मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Wednesday, October 04, 2023 |बुधबार, असोज १७, २०८०
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
मनोरञ्जन
  • गृहपृष्ठ
  • जारी : अव्यक्त प्रेमको मिठास
जारी : अव्यक्त प्रेमको मिठास
जनतापाटी
जनतापाटी शुक्रबार, वैशाख १५, २०८० मा प्रकाशित
viber sharing button
जारी : अव्यक्त प्रेमको मिठास

प्रदर्शनरत चलचित्र ‘जारी’ ले दर्शकको राम्रो साथ पाएको छ। उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्र नयाँ वर्षको छेको पारेर यही वैशाख १ गते रिलिज भएको हो। वितरकका अनुसार यसले पहिलो सातामा सात करोड बढीको व्यापार गरेको छ। कवि उपेन्द्र सुब्बाले पटकथाकार हुँदै यसै चलचित्रमार्फत निर्देशनमा पाइला टेकेका छन्। 


चलचित्रमा दयाहाङ राई र मिरुना मगर मुख्य भूमिकामा छन्। ‘जारी’का निर्माता रामबाबु गुरुङ हुन्। लिम्बू संस्कृतिलाई आम दर्शकले बुझ्ने गरी प्रस्तुत गरिएको चलचित्रमा पालम, युप्पारुङ, धान नाच, जाँड संस्कृतिलाई पटकथामा उनेर जारी प्रथाले पति-पत्नीबीचको सम्बन्धमा ल्याइदिने आरोह-अवरोहलाई प्रस्तुत गरिएको छ। 


काठमाडौँ । चलचित्र पति नाम्साङ (दयाहाङ राई) र पत्नी हाङ्‌मा (मिरुना मगर) मै केन्द्रित छ। विसं २०५२ को परिवेशमा तयार पारिएको चलचित्र तत्कालीन समयको संस्कृति, भाषा र पहिरनको दस्तावेज बनेको छ। चलचित्र नाम्साङ र हाङ्‌माको झगडाको दृश्यबाट सुरु हुन्छ। बिहेको पाँच वर्ष बितिसक्दा निःसन्तान दम्पती हुनु नै उनीहरूबीच हुने कलहका कारण हो। 

सन्तान नहुनुको कारक आफू बन्नु परेपछि हाङ्‌मा खुसी छैनन्। किनकि दोष उनले मात्र खेप्नुपरेको छ। त्यही सिलसिलामा आफ्नो श्रीमान्‌लाई एकपटक ‘नामर्द’ भनेपछि झगडा उत्कर्षमा पुग्छ। हाङ्‌माले युप्पारुङ फालेर घर छोडेर माइत जान्छिन्। नाम्साङले हाङ्‌मालाई फर्काउन छरितोपन देखाउँदैनन्। त्यही क्रममा पालममा जितेर अर्कैले हाङ्‌मालाई पत्नी बनाउँछ।

हाङ्‌माको परिवारले जारी तिर्न नसकेपछि पूर्वपतिको घरमा गोठाला बन्न पुग्छिन्। पूर्वपत्नीलाई जारी तिर्न ल्याएपछि नाम्साङलाई प्रश्नसमेत तेर्सिन्छ। बेहुली बनेर ससम्मान भित्रिएको घरमा हाङ्‌मा पस्न पाउदिनन्। उनी गोठमै बस्छिन् र आफ्नो काम गर्छिन्। त्यही क्रममा नाम्साङलाई अर्को विवाहका लागि उनका बुबा सुब्बाले कर गर्छन्। केटी खोज्न केही गाउँमा नाम्साङसँगै उनका साथीहरू पनि पुग्छन्। तर श्रीमती छाडेको भनेपछि सहज हुँदैन। पालम गाउन नआउने नाम्साङले मेलाबाट पनि जोडी पाउदैनन्। त्यस दौरान नाम्साङको आमा बिरामी हुन्छिन्। उनको स्याहारसँगै घरेलु काममा व्यस्त हाङ्‌मालाई आफ्नै घर फर्काउने प्रयास उनका भाइले गरिरहेका हुन्छन्। 

