मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Monday, July 04, 2022 |सोमबार, असार २०, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
मनोरञ्जन
  • गृहपृष्ठ
  • द्वन्द्वले निम्त्याएको कथा ‘पानीफोटो’
द्वन्द्वले निम्त्याएको कथा ‘पानीफोटो’
जनतापाटी
जनतापाटी बिहीबार, फागुन २६, २०७८ मा प्रकाशित
viber sharing button
द्वन्द्वले निम्त्याएको कथा ‘पानीफोटो’

काठमाडौं । पशुपति प्रसाद मार्फत दर्शकको मनमा छुटै स्थान बनाएका अभिनेता खगेन्द्र लामिछाने 'पानीफोटो'मार्फत निर्देशकको परिचय थप्दै छन् । 

बधशालामा अनुहार नदेखिएको अभिनेताका रुपमा चिनिएका खगेन्द्रले टलकजंग भर्सेस टुल्केमार्फत फिल्म अभिनय मार्फत दर्शकसँग साक्षात्कार गरे । धनपति हुँदै डमरुको डण्डीवियोसम्म आइपुग्दा आफूलाई ‘भर्सटायल अभिनेता’को रुपमा परिचित गराइसकेका छन् । 

यी नै खगेन्द्र ‘पानीफोटो’मार्फत निर्देशनमा डेब्यु गर्दै छन् । फिल्म खेल्नकै लागि मनग्य अफर हुँदा उनले निर्देशनमा डेब्यु गरेका हुन् । खगेन्द्रले नाटकलाई फिल्ममा ल्याउनु आफ्नो सपना रहेको बताए । ‘यसलाई फिल्म बनाएर धेरै दर्शकसम्म यो कथालाई पुर्‍याउने मेरो सपना नै थियो । मैले नाटक मन्चनकै समयमा यसलाई फिल्म बनाउने निर्णय लिएको थिए’, खगेन्द्रले भने । 

स्वयं खगेन्द्रले आफू लिखित नाटकलाई फिल्मको स्वरुप दिएका हुन् । उनले फिल्ममा माओवादी युद्धको समयमा करिब डेढ दशक अगाडि बेपत्ता भएको छोराको पर्खाइमा बसेको बाआमाको कथालाई दर्शकमाझ लिएर आउन लागेका हुन् । यो दशक अगाडि गुरुकुलमा मञ्चन भएको चर्चित नाटक ‘पानीफोटो’कै अनुरुपण गरिएको फिल्म हो । 

फिल्ममा खगेन्द्रसँगै अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपाल, अशान्त शर्मा, मलिका महत, प्रकाश घिमिरे, राधा श्रेष्ठ, अजस्र ढुंगाना, कमल देवकोटा, अनोज पाण्डे, अनिल पाण्डे, नवराज गिरी, श्यामकुमार खड्का लगायतका कलाकारको अभिनय छ ।

फिल्मको छायांकन काठमान्डौसँगै बर्दिया, रोल्पा र स्याङ्जामा गरिएको छ । दीपक बज्राचार्यको छायांकन रहेको फिल्ममा निमेष श्रेष्ठसँगै अर्जुन कार्कीको सम्पादन छ । यसमा पुष्पा संगमको पाश्र्व संगीत रहेको छ । ‘पशुपति प्रसाद’ र ‘धनपति’ जस्ता खाँट्टी नेपाली स्वाद बोकेका सफल फिल्म निर्माण गरेको टुकी आर्ट्सले यसफिल्म निर्माणमा मन्जुश्री फिल्म्ससँग सहकार्य गरेको छ । 

फिल्ममा लेखन पनि खगेन्द्रकै रहेको छ भने यसमा चिफ एडीको रुपमा अनिल खड्का रहेका छन् । फिल्मलाई रोजिना सिटौला र रविन्द्र बज्राचार्यले संयुक्त रुपमा निर्माण गरेका हुन् । कोरोनाभाइरसको महामारीका कारण रिलिज डेटमा केही समय ढिलाइ भएको ‘पानीफोटो’ १० भदौ २०७९ अर्थात् २६ अगस्ट २०२२ मा प्रदर्शनमा आउने भएको छ ।

viber sharing button
जनतापाटीबाट थप
ट्रमा सेन्टरमा २४ घण्टा विशेषज्ञ सेवा
ट्रमा सेन्टरमा २४ घण्टा विशेषज्ञ सेवा ४ मिनेट पहिले
कालोपत्र गरेको दुई महिनामै भत्कियो सडक
कालोपत्र गरेको दुई महिनामै भत्कियो सडक १० मिनेट पहिले
गण्डकी सरकारलाई पूर्वअर्थमन्त्रीको प्रश्न- झण्डा हल्लाउन मात्रै सरकारमा जानुभएको हो ?
गण्डकी सरकारलाई पूर्वअर्थमन्त्रीको प्रश्न- झण्डा हल्लाउन मात्रै सरकारमा जानुभएको हो ? २१ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
दुई कारणले राजेश खन्ना गएनन् बिग बोस
करिश्मा भन्छिन्- स्ट्रीट फुड र सामान बेच्ने चलन हरेक मुलुकमा छ 
याे वर्ष कम बजेटका फिल्मले धानेको बलिउड
नेशनल फिल्म स्कुलको उद्घाटन, राजेश हमाल गेष्ट लेक्चर
रोकियो अक्षय कुमारको ‘गोरखा’
देउडा गीत ‘यो मुटु छुन लाग्यो’ सार्वजनिक
Nabil
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP