मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Monday, July 04, 2022 |सोमबार, असार २०, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
अपराध
  • गृहपृष्ठ
  • पल र उनका म्यानेजरकाे बयान सकियाे, थुनछेक बहस सुरू
पल र उनका म्यानेजरकाे बयान सकियाे, थुनछेक बहस सुरू
जनतापाटी
जनतापाटी बुधबार, चैत ९, २०७८ मा प्रकाशित
viber sharing button
पल र उनका म्यानेजरकाे बयान सकियाे, थुनछेक बहस सुरू

तनहुँ । नाबालिग गायिकालाई बलात्कार गरेकाे मुद्दा लागेका नायक पल शाह र उनका म्याजनेजर कृष्णप्रसाद जोशीसँगकाे बयान सकिएपछि थुनछेक बहस सुरू भएको छ । शाहका म्याजनेजर जोशीसँगकाे बयान आज सकिएकाले आजै बहस सुरु भएको हो ।  

बुधबार दिउँसो २ बजे  जिल्ला अदालत तनहुँको बन्द इजालसमा बहस सुरू भएको जिल्ला अदालत तनहुँका स्रेस्तेदार मिनबहादुर कुँवरले बताए । जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासमा बहस चलिरहेको उनले बताए । 

‘जाहेरवालाको तर्फबाट पाँच जनाले बहस गरिसक्नुभएको छ,’ उनले भने । जाहेरवालाका तर्फबाट ६ जना कानुन व्यवसायीले वकालतनामा दर्ता गराएका छन् । जाहेरवालाको तर्फबाट जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्मा, कानुन व्यवसायी शिवराज काफ्ले लगायत कानुन व्यवसायीले बहस गरेका छन् ।

प्रतिवादीकातर्फबाट १० जना कानुन व्यवसायीले वकालतनामा दर्ता गराएको कुवँरले जानकारी दिए । तनहुँकै कानुन व्यवसायी भानुभक्त सुवेदी, यदु खनाल लगायतले बहस गर्ने जनाएका छन् । स्रेस्तेदार कुवँरका अनुसार सम्भवत बुधबार बहस सकिँदैन् । ‘बहस नसकिन्जेल वकालतनामा दर्ता गराएर कानुन व्यवसायी अझै थपिन सक्नेछन्,’ उनले भने ।

सरकारी वकिलको कार्यालयले मंगलबार मुद्दा दर्ता गरेपछि शाहको बयान लिएको थियो । मतियारका रुपमा प्रयोग भएका उनका म्यानेजर जोशीको भने बुधबार बयान सकेर बहस सुरु भएको हो । 

दुवै पक्षको बहस सुनेर मिसिलमा संग्लन प्रमाणको आधारमा जिल्ला अदालतले थुनछेक आदेश जारी गर्नेछ । प्रमाण पुगेको खण्डमा पुर्पक्षका लागि शाह र जोशीलाई थुनामा पठाइन्छ । प्रमाण पुगेन भने धरौटीमा रिहा हुनेछन् ।

१२ देखि १४ बर्ष कैद सँजाय माग गर्दैै जिल्ला अदालत तनहुँमा सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गराएको हो । सोमबार अनुसन्धान सकेर जिल्ला प्रहरी कार्यालय तनहुँले सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदनको आधारमा पीडित बालिका १६ बर्षभन्दा कम उमेर भएकाले १२ देखि १४ वर्षसम्मको कैद सँजायको र मनासिब क्षतिपुर्ति माग राख्दै मुद्दा दर्ता गरिएको छ । पलका म्यानेजर जोशीलाई पनि आधा सँजायको माग गरिएको छ ।

पल शाहविरुद्ध ११ फागुनमा तनहुँ उजुरी परेको थियो ।  नवलपुर जिल्ला अदालतमा पनि गत विहीबार पलविरुद्ध मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालयले पलविरूद्ध अभियोगपत्र दायर गरेको हो । 

viber sharing button
जनतापाटीबाट थप
साताको दोस्रो कारोबारको दिन सेयर बजारमा गिरावट
साताको दोस्रो कारोबारको दिन सेयर बजारमा गिरावट ५ मिनेट पहिले
रुपन्देहीमा हतियारसहित तीन भारतीय नागरिक पक्राउ
रुपन्देहीमा हतियारसहित तीन भारतीय नागरिक पक्राउ २३ मिनेट पहिले
बैंकमा पैसा राख्नेमा कुन जिल्लाका नागरिक अघि ?
बैंकमा पैसा राख्नेमा कुन जिल्लाका नागरिक अघि ? ३५ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
रुपन्देहीमा हतियारसहित तीन भारतीय नागरिक पक्राउ
विनोद शाही मृत्यु प्रकरणः मेयर चलाउनेसहित सात जना पक्राउ
बैंकिङ कसुर मुद्दामा फरार शर्मा र गुरुङ पक्राउ
कुटपिट मुद्दाका आरोपित १४ वर्षपछि पक्राउ
भक्तपुरमा २१ वर्षीया युवती बलात्कृत
गायिका मृत्यु प्रकरणः प्रेमीलाई पाँच दिन हिरासतमा राख्न अनुमति
Nabil
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP