मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Thursday, October 05, 2023 |बिहीबार, असोज १८, २०८०
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
खेलकुद
  • गृहपृष्ठ
  • तीज महोत्सवमा भलिबल प्रतियोगिता
तीज महोत्सवमा भलिबल प्रतियोगिता
जनतापाटी
जनतापाटी सोमबार, भदौ २५, २०८० मा प्रकाशित
viber sharing button
तीज महोत्सवमा भलिबल प्रतियोगिता

कास्की । पोखराको लामाचौरमा हरितालिका तीजका अवसरमा २५औँ संस्करणको तीज महोत्सवसहित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स) को आयोजनामा संस्थाको २७औँ वार्षिक उत्सवका अवसरमा लामाचौरको इन्द्रराज्यलक्ष्मी माविको खेल मैदानमा यही भदौ ३० देखि असोज १ गतेसम्म महोत्सवसहित भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

‘मौलिक संस्कृतिको जगेर्ना गरौँ’ नारासहित सो महोत्सव गर्न लागिएको हो । भलिबलमा महिलातर्फ चार र पुरुषतर्फ पाँच टोलीको सहभागिता रहने समाजका अध्यक्ष स्वागतसिंह भण्डारीले जानकारी दिए ।

महिलातर्फ एपिएफ क्लब, नेपाल पुलिस क्लब, न्यु डायमण्ड युथ स्पोर्टस् क्लब र न्यु एभरेष्ट भलिबल क्लब बुटवल तथा पुरुषतर्फ मणिमुकुन्द भलिबल क्लब बुटवल, एपीएफ क्लब, नेपाल पुलिस क्लब, गलकोट स्पोर्टस् क्लब बागलुङ र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

भलिबल प्रतियोगितामा महिला र पुरुषतर्फ उपाधि विजेता, उपविजेता र तृतीय हुने टिमले क्रमशः रु एक लाख ५० हजार एक सय ११, रु एक लाख एक सय ११ र रु ५० हजार एक सय ११ प्राप्त गर्नेछन् । अन्तर विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता र अन्तरमहिला समूहगत खुला तीज गीत प्रतियोगिता पनि महोत्सवका आकर्षण हुन् ।

तीज गीत प्रतियोगितामा प्रथमलाई रु ५० हजार, दोस्रोलाई रु ३० हजार, तृतीयलाई रु २० हजार र सान्त्वनालाई रु १० हजार तथा अन्तरविद्यालयस्तरीय लोक नृत्यमा प्रथम, द्धितीय र तृतीय हुने टोलीलाई क्रमशः रु ४० हजार, रु २५ हजार रु १५ हजार र रु पाँच हजार पुरस्कार प्रदान गरिने समाजका अध्यक्ष भण्डारीले जानकारी दिए । भलिबल हेर्न चार हजार सिट क्षमताको अस्थायी प्यारापिट निर्माण गरिएको छ ।

 

viber sharing button
जनतापाटीबाट थप
बेगनास तालमा युवक मृत फेला
बेगनास तालमा युवक मृत फेला बिहीबार, पुस १७, २०२६
धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा चारजना पक्राउ
धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा चारजना पक्राउ बिहीबार, पुस १७, २०२६
इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध भ्रष्टाचार मुद्दा
इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध भ्रष्टाचार मुद्दा बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
एसियाडमा नेपाली कबड्डीलाई कास्य पदक
भारतसँग पराजित भएपछि ओलीले भने- ‘हाम्रो प्रतिस्पर्धा क्षमता बढेको छ’
प्रतिस्पर्धात्मक खेलमा नेपाल भारतसँग २३ रनले पराजित
भारतले दियो नेपाललाई दुई सय तीन रनको लक्ष्य
एसियाड क्रिकेटः नेपाल र भारत बिचमा प्रतिस्पर्धा हुदैँ
विमल एनएसएल खेल्न नेपाल फर्किने
City Express City Express
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.