जारी तिर्ने रकम नहुँदा घर फर्काउन सम्भव हुँदैन। एकदिन नाम्साङको आमाको देहान्त हुन्छ। एक वर्षलाई शुभकार्य रोकिन्छ। त्यसपछि बुढासुब्बा र नाम्साङको सहारा बन्छिन् हाङ्‌मा। के नाम्साङले दोस्रो विवाह गर्छन्? जारी तिरेर हाङ्‌मा आफ्नै घर फर्किन्छिन्? हाङ्‌मालाई पालममा जितेका श्रीमान्ले के गर्छन्? यी यस्तै जिज्ञासा मेट्न चलचित्र भवन नै पुग्नुपर्छ। यसको मीठो जवाफ निर्देशक सुब्बाले चलचित्रमा दिएका छन्। 

निर्देशक सुब्बाले लेखनकै क्रममा आफ्नो संस्कृतिलाई सरल ढङ्गले कोरेका छन्। व्यावसायिक बनाउन अनावश्यक मसलाको प्रयोग गरिएको छैन। अर्थात् विशुद्ध अर्गानिक छ- ‘जारी’। कथामा मौलिकता छ। चलचित्रको पहिलो दृश्यमै पटकथाकारसमेत रहेका निर्देशक सुब्बा द्वन्द्व स्थापित गर्न सफल भएका छन्।  त्यसलाई अगाडि बढाउन उनले फाल्तु दृश्यलाई जोडेका छैनन्। कथा सुरुदेखि नै द्रुत गतिमा अगाडि बढेको छ। नाम्साङ खराब होइनन् तर उनको रिस सही छैन। हाङ्‌मा पनि उस्तै छिन्। निर्देशक सुब्बाले दुईबीचको अव्यक्त प्रेमलाई दृश्यमार्फत स्थापित गरेका छन्। 

पहिलो दृश्यपछि दुवै बोल्दैनन्। तर उनीहरू बीचको प्रेमलाई दर्शकले पर्दा बाहिर पनि महसुस गर्छन्। उनीहरूको अनुहारमा झल्किने प्रेम लुक्दैन। तर व्यक्त पनि हुँदैन। उनीहरूबीच संवाद कसरी होला भन्ने दर्शकको जिज्ञासा सरल रूपमै निर्देशकले मेटाएका छन्। यो उनको सरलतासँगै दृश्य भाषाको ज्ञानका कारण सम्भव भएको हो। यस्ता थुप्रै दृश्य छन्, जसले सोझै दर्शकसँग संवाद गर्छन्। 

पर्दामा देखिने पात्रको सुख र दुःखसँगै दर्शकलाई यात्रा गराउन सक्नु नै निर्देशकीय सशक्ता हो। निर्देशक सुब्बा ठूला संवादको प्रयोग नगरेर नै लिम्बू लबज र मिठास भर्न सफल भएका छन्। चलचित्र हेरिरहँदा देखिने दृश्य र प्रयोग हुने ध्वनिले आनन्द दिन्छ। गीतले कथालाई अगाडि बढाउँछ। त्यो मनोरञ्जनका लागि मात्र रखिएको छैन। कथालाई लयमा बगाउन झुमा लिम्बू र गङ्गा थापाको स त तारिफ गर्न लायक छ। 

कलाकारको अभिनय यो फिल्मको अर्को अब्बल पक्ष हो। अभिनेता राईले नाम्साङ पात्रलाई जीवन्त बनाएका छन्। पहिलो दृश्यमा उनले देखिएको रिस धेरै समयसम्म कायम रहन्छ। यस्तै अभिनेत्री मगर चलचित्रमा शालीन देखिएकी छन्। उनले प्रतिकार गर्दिनन् तर उनको सहनशीलताले दर्शकको मन चसक्क बनाउँछ। अभिनेता विजय बरालले मङ्गल सिंहको पात्रमार्फत बाहुन र लिम्बू दम्पतीबाट जन्मिएको सन्तानको सामाजिक परिवेश झल्काउन सफल भएका छन्। काव्यिक चलचित्रको सङ्ज्ञा पाएको ‘जारी’ मा जनजाति महिलाको विद्रोहको फरक आयाम पस्कने प्रयास गरिएको छ। 

