मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Thursday, October 05, 2023 |बिहीबार, असोज १८, २०८०
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
स्वास्थ्य-जीवनशैली
  • गृहपृष्ठ
  • महँगो स्वास्थ्य उपकरण अस्पतालका कोठामा थन्किए
महँगो स्वास्थ्य उपकरण अस्पतालका कोठामा थन्किए
जनतापाटी
जनतापाटी शनिबार, भदौ ३०, २०८० मा प्रकाशित
viber sharing button
महँगो स्वास्थ्य उपकरण अस्पतालका कोठामा थन्किए

लुम्बिनी । लुम्बिनी प्रादेशिक अस्पतालले विशेषज्ञ सेवासहितको सेवा प्रदान गर्दै आएको छ । यस अस्पतालमा बहिरङ्ग (ओपिडी) विभागमा दैनिक बिरामीको परीक्षण र उपचार गर्ने क्षमता पाँच सय जति रहेको छ । तर यहाँ दैनिक दुई हजार पाँच सयसम्म बिरामी उपचारका लागि आउछन् । 

अस्पतालमा विशेषज्ञ सेवासहित दुई दर्जन बढी स्वास्थ्य सेवा उपलब्ध छ । अस्पतालमा स्वास्थ्य सेवाका लागि अधिकांश मुटु, मिर्गौला, पाचन प्रणाली, कलेजो, आन्द्रा र पेटको समस्या भएका बिरामीको सङ्ख्या अधिक रहेको छ । पछिल्लो समय मानिसको स्वास्थ्यमा जटिल देखिएका मुटु, पाचन प्रणाली, कलेजो, आन्द्रा र पेटको समस्या भएका बिरामीका लागि सहज, सुलभ र प्रभावकारी उपचारको व्यवस्था छैन । बिरामीको उपचारका लागि आवश्यक परीक्षण र उपचारको समेत सहज प्रबन्ध नहुँदा निजी तथा जिल्ला बाहिरका अस्पतालमा पुगेर महँगो सेवा लिनुपर्ने बाध्यता छ । 

यस्ता बिरामीको उपचारका लागि आवश्यक पर्ने करिब रु १७ करोड बढीका खरिद गरिएका स्वास्थ्य उपकरण अस्पतालका कोठामा थन्काइएको छ । आवश्यक जनशक्ति र उपकरण सञ्चालनका लागि आवश्यक पर्ने थप उपकरणको व्यवस्था नहुँदा डेढ वर्षदेखि प्रयोगमा आउन सकेका छैनन् ।

पछिल्लो समय मानिसको स्वास्थ्यमा जटिल बन्दै गएको मुटुको स्वास्थ्य सेवा यस अस्पतालले सुरु गरेको छ । यो जटिल रोगका लागि अस्पतालमा बिशेषज्ञ चिकित्सकले सेवा दिँदै आएका छन् तर मुटुको उपचारका लागि परीक्षण र थप उपचारका लागि महत्वपूर्ण मानिएको ‘क्याथल्याब’ मेसिन विगत १० महिनादेखि अस्पतालको एउटा कोठामा थन्काएर राखिएको छ । 

लुम्बिनी प्रदेश सरकारले गत वर्ष करिब रु १० करोडमा खरिद गरेर प्रादेशिक अस्पताललाई उपलब्ध गराएको मुटुको उपचारमा प्रयोग हुने ‘क्याथल्याब’ मेसिन सञ्चालनका लागि आवश्यक जनशक्ति व्यवस्थापन नहुँदा थन्किएको हो  ।

यससँगै प्रादेशिक अस्पतालमा ‘ग्यास्ट्रोइन्टेरोलोजिस्ट’को सेवा प्रदान गर्ने उद्देश्यले करिब डेढ वर्षअघि नै ‘इआरसिपी’ मेसिन र ‘मोटराइज्ड स्पाइलर इन्टेरोसेपी’ मेसिन पनि खरिद गरेर राखिएको छ । यी स्वास्थ्य उपकरणमध्ये ‘इआरसिपी’ मेसिन बिरामीको पित्त तथा कलेजो बाट निस्कने नलीको भागलाई रोग पहिचानका लागि हेर्ने दूरविनबाट हेर्ने र कुनै ठाउँमा पत्थरी रोकिएको रहेछ भने निकाल्ने तथा उपचार गर्ने प्रविधि हो । यस्तै ‘मोटराइज्ड स्पाइलर इन्डोसकोपी’ भने बिरामीको आन्द्राको पूरै भागबाट हेरेर रोग पत्ता लगाउने हो । यी उपकरण सङ्घीय सरकारको विनियोजित बजेटबाट करिब रु छ करोडभन्दा बढी लागतमा खरिद गरिएका हुन् ।

यी उपकरण सञ्चालनमा ल्याउन थप केही उपकरण आवश्यक पर्ने र ती उपकरण आएपछि जनशक्तिको व्यवस्थापन गरेर सञ्चालनमा ल्याइने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सुदर्शन थापाले बताए । आधुनिक प्रकारका यी उपकरणसहितको यो सेवा सञ्चालन गर्न ‘इआरसिपी’, ‘इन्स्टरोस्कोपी’ विषयमा तालिम लिएको डिएम ग्यास्ट्रोइन्टेरोलोजिस्ट आवश्यक हुन्छ । 

अहिले नयाँ समिति आएर यसका सरोकारवालासँग ताकेता गरेपछि अबको केही महिनामा ‘क्याथल्याव’ सञ्चालन ल्याउने गरी तयारी भएको अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले बताए ।

‘क्याथल्याव’ सञ्चालनका लागि कार्डियोलोजिस्टसहितका स्वास्थ्यकर्मीको व्यवस्थापन भएको र यद्यपि आपत्कालीन अवस्थाको सेवा यसबाट तत्काल दिन सकिने अवस्था नभएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट थापा बताउछन् । सामान्य प्रकारका बिरामीलाई उपचार गर्न मिल्नेगरी अबको तीन महिनासम्ममा ‘क्याथल्याव’ सञ्चालन गर्नेगरी जनशक्ति लगायतका प्रबन्ध भइरहेको मेसु थापाले बताए । 

“मुटुको उपचार गर्ने विशेषज्ञ डाक्टरले केही समयदेखि सेवा दिइरहनुभएको छ, अझै एकजना विशेषज्ञ प्रदेश सरकारबाट प्रबन्ध हुँदैछ”, उनले भने, “प्रदेश लोकसेवा उत्तीर्ण गरेर आएका स्टाफ नर्सको जनशक्तिलाई थप तालिमको व्यवस्था गरेर ‘क्याथल्याब’ छिट्टै नै सञ्चालन गर्ने तयारीमा छौँ ।”

हृदयाघात भएर सामान्य अवस्थामा फर्केका र हृदयाघातको सामान्य लक्षण देखिएका बिरामीको परीक्षण गर्नेगरी क्याथल्याब चलाउने तयारी भइरहेको मेसु थापाको भनाइ छ । “‘क्याथल्याब’ मेसिन सञ्चालनमा ल्याउँदा तत्काल ‘एन्जिओप्लास्ट’ र ‘एन्जिओग्राफ’ को सेवा विस्तार गर्ने तयारीमा छौँ”, उनले भने, “यसबाट मुटुको ब्लक खोल्ने र पेसमेकर राख्ने सम्मको सेवा सञ्चालन हुने छ ।” 

सरकारले बिरामीको उपचारका लागि ‘क्याथल्याब’ खरिद गरेर लामो समयसम्म पनि सञ्चालनमा आउन नसक्नुको मुख्य कारण आवश्यक जनशक्तिको अभाव रहेको प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयका सचिव डा जनार्दन पन्थी बताउछन् । उक्त सेवा सञ्चालनका लागि केही जनशक्ति व्यवस्थापन भइसकेको र अपुग थप जनशक्ति पनि प्रदेश सरकारका तर्फबाट व्यवस्थापनका लागि प्रक्रियाअघि बढिसकेकाले करिब छ महिनाभित्रमा सञ्चालन गर्नेगरि थप प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकेको सचिव डा पन्थीले बताए । “म सचिवको जिम्मेवारीमा आएपछि क्याथल्याब सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छु”, उनले भने, “बजेट नपुग भएको भन्ने जानकारी भएपछि बजेटको प्रबन्ध गरेर पठाइ सकिएको छ, छिट्टै नै सञ्चालनमा आउन ।”

सर्वसाधारणका लागि निःशुल्क ओपिडी सेवा, अति विपन्नलाई बेडमा समेत छुट र बीमाको समेत प्रबन्ध गरिएकाले अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा सर्वसाधारणको आकर्षण बढाएको छ । यद्यपि नसर्ने प्रकारका गम्भीर रोगको परीक्षण र उपचार दुवै प्रभावकारी हुन सकिरहेको छैन ।

viber sharing button
जनतापाटीबाट थप
बेगनास तालमा युवक मृत फेला
बेगनास तालमा युवक मृत फेला बिहीबार, पुस १७, २०२६
धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा चारजना पक्राउ
धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा चारजना पक्राउ बिहीबार, पुस १७, २०२६
इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध भ्रष्टाचार मुद्दा
इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध भ्रष्टाचार मुद्दा बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
हेर्नुहोस तपाईको आजको राशिफल
भारतले बनायो मलेरियाबिरुद्धकाे विश्वकाे दोस्रो खोप, डब्लुएचओले दियो स्विकृति
हेर्नुहोस तपाईको आजको राशिफल
सभामुख घिमिरेलाई औषधि व्यवसायी संघको ज्ञापन
एनसेलद्वारा वार्षिकोत्सव र विश्व मुटु दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर 
हेर्नुहोस तपाईको आजको राशिफल
City Express City Express
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.