मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Thursday, October 05, 2023 |बिहीबार, असोज १८, २०८०
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
स्वास्थ्य-जीवनशैली
  • गृहपृष्ठ
  • बसाईसराईका कारण स्वास्थ्य सेवा प्रवाहमा समस्या परेको छ - स्वास्थ्यमन्त्री बस्नेत
बसाईसराईका कारण स्वास्थ्य सेवा प्रवाहमा समस्या परेको छ - स्वास्थ्यमन्त्री बस्नेत
जनतापाटी
जनतापाटी शुक्रबार, भदौ २९, २०८० मा प्रकाशित
viber sharing button
बसाईसराईका कारण स्वास्थ्य सेवा प्रवाहमा समस्या परेको छ - स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले जनसंख्याको बसाई सराईका कारण स्वास्थ्य सेवा प्रवाहमा समस्या देखिएको बताएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र यूएनएफपीएले शुक्रबार राजधानीमा आयोजना गरेको जनसंख्या तथा विकास (राष्ट्रिय आईसीपीडीका प्रतिवद्वता अगाडि बढाउन) मा बोल्दै मन्त्री बस्नेतले बसाई सराईका कारण सहरी क्षेत्रका स्वास्थ्य संस्थामा विरामीको भिडभाड तर ग्रामिण बस्तीका स्वास्थ्य संस्था सुनसान हुने अवस्था आउन थालेको बताए। उनले भने, ‘जनसंख्याको सन्तुलन नमिलेपछि अहिले ग्रामिण वस्तीका स्वास्थ्य संस्था रित्तिने अवस्था छ भने अर्कोतिर शहरीक्षेत्रमा विरामीको भार थेग्नै नसक्ने समस्या देखिएको छ । त्यसैले बसाई सराईलाई बेलैमा व्यवस्थित गर्नै पर्ने छ।’ 

जनसंख्याको सही ढंगले व्यवस्थापन गर्न नसकिए हामीले चाहे जस्तो र खोजेको जस्तो विकास संभव नभएकाले यसका बिषयमा गहन ढंगले योजना बनाउनु पर्ने आवश्यकता रहेको मन्त्री बस्नेतले बता । जनसंख्या र विकासबिचको खाडल पहिचान गरि कार्ययोजना बनाउनु पर्नेमा उनले जोड दिए। 

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनसंख्या महासाखाका सहसचिव रमेशकुमार केसीले जनसंख्या र विकास सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै नेपालको जनसंख्याको ६७ प्रतिसत जनसंख्या आर्थिक रुपले सक्रिय उमेर समूहभित्र रहेकोले त्यसको लाभ राज्यले लिनु पर्ने बताए। नेपालमा जनसंख्या वृद्घिदर पछिल्ला वर्षमा घट्दै गइरहेको भएपनि मातृमृत्युको अवस्था अझै विकराल रहेको केसीले जानकारी दिए। 

उनले भने, ‘अहिले पनि नेपालमा मातृमृत्यु दर प्रति लाखमा १५१ जना कायम रहनु चुनौतिको बिषय हो।’ यूएनएफपीएकी नेपाल प्रतिनिधि ओन यङ हङले नेपालमा प्रत्येक दिन २ जना महिलाको मृत्यु प्रसूतिका कारण हुने गरेको तथ्यांक प्रस्तुत गर्दै बाल विवाह, महिला हिंसा जस्ता विषयमा सुधार नगरेसम्म महिलाको स्वास्थ्य अवस्थामा सुधार गर्न नसकिने अवस्था रहेको बताइन्।

 सन् १९९४ मा कायरोमा भएको जनसंख्या र विकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनका दूरदर्शी लक्ष्यहरु र २०१९ मा नैरोवीमा पुन जाहेर गरिएका प्रतिवद्वताहरु पूरा गर्नका लागि नेपाल सरकारले गरेका प्रयास उल्लेखनिय रहेको उनले बताइन्। 

सम्मेलनमा राष्ट्रिय  योजना आयोगका सदस्य डा. आरपी विच्छा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोसन पोखरेल र देवकुमारी गुरागाईले जनसंख्याको व्यवस्थापन गरेर मात्र सहज रुपमा र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सक्नेमा जोड दिएका थिए।

viber sharing button
जनतापाटीबाट थप
बेगनास तालमा युवक मृत फेला
बेगनास तालमा युवक मृत फेला बिहीबार, पुस १७, २०२६
धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा चारजना पक्राउ
धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा चारजना पक्राउ बिहीबार, पुस १७, २०२६
इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध भ्रष्टाचार मुद्दा
इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध भ्रष्टाचार मुद्दा बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
हेर्नुहोस तपाईको आजको राशिफल
भारतले बनायो मलेरियाबिरुद्धकाे विश्वकाे दोस्रो खोप, डब्लुएचओले दियो स्विकृति
हेर्नुहोस तपाईको आजको राशिफल
सभामुख घिमिरेलाई औषधि व्यवसायी संघको ज्ञापन
एनसेलद्वारा वार्षिकोत्सव र विश्व मुटु दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर 
हेर्नुहोस तपाईको आजको राशिफल
City Express City Express
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.