मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Thursday, November 30, 2023 |बिहीबार, मंसिर १४, २०८०
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
राजनीति
  • गृहपृष्ठ
  • नेपालमा लगानी गर्न आयरल्याण्डका राष्ट्रपतिसँग सभामुखकाे अनुराेध
नेपालमा लगानी गर्न आयरल्याण्डका राष्ट्रपतिसँग सभामुखकाे अनुराेध
जनतापाटी
जनतापाटी शनिबार, असोज ६, २०८० मा प्रकाशित
viber sharing button
नेपालमा लगानी गर्न आयरल्याण्डका राष्ट्रपतिसँग सभामुखकाे अनुराेध

डब्लिन । सभामुख देवराज घिमिरेले आयरल्याण्डका राष्ट्रपति माइकल डी. हिगिन्ससँग शिष्टाचार भेट गरेका छन् ।

राजधानी डब्लिनस्थित राष्ट्रपति कार्यालयमा भएको भेटमा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बारेमा छलफल भएको सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराईले जानकारी दिए । 

सो भेटमा सभामुख घिमिरेले कुटनीतिक सम्बन्ध विस्तार भएको २४ वर्षमा दुई मुलुकबीच उच्चस्तरीय सम्बन्ध एवं सम्पर्क गहन हुँदै गएको बताए । ‘सन् २०१९ सेप्टेम्बरमा आयरल्याण्डको प्रतिनिधि सभाका सभामुखले गर्नुभएको नेपाल भ्रमणले दुई संसदबीचको सम्बन्धलाई घनिष्ठ बनाएको छ,’ उनले भने ।

सभामुख घिमिरेले नेपाल र आयरल्याण्ड भौगोलिक रुपले टाढा भएता पनि कला, साहित्य, संगीत तथा संस्कृतिका माध्यमले नजिक रहेको उल्लेखसमेत गरेका छन । ‘हाम्रा दुई मुलुकबीच विश्व शान्ति, मित्रता एवं सद्भावजस्ता समान मुल्य मान्यताहरु हुन् । लोकतन्त्र, मानव अधिकार, विधिको शासन र स्वतन्त्रता हाम्रा साझा प्रतिबद्धताहरु रहेका छन्,’ सभामुखको भनाइ थियो ।

सभामुख घिमिरेले सन् २०२६ मा नेपाल अति कम विकसित मुलुकबाट स्तरोन्नति हुन गइरहेको जानकारी दिँदै नेपालको आर्थिक विकासको लागि कृषि, पर्यटन, जलविद्युत, भौतिक पूर्वाधार तथा सूचना प्रविधि जस्ता क्षेत्रहरुमा लगानी गर्न राष्ट्रपतिमार्फत अन्तर्राष्ट्रिय समुदायलाई अपिलसमेत गरेका छन । उनले लगानीकर्ताहरूलाई आकर्षित गर्न आवश्यक कानूनी एवं नीतिगत सुधारहरु समेत भइरहेको जानकारी दिएका छन ।

सभामुख घिमिरेले जलवायु परिवर्तनको चुनौति सामना गर्न विश्व मञ्चमा नेपाल र आयरल्याण्डबीच सहकार्यमा जोड गरेका छन । उनले आयरल्याण्डमा शिक्षा हासिल गर्न नेपाली विद्यार्थीहरु आकर्षित भएको बताउँदै आवश्यक सहजिकरणका लागि आग्रह गरेका थिए ।

भेटमा आयरल्याण्डका राष्ट्रपति माइकल डी. हिगिन्सले नेपाल राजतन्त्रात्मक शासन अन्त्य गर्दै लोकतन्त्रको बाटोमा अघि बढेकोबारे आफू जानकार रहेको बताउँदै प्राकृतिक रुपमा दुवै मुलुक धनी रहेको उल्लेख गरेका छन । सर्वोच्च शिखर सगरमाथा र हरित पर्यटनका लागि नेपाल जान आइरिस नागरिक लालायित रहेकोसमेत उनले बताए ।

राष्ट्रपति हिगिन्सले नेपाल–आयरल्याण्ड मैत्री समूहमार्फत नेपालको कृषि, पर्यटन लगायतका क्षेत्रमा काम गर्न सकिने धारणा राखेको सभामुखको सचिवालयले जनाएको छ । 

तीन सदस्यीय प्रतिनिधमण्डलको नेतृत्व गर्दै आयरल्याण्ड भ्रमणमा निस्केका सभामुख घिमिरे आइतबार बिहान १०ः१५ बजे काठमाडौं फर्कने कार्यक्रम छ । भ्रमण टोलीमा सभामुखसँगै प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेय र प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई सहभागी छन ।

आयरल्याण्डमा रहँदा सभामुख घिमिरले संसदको माथिल्लो सदन सिनेटका अध्यक्ष र तल्लो सदन प्रतिनिधि सभाका सभामुखसँग भेट गरेका थिए । उनले सरकार मन्त्री र तथा उच्च अधिकारीसँग भेट गरी दुईपक्षीय सम्बन्ध विस्तारका विविध विषयमा छलफलसमेत गरेका छन ।

viber sharing button
जनतापाटीबाट थप
यस्तो रहनेछ आजको मौसम
यस्तो रहनेछ आजको मौसम बिहीबार, पुस १७, २०२६
हेर्नुहोस तपाईको आजको राशिफल
हेर्नुहोस तपाईको आजको राशिफल बिहीबार, पुस १७, २०२६
ललितपुर र पोखरा गोलरहित बराबरीमा रोकिए
ललितपुर र पोखरा गोलरहित बराबरीमा रोकिए बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
डा. स्वर्णिम वाग्ले रास्वपाको उपसभापतिमा मनोनीत
दुबई प्रस्थान गर्नुअघि प्रधानमन्त्रीले भेटे राष्ट्रपति
रास्वपाकाे राजनीतिक मार्ग - उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टी
रास्वपाका सबै सांसद केन्द्रीय सदस्य
राति साढे नौ बजे प्रधानमन्त्री प्रचण्ड दुबई जाँदै, के छन् कार्यक्रम ?
भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास बनाउन सुरक्षाकर्मी खटाइने
Global Ime Global Ime
salico salico
City Express City Express
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.