मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Monday, July 04, 2022 |सोमबार, असार २०, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
मनोरञ्जन
  • गृहपृष्ठ
  • निर्देशक राउतकै पथमा प्रदीप
निर्देशक राउतकै पथमा प्रदीप
जनतापाटी
जनतापाटी शुक्रबार, फागुन २७, २०७८ मा प्रकाशित
viber sharing button
निर्देशक राउतकै पथमा प्रदीप

काठमाडाैं । फिल्म ’प्रसाद’को निर्देशन गरेर चर्चा बटुलेका निर्देशक दिनेश राउतले त्यसपछि निर्देशन गरेको फिल्म ’प्रकाश’ को फस्टलुक सार्वजनिक गरिएको छ । लभ स्टोरी फिल्ममार्फत निर्देशकीय यात्रालाई अगाडि बढाइरहेका निर्देशक राउतले पछिल्लो समय सोसल ड्रामा जनरा रोजेका छन् । पर्व, प्रसादपश्चात प्रकाश निर्देशन गर्दा निर्देशक राउतले लभर ब्वाईको भूमिका निर्वाह गर्दै आएका चकलेटी अभिनेता प्रदीप खड्कालाई समेत भिन्न रुपमा प्रस्तुत गर्दै छन् । 

प्रदीपकै जन्मोत्सवको दिन पारेर उनले फस्टलुकअन्तर्गत पोस्टर सार्वजनिक गरेका छन् । पोस्टरमा प्रदीप पूर्णरुपमा गाउँले लुक्समा देखिएका छन् नै साथमा छिन्, दीया मास्के । यी दुईको मिश्रित भावना झल्किने पोस्टरमार्फत निर्माण पक्षले एक वर्गको दर्शकलाई आकर्षित गरेको छ । लभर ब्वाईमा हल्का अभिनय गर्दै आइरहेका प्रदीपले यस फिल्ममार्फत गम्भीर प्रकृतिको दर्शकलाई समेत आफ्नो बनाउने प्रत्यत्नमा छन् । 

निर्देशक राउतले फिल्मको कथा अनुरुप प्रदीप सुहाउँदो रहेको छोटो प्रतिक्रिया दिए । ’फिल्मको फस्टलुक सार्वजनिक गरेका छौँ । बाँकी आउने कन्टेनले बताउने छ,’ दिनेशले भने । प्रदीप यसप्रकारको गेटअपमा पहिलो पटक देखिएका हुन् । पोस्टरमा दीयाले ऊनको पछ्यौरीले टाउको ढाकेकी छन् भने घाँटीमा मंगलसुत्र र नाकमा बुलाकी लगाएकी छन् । फिल्मले निम्न वर्गीय परिवारमा हुर्किएको एक युवकले सरकारी स्कूलको शिक्षक बन्न गर्ने संघर्षको कथा वाचन गरेको छ ।

महेन्द्र अधिकारीले निर्माण गरेको फिल्ममा प्रदीप र दीयासँगै रेनु योगी, प्रकाश घिमिरे, रामबाबु रेग्मी, पवित्रा खड्का, प्रशान्त श्रेष्ठ, निरज पन्थी, गोविन्द सुनुवार, लोकेन्द्र लेखक, दीपेन्द्र शाहीलगायतका कलाकारहरूको अभिनय रहेको छ । विकास सुवेदीको कथा रहेको फिल्ममा राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत छ । १० भदाै २०७९ लाई प्रदर्शन मिति घोषणा गर्दै निर्माण टिमले फस्टलुक पोस्टर पनि सार्वजनिक गरेको हो । 

viber sharing button
जनतापाटीबाट थप
बजेटप्रति ओलीकाे कटाक्ष- यो देशको होइन, निश्चित घरानाको बजेट भयो 
बजेटप्रति ओलीकाे कटाक्ष- यो देशको होइन, निश्चित घरानाको बजेट भयो  ३ मिनेट पहिले
दुई कारणले राजेश खन्ना गएनन् बिग बोस
दुई कारणले राजेश खन्ना गएनन् बिग बोस ७ मिनेट पहिले
एसपीपीबारे सत्यतथ्य बाहिर ल्याउन ओलीको माग 
एसपीपीबारे सत्यतथ्य बाहिर ल्याउन ओलीको माग  १८ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
दुई कारणले राजेश खन्ना गएनन् बिग बोस
करिश्मा भन्छिन्- स्ट्रीट फुड र सामान बेच्ने चलन हरेक मुलुकमा छ 
याे वर्ष कम बजेटका फिल्मले धानेको बलिउड
नेशनल फिल्म स्कुलको उद्घाटन, राजेश हमाल गेष्ट लेक्चर
रोकियो अक्षय कुमारको ‘गोरखा’
देउडा गीत ‘यो मुटु छुन लाग्यो’ सार्वजनिक
Nabil
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP