट्याङ लागेर एक जनाको मृत्यु
चट्याङ लागेर एक जनाको मृत्यु बुधबार, असार १५, २०७९
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
ट्रमा सेन्टरमा २४ घण्टा विशेषज्ञ सेवा
सिंहदरबार वैद्यखानाः चार महिनापछि औषधि उत्पादन सुरु,कर्मचारीले पनि पाए तलब
यस्तो छ तपाईँको आजको राशिफल
बढ्दै कोरोना संक्रमण
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’
आज आइतबार, हेर्नुहोस् कुन राशि हुनेको लागि कति शुभ ?
Nabil
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP