मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Wednesday, October 04, 2023 |बुधबार, असोज १७, २०८०
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
समाज
  • गृहपृष्ठ
  • पशुपति क्षेत्रभित्रको पार्किङ सम्झौता रद्द
पशुपति क्षेत्रभित्रको पार्किङ सम्झौता रद्द
जनतापाटी
जनतापाटी मंगलबार, असोज २, २०८० मा प्रकाशित
viber sharing button
पशुपति क्षेत्रभित्रको पार्किङ सम्झौता रद्द

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्र भित्रको सावरी साधन पार्किङ स्थलको सम्झौता रद्द गरेको छ। पशुपति क्षेत्रमा पार्किङ व्यवस्थापनको जिम्मा तत्व इन्भेस्टमेन्ट प्रालिले पाएको भएपनि सम्झौता अनुसारको काम तथा समयमै बक्यौता रकम तीर्न नसकेका कारण उक्त सम्झौता रद्द गरिएको विकास कोषले जनाएको छ।

पार्किङ सम्झौता रद्द गरी उक्त पार्किङ स्थल आजबाट विकास कोषले आफ्नो मातहतमा लिएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले राससलाई जानकारी दिए। उनका अनुसार उक्त प्रालीले सवारी पार्किङ सञ्चालनवापत कोषलाई तीर्नु पर्ने पुरानो रु ४० लाख बढी रकम समयमै भुक्तान नगरेका कारण सम्झौता रद्द गरिएको हो।

सञ्चालक परिषद्को गएको भदौ २१ गते बसेको बैठकले उक्त कम्पनीसँगको सम्झौता रद्द गर्ने निर्णय गरेको कार्यकारी निर्देशक खतिवडाले बताए।

उनले भने, ‘भदौ २१ गतेको सञ्चालक परिषद् बैठकले पार्किङ सम्झौता रद्द गर्ने निर्णय गरेको हो, आजदेखि हामीले उक्त पार्किङ स्थल आफ्नो जिम्मा लिएका छौँ, अर्को टेन्डर प्रकृया नहुँन्जेल सम्म हाल लाई निःशुल्क पार्किङ गरिएको छ।’

उक्त कम्पनीले पशुपति क्षेत्र भित्र रहेको सवारी पार्किङ स्थल सञ्चालन गरेवापत विकास कोषलाई मासिक रु तीन लाख ४६ हजार तीर्ने गरी सम्झौता भएको विकास कोषले जनाएको छ। उक्त कम्पनीले पुरानो बक्यौता रकम रु ६० लाखमा केही हप्ता पहिले रु २० लाख बुझाएपनि अझै रु ४० लाख तीन बाँकी रहेको खतिवडाले जानकारी दिए। कोष र उक्त कम्पनीबीच पार्किङ व्यवस्थापनका लागि पाँच वर्षको सम्झौता भएपनि साढे दुई वर्षमा सम्झौता रद्द भएको छ।

पशुपति क्षेत्र विकास कोषले दुई पाङ्ग्रे सवारी साधनका लागि रु १० र चारपाङ्ग्रे सवारीका लागि रु २५ पार्किङ शुल्क तोकेर कम्पनीसँग सम्झौता गरेको थियो। तर, कम्पनीले सो भन्दा बढी शुल्क उठाएको पाइएको आरोप छ। कम्पनीमाथि राजस्व अनुसन्धान विभागले समेत अनुसन्धान गरिरहेको कोषले जनाएको छ। 

viber sharing button
जनतापाटीबाट थप
धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा चारजना पक्राउ
धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा चारजना पक्राउ बिहीबार, पुस १७, २०२६
इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध भ्रष्टाचार मुद्दा
इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध भ्रष्टाचार मुद्दा बिहीबार, पुस १७, २०२६
सिजी इलेक्ट्रोनिक्सले ल्यायो एआई बेस च्याटवट
सिजी इलेक्ट्रोनिक्सले ल्यायो एआई बेस च्याटवट बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
अवरुद्ध पृथ्वीराजमार्ग खुल्यो
रिगललाई आममाफी दिने निर्णयविरुद्ध भारती मानन्धरले सुरु गरिन् अनशन
दमौली बजार
सुदुरपश्चिममा गएको भुकम्पप्रति पुर्वराजाद्धारा चिन्ता ब्यक्त
बेनी बजार
एनआरएनए युवा उपाध्यक्षमा रेग्मीद्वारा कतारबाट उम्मेदवारी घोषणा
City Express City Express
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.