मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Monday, July 04, 2022 |सोमबार, असार २०, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
मनोरञ्जन
  • गृहपृष्ठ
  • पारिश्रमिक लिएपनि प्रियंका, दीपिका र विल्सन फिल्मको प्रचारमा आएनन् - निर्देशक बोहोरा
पारिश्रमिक लिएपनि प्रियंका, दीपिका र विल्सन फिल्मको प्रचारमा आएनन् - निर्देशक बोहोरा
जनतापाटी
जनतापाटी बुधबार, चैत ९, २०७८ मा प्रकाशित
viber sharing button
पारिश्रमिक लिएपनि प्रियंका, दीपिका र विल्सन फिल्मको प्रचारमा आएनन् - निर्देशक बोहोरा

काठमाडौं । फिल्मी निर्देशक एभरेष्ट सूर्य बोहोराले आफूलाई कलाकारहरूले दुःख दिएको बताएका छन् । ‘मेरो फिल्मका केही कलाकारहरूले समयभन्दा अगाडि नै विभिन्न समस्या देखाएर पैसा लगे । तर, प्रचारप्रसारमा नआएर समस्या भयो,’ निर्देशक बोहोराले भने । उनी निर्देशित फिल्म ‘हेल्लो जिन्दगी’मा समावेश गीत ’अनौठो प्रेम’को सार्वजनिक कार्यक्रममा सञ्चारकर्मीको जिज्ञासाकै क्रममा उनले दुखेसो पोखेका हुन् ।

‘आफ्नो फिल्मलाई प्रमोसन गर्न कलाकार आफैँ आउनु पर्ने हो । तर, पारिश्रमिक पाएपछि सम्पर्कविहीन छन्,’ उनले भने । बारम्बार सम्पर्क गर्दा पनि प्रियंका कार्की, दीपिका प्रसाईं र विल्सन विक्रम राई फिल्मको प्रचारप्रसारमा नआएको र विभिन्न बहाना बनाएको निर्देशक बोहोराको आरोप छ । 

‘राम्रा कलाकार नभएका होइनन् तर केही अनप्रोफेसनल कलाकार पनि छन्,’ उनले भने । निर्देशक बोहोराले कलाकारहरूलाई बारम्बार म्यासेज र फोन गरेर सम्पर्क गर्ने कोसिस गरेको बताए । ’प्रियकाजी बच्चा भएको कारण नआउनु भएको हो कि ? दीपिकाजीलाई पनि सम्पर्क गर्दा विभिन्न बहाना बनाउनु भएको छ,’ उनले भने । दीपिकाजीको श्रीमान दिवाकर भट्टराई आफै निर्देशक भए पनि फिल्म निर्देशकको पीडा नबुझेको उनको गुनासो छ । 

‘दिवाकरजीले मेरो पीडा बुझ्नु पर्ने हो, तर बुझेनन् । फिल्म रिलिजको संघारमा रहँदा कलाकार पब्लिसिटीमा नआउँदा के हुन्छ ? त्यो कसरी व्यक्त गरौँ,’ निर्देशक बोहोराले भने । 

उनले आफुले पूरा पारिश्रमिक दिएकै कारण कलाकारको साथ नपाएको गुनासो गर्दै आउने फिल्ममा स–सर्त पब्लिसिटीको पाटो सम्झौतामा समेट्ने बताए । १८ चैतबाट प्रदर्शनमा आउने फिल्ममा ‘मर्डर मिस्ट्री’सँगै बदला र मित्रताको कथा देखाइएको छ । फिल्मको बारेमा बोल्दै अभिनेता जोशीले यसमा फरक कथा देख्न पाउने बताए । 

कार्यक्रममा बोल्दै निर्मात्री सृजना जोशीले फिल्म निर्माणमा कुनै सम्झौता नगरिएको बताइन् । ‘हामीले राम्रो फिल्म बनाउन कुनै सम्झौता गरेनौं । तर, एक्ट्रेसबाट हामीले सहयोग पाएनौं । हामी नेपाली फिल्मको स्तरीयता बढाउन आएका हौँ,’ उनले भनिन् । 

फिल्ममा सेन्ट्रल क्यारेक्टरमा विक्रम जोशी छन् । बिक्कीको उपनामले समेत परिचित विक्रमले अभिनयमा ह्याप्पी डेजमार्फत डेब्यु गरेका थिए । त्रिकोणत्मक प्रेम कथा रहेको फिल्ममा विक्रमसँगै दीपिका प्रसाईं र प्रियंका कार्कीको पनि अभिनय छ ।

नेपाल र बेलायतको रमणीय दृश्यमा छायांकन गरिएको फिल्मलाई एभरेष्ट सूर्य बोहराले निर्देशन गरेका छन् । फिल्ममा विल्सन बिक्रम राई, बिक्रान्त बस्नेत, सविता गुरुङ, ध्रुव दत्तलगायतका कलाकारको अभिनय छ । हिराल जोशी र बिक्रम जोशी निर्मातामा रहेको फिल्ममा सृजना जोशी महर्जन कार्यकारी निर्माता रहेकी छिन् ।

निर्देशक बोहरा र बिक्रम जोशीको कथा रहेको फिल्ममा निर्देशक बोहरा र अभिमन्यु निरवीको पटकथासँगै सम्वादमा रहेको छ । फिल्ममा राजनराज शिवाकोटी र एलिस कार्कीको संगीत छ भने प्रमोद खरेल, प्रताप दास, प्रविशा अधिकारी, एड्रिन प्रधान र रजिना रिमालको पाश्र्वगायन छ । यसमा पुरुषोत्तम प्रधानको छायांकन, सम्राट बस्नेतको द्वन्द्व निर्देशन र मित्र डि. गुरुङको सम्पादन छ ।

viber sharing button
जनतापाटीबाट थप
बैंकमा पैसा राख्नेमा कुन जिल्लाका नागरिक अघि ?
बैंकमा पैसा राख्नेमा कुन जिल्लाका नागरिक अघि ? २ मिनेट पहिले
भारतीय दूतावासभित्र सुरक्षाकर्मीले आफैँलाई गोली हानी गरे आत्महत्या
भारतीय दूतावासभित्र सुरक्षाकर्मीले आफैँलाई गोली हानी गरे आत्महत्या ८ मिनेट पहिले
ट्रमा सेन्टरमा २४ घण्टा विशेषज्ञ सेवा
ट्रमा सेन्टरमा २४ घण्टा विशेषज्ञ सेवा १४ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
दुई कारणले राजेश खन्ना गएनन् बिग बोस
करिश्मा भन्छिन्- स्ट्रीट फुड र सामान बेच्ने चलन हरेक मुलुकमा छ 
याे वर्ष कम बजेटका फिल्मले धानेको बलिउड
नेशनल फिल्म स्कुलको उद्घाटन, राजेश हमाल गेष्ट लेक्चर
रोकियो अक्षय कुमारको ‘गोरखा’
देउडा गीत ‘यो मुटु छुन लाग्यो’ सार्वजनिक
Nabil
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP