मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Thursday, October 05, 2023 |बिहीबार, असोज १८, २०८०
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
विविध
  • गृहपृष्ठ
  • एनआरएनए अध्यक्षका उम्मेदवार शर्मा मत माग्न अस्ट्रेलियामा
एनआरएनए अध्यक्षका उम्मेदवार शर्मा मत माग्न अस्ट्रेलियामा
जनतापाटी
जनतापाटी शुक्रबार, भदौ १५, २०८० मा प्रकाशित
viber sharing button
एनआरएनए अध्यक्षका उम्मेदवार शर्मा मत माग्न अस्ट्रेलियामा

अस्ट्रेलिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष राजेन्द्रकुमार आरके शर्मा मत माग्न अस्ट्रेलिया पुगेका छन । 

आगामी अगस्ट २ मा हुने एनआरएनए अस्ट्रेलियाको साधारणसभा तथा नयाँ कार्यसमितिको नेतृत्व हस्तान्तरण कार्यक्रममा भाग लिन उनी अस्ट्रेलिया पुगेका हुन ।अस्ट्रेलिया भ्रमणको क्रममा शर्माले एनआरएनए अस्ट्रेलियाको साधारणसभा तथा नयाँ कार्यसमितिको नेतृत्व हस्तान्तरण र पदवहालीमा सहभागिता जनाउने छन ।

अस्ट्रेलियामा गैरआवासीय अभियन्ताहरूसँग भेटेर अभियानलाई अगाडि बढाउने विषयमा सल्लाह र सुझाव लिने शर्माले बताए । एनआरएनएको आगामी असोजमा हुने विश्व सम्मेलनमा शर्माले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन । जसको लागि विश्वभरका अभियन्ता भेट्न शर्माले युरोप, जापान, मध्यपुर्व, मलेसियालगायतको देशको भ्रमण गरेर आफनो मत राखिसकेका छन ।

‘युरोप र जापानमा बस्ने गैरआवासीय अभियन्ताबाट मलाई निकै राम्रो सल्लाह र सुझाव आएको छ,’ शर्माले भने, ‘यो क्रममा अस्ट्रेलियामा बस्ने अभियन्तासँग भेटेर उहाँहरूको महत्त्वपूर्ण सल्लाह र सुझाव लिने छु।’ शर्माले विश्वभरका गैरआवासीय अभियन्ताहरूबाट प्राप्त भएको सुझावको आधारमा नेतृत्वमा अगाडि बढ्ने तयारी गरेका छन । विश्वभरका अभियन्ताले शर्मालाई अगाडि बढ्न सल्लाह र सुझाव दिएका छन।

अस्ट्रेलिया एनआरएनए एनसीसीहरुमा सबैभन्दा बढी पञ्जीकृत सदस्य भएको देश हो । यस आधारले अस्ट्रेलियाबाट अन्तर्राष्ट्रिय समन्वय परिषदको निर्वाचनमा सबैभन्दा बढी मतदाता हुनेछन्। जापान भ्रमणपछि शर्मा नेपाल पुगेर विदेशमा नेपालीहरूले भोग्नुपरेको समस्याको बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल‘ प्रचण्ड’,नेपाल सरकारका मन्त्रीहरू तथा उच्च सरकारी अधिकारीलाई भेटेर विदेशमा पासपोर्ट नवीकरणलगायतका नेपालीहरुले भोग्नुपरेको समस्याको सहजीकरण गर्न अनुरोध गरेका थिए ।

viber sharing button
जनतापाटीबाट थप
बेगनास तालमा युवक मृत फेला
बेगनास तालमा युवक मृत फेला बिहीबार, पुस १७, २०२६
धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा चारजना पक्राउ
धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा चारजना पक्राउ बिहीबार, पुस १७, २०२६
इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध भ्रष्टाचार मुद्दा
इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध भ्रष्टाचार मुद्दा बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
आजको मौसमः पाँच प्रदेशमा भारी बर्षा हुने
आजको मौसमः सातै प्रदेशमा पानी पर्ने
आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने
डा. हेमराज शर्माले ल्याए एनआरएनए बदल्ने ९ बुँदे रोडम्याप
यस्तो रहनेछ आजको मौसम
यस्तो रहनेछ आजको मौसम
City Express City Express
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.