मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Wednesday, October 04, 2023 |बुधबार, असोज १७, २०८०
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
मनोरञ्जन
  • गृहपृष्ठ
  • मिष्टर नेपालको खोजी सुरु
मिष्टर नेपालको खोजी सुरु
जनतापाटी
जनतापाटी मंगलबार, वैशाख १२, २०८० मा प्रकाशित
viber sharing button
मिष्टर नेपालको खोजी सुरु

काठमाडौंं । नयाँ ‘मिष्टर नेपाल’ को खोजी सुरु भएको छ । आयोजक नेक्स्ट मोडल्सले विज्ञप्ती जारी गर्दै मिष्टर नेपालको नयाँ संस्करण अर्थात ‘मिष्टर नेपाल २०२३’ को आवेदन खुल्ला भएको जनाएको छ ।

