मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Wednesday, October 04, 2023 |बुधबार, असोज १७, २०८०
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
स्वास्थ्य-जीवनशैली
  • गृहपृष्ठ
  • के तपाईलाई थाहा छ, चौलनी (चामल पानी) ले पनि कपाल राम्रो बनाउँछ भन्ने ? जान्नुहोस्
के तपाईलाई थाहा छ, चौलनी (चामल पानी) ले पनि कपाल राम्रो बनाउँछ भन्ने ? जान्नुहोस्
जनतापाटी
जनतापाटी बुधबार, वैशाख २०, २०८० मा प्रकाशित
viber sharing button
के तपाईलाई थाहा छ, चौलनी (चामल पानी) ले पनि कपाल राम्रो बनाउँछ भन्ने ? जान्नुहोस्

काठमाडौं । प्रायः कोरियाली र चिनियाँहरु कपाल हेरचाह सबन्धी आफनो उत्पादनहरूमा चामलको पानीको प्रयोग गरेको देख्नु भएको नै होला ।

धेरैले यसलाई अनुहारमा पनि लगाउँछन् र धेरैले कपाललाई बाक्लो र मुलायम बनाउनका साथै कपालको वृद्धि बढाउन चामलको पानी प्रयोग गर्छन्। तर, के चामलको पानी साँच्चै प्रभावकारी हुन्छ ? चामलको पानी चामल धोएर, भिजाएर र उमालेपछि निस्कने स्टार्च पानी हो।

चामलको पानीमा भिटामिन बी १, भिटामिन बी ६, फस्फोरस, सेलेनियम, म्यांगनीज, म्याग्नेसियम र अन्य तत्वहरु पाइन्छ । यसमा पोटासियम, आयोडिन, जिंक र फाइबर पनि केही हदसम्म पाइन्छ। चामलको पानीले कपालमा लगाउँदा हुने फाइदा र त्यसले देखाउने प्रभावका बारेमा जान्नुहोस् ।

चामलको पानी कपालमा लगाउँदा धेरै फाइदा हुन्छ । यसले कपालको क्युटिकललाई सुधार्छ, यसको प्रयोगले कपालको चमक बढाउँछ र साथै टाउकोलाई स्वस्थ राख्न मद्दत गर्छ। यही कारणले गर्दा यो धेरै कपाल हेरचाह उत्पादनहरूमा समावेश भएको होा ।

चामलको पानीमा धेरै एन्टिअक्सिडेन्टहरू पनि पाइन्छ जसले कपाललाई समयपूर्व नै कालो हुनबाट रोक्छ। यस्तो पानीमा रहेको खनिज तत्वहरुले कपाललाई औषधीको रुपमा काम दिन्छ, जसकाकारण लगातार कपाल झर्न पनि रोकिन्छ। 

यो पर्यावरण मैत्री तरिकाले कपाल हेरचाह गर्ने कार्य चीनमा पनि व्यापक रूपमा प्रयोग गरिन्छ । जस्तो कि चीनको हुयांगुलुओ याओ गाउँका महिलाहरूको कपाल चामलको पानीले धोएपछि मात्र घुँडा मुनि पुग्ने  विश्वास गर्छन । 

तपाई पनि चामलको पानीको फाइदा उर्ठाएर कपालमा लगाउनुहोस र आफ्नो कपाल कम्मरसम्म बढाउन सक्नुहुन्छ, घुँडासम्म मात्रै होइन।

चामलको पानी बनाउने धेरै तरिकाः 

- पहिलो तरिका भनेको चामल उमालेर यो पानी बनाउनु हो। यसका लागि आधा कप चामल लिनुहोस् र त्यसमा २ गिलास पानी मिसाउनुहोस्। अब यो चामल पकाउनुहोस् र पकाए पछि चामललाई छान्नुहोस् र बाँकी पानीलाई भाँडोमा राख्नुहोस्। यदि तपाईं चाहनुहुन्छ भने तपाई अलि बढी पानी पनि प्रयोग गर्न सक्नुहुन्छ।

- अर्को तरिका चामल भिजाएर चामलको पानी तयार गर्ने हो। यसका लागि एक कप चामललाई राम्ररी धुनुहोस् र त्यसमा २ देखि ३ गिलास पानी हालेर भिजाउनको लागि राख्नुहोस् । अब आधा घन्टापछि चामललाई छानेर पानी अलग गर्नुहोस्।

- फरमेटर राइस वाटर बनाउनका लागि २ कप चामल लिनुहोस् र त्यसमा दोब्बर पानी थप्नुहोस्। यसलाई २० देखि ३० मिनेट भिजाएर पानी छुट्याएर बोतलमा भर्नुहोस्। यो बोतललाई दिनभरको लागि बन्द गर्नुहोस् र यसलाई अँध्यारो ठाउँमा राख्नुहोस्। तपाईका लागि अब फर्मेटर राइस वाटर तयार भयो  । 

अब त्यो पानीले कपाल धुनुहोस । कपाललाई धुनका लागि तत्कालै चामलको पानी प्रयोग गर्न पनि सक्नुहुन्छ वा टोनरजस्तै शिरमा आधा घण्टासम्म राखेर कपाल धुन पनि सक्नुहुन्छ। र,  अनि देख्नु हुनेछ त्यसकाे जादु । 

viber sharing button
जनतापाटीबाट थप
सभामुख घिमिरे र अष्ट्रेलियाका सभामुख डिकबीच भेटवार्ता
सभामुख घिमिरे र अष्ट्रेलियाका सभामुख डिकबीच भेटवार्ता बिहीबार, पुस १७, २०२६
धार्मिक र सामुदायिक सद्‌भाव भड्काउने तत्वलाई समयमै नियन्त्रण गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
धार्मिक र सामुदायिक सद्‌भाव भड्काउने तत्वलाई समयमै नियन्त्रण गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन बिहीबार, पुस १७, २०२६
सेयर बजारमा सुधार, बैंकिङबाहेक सबै समूह बढ्यो
सेयर बजारमा सुधार, बैंकिङबाहेक सबै समूह बढ्यो बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
हेर्नुहोस तपाईको आजको राशिफल
भारतले बनायो मलेरियाबिरुद्धकाे विश्वकाे दोस्रो खोप, डब्लुएचओले दियो स्विकृति
हेर्नुहोस तपाईको आजको राशिफल
सभामुख घिमिरेलाई औषधि व्यवसायी संघको ज्ञापन
एनसेलद्वारा वार्षिकोत्सव र विश्व मुटु दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर 
हेर्नुहोस तपाईको आजको राशिफल
City Express City Express
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.