नेपाल जातजाति, भाषा, संस्कार–संस्कृति र सामाजिक परिवेशका लागि धनी छ भन्ने यथार्थलाई चलचित्रमार्फत प्रस्तुत गरिएको छ। निर्देशक सुब्बा लिम्बू जातिको संस्कार–संस्कृतिलाई समयसँगै सकुशल वर्तमान युगमा अवतरण गराउन सफल भएका छन्। यद्यपि कमीकमजोरी नै नभएको चलचित्र भने होइन। विविध कमजोरीका बाबजुद यो राम्रो पक्ष धेरै भएको चलचित्र हो। विशेषत: पहिलो हाफमा यसलाई छोट्याउने ठाउँ छ। तर निर्देशक सुब्बाले त्यसमा जाँगर चलाएका छैनन्। कथामा नाम्साङ र हाङ्‌माको परिवारलाई देखाउँदा उनीहरूसँगै जोडिने समाज र समयकाललाई दृश्यमार्फत स्थापित गर्न निर्देशक सुब्बा चुकेका छन्। 

यद्यपि, यो चलचित्रले कलात्मक र व्यावसायिक दुवै मनपराउने दर्शकलाई चलचित्र भवनसम्म ल्याउने ल्याकत देखाइसकेको छ। मसालेदार र कलात्मक भनेर विभाजित हुने दर्शक चलचित्र हेर्नसँगै देखिएका छन्। यो निर्माता, निर्देशक र कलाकारको ठूलो सफलता हो। कालोपोथी, सेतो सूर्य र ऐना झ्यालको पुतलीले प्रदर्शनका लागि गर्नुपरेको सङ्घर्ष ‘जारी’ले सोच्नै परेन। यसले कलात्मक चलचित्रको व्यावसायिक पक्षको सबलतालाई समेत प्रमणित गरेको छ। यो चलचित्रको महत्त्व वर्तमान समयभन्दा पनि भविष्यमा धेरै हुनेछ। 

‘कबड्डी’ शृङ्खलाका निर्देशक रामबाबु गुरुङ निर्माता रहेका यस चलचित्रमा अभिनेता राईसँगै अभिनेत्री मिरुना मगर, प्रेम सुब्बा, विजय बराल, कमलमणि नेपाल, रोयदीप श्रेष्ठ, रेखा लिम्बू, अनिल सुब्बा, पुष्कर गुरुङ, उपासना नेम्वाङलगायत कलाकाकरको अभिनय छ। कार्यकारी निर्माता मणिराम पोखरेल रहेका चलचित्र स्टेसन फाइभले वितरण गरेको हो।

viber sharing button
जनतापाटीबाट थप
आम्दानीको स्रोत बन्दै बाँकोको गुन्द्रुक
आम्दानीको स्रोत बन्दै बाँकोको गुन्द्रुक बिहीबार, पुस १७, २०२६
युद्धस्तरमा बझाङ भूकम्प पीडितहरुको उद्धार र राहत कार्यमा जुट्न कांग्रेसको माग
युद्धस्तरमा बझाङ भूकम्प पीडितहरुको उद्धार र राहत कार्यमा जुट्न कांग्रेसको माग बिहीबार, पुस १७, २०२६
बलात्कार आराेपमा एकजना पक्राउ
बलात्कार आराेपमा एकजना पक्राउ बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
शाहरुख खान, जाे हरेक रात यी व्यक्तिसँग घन्टौं कुरा गर्छन्
अनमोलमाथि प्रदीपको पूर्वाग्रहयुक्त प्रतिक्रिया - सुहागरातपछि बेहुली मन परेन भनेर फिर्ता गर्न मिल्छ?
लक्की फिल्मी अवार्डका उत्कृष्ट पाँचको मनोनयन
अनमोल केसी हिरासतमुक्त
अनमोल केसीलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
अनमोल केसी नर्भिकमा भर्ना
City Express City Express
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.