मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Wednesday, October 04, 2023 |बुधबार, असोज १७, २०८०
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
स्वास्थ्य-जीवनशैली
  • गृहपृष्ठ
  • नेपाल र भारतका उत्कृष्ट स्त्रीरोग, निसन्तान एवं ल्याप्रोस्कोपी विशेषज्ञहरुको सम्मेलन सम्पन्न 
नेपाल र भारतका उत्कृष्ट स्त्रीरोग, निसन्तान एवं ल्याप्रोस्कोपी विशेषज्ञहरुको सम्मेलन सम्पन्न 
जनतापाटी
जनतापाटी आइतबार, भदौ ३१, २०८० मा प्रकाशित
viber sharing button
नेपाल र भारतका उत्कृष्ट स्त्रीरोग, निसन्तान एवं ल्याप्रोस्कोपी विशेषज्ञहरुको सम्मेलन सम्पन्न 

काठमाडौं । आजभोलि महिलाहरुमा पाठेघरको समस्या दिनानुदिन बढ्दै गईरहेको छ । अस्वस्थकर खानपिन, वंशाणु, हर्र्मोन आदिले गर्दा अस्पतालमा पाठेघर सम्बन्धि समस्याको उपचारका लागि लामो लाईन हुने गरेको छ । समुदायमा जनचेतनाको कमी, ग्रामीण क्षेत्रको अस्पतालमा आधुनिक उपकरणको कमी, दक्ष चिकित्सकको कमी लगायतले गर्दा पनि पाठेघर सम्बन्धि समस्याको दिगो समाधान हुन सकिरहेको छैन । साथै, प्राय महिलाहरुले नै अरुलाई भन्न लजाउने र रोग जटिल नभएसम्म अस्पताल नजाने प्रवृत्तिले पनि समस्या झनै विकराल हँुदै गईरहेको छ । 

प्रायः विवाहित महिलामा देखिने पाठेघरको समस्या आजभोलि बद्लिँदो रहनसहनले गर्दा अविवाहित महिलाहरुमा पनि देखिन थालेको छ । फलस्वरुप, उनीहरुमा महिनावारी गडबडी हुने, बच्चा नबस्ने लगायतको समस्या देखिन थालेको छ । 

यसै सम्बन्धमा, जनसमुदायमा चेतना अभिवृद्धि गर्न ल्याप्रोस्कोपी सेन्टर नेपाल प्रा. लि.को आयोजना एवं पिबि नेपाल प्रा.लि., होप र्फटिलिटी सेन्टर एवं ब्लुक्रस हस्पिटलको सहकार्यमा नेपालमै पहिलो पटक एक दिने बृहत् स्वास्थ्य सम्बन्धि जानकारीमूलक सन्देश सहित नेपाल र भारतका उत्कृष्ट स्त्रीरोग, निसन्तान एवं ल्याप्रोस्कोपी विशेषज्ञहरुको सम्मेलन सम्पन्न भएको छ । मिति २०८० साल भाद्र ३० गते शनिवार, द एभरेष्ट होटल, काठमाडौंमा सम्पन्न भएको यस सम्मेलनमा भारतका प्रख्यात स्त्रीरोग एवं आई.भि.एफ. विशेषज्ञहरु डा. जय मेहता, डा. राजेश करोडिया, डा. जतीन शाह, डा. संकेत पिसत, डा. सचिन दलाल र डा. अल्का कृपलानीले विभिन्न शीर्षकमा बोल्दै कसरी यस समस्यालाई न्यूनिकरण गर्न सकिन्छ भनेर आफ्नो अनुभव साझा गरेका थिए भने नेपालका प्रख्यात स्त्रीरोग, निसन्तान एवं ल्याप्रोस्कोपी विशेषज्ञहरु डा. रंगिना लाईकंगबम र डा. स्वस्ती शर्माले नेपालमा स्त्रीरोग तथा प्रसूती रोगको अवस्था र विना चिरफार गरिने उपचार पद्धती अर्थात् ल्याप्रोस्कोपी र हिस्टेरोस्कोपीको फाईदाहरु सम्बन्धि विस्तृत छलफल गरेका थिए । 

नेपालका २०० भन्दा बढी प्रख्यात स्त्रीरोग, निसन्तान तथा प्रसुति चिकित्सकहरुको उल्लेखिय उपस्थिति रहेको यस सम्मेलनले थप नयाँ कुरा सिक्न अवसर प्रदान गरेको छ भन्ने विश्वास राखिएको छ । साथै, २५ भन्दा बढी विभिन्न कम्पनीका स्टल सहितको उल्लेखनीय सहभागीताले भविष्यमा यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिन थप ऊर्जा मिलेको छ । 

viber sharing button
जनतापाटीबाट थप
धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा चारजना पक्राउ
धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा चारजना पक्राउ बिहीबार, पुस १७, २०२६
इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध भ्रष्टाचार मुद्दा
इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध भ्रष्टाचार मुद्दा बिहीबार, पुस १७, २०२६
सिजी इलेक्ट्रोनिक्सले ल्यायो एआई बेस च्याटवट
सिजी इलेक्ट्रोनिक्सले ल्यायो एआई बेस च्याटवट बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
हेर्नुहोस तपाईको आजको राशिफल
भारतले बनायो मलेरियाबिरुद्धकाे विश्वकाे दोस्रो खोप, डब्लुएचओले दियो स्विकृति
हेर्नुहोस तपाईको आजको राशिफल
सभामुख घिमिरेलाई औषधि व्यवसायी संघको ज्ञापन
एनसेलद्वारा वार्षिकोत्सव र विश्व मुटु दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर 
हेर्नुहोस तपाईको आजको राशिफल
City Express City Express
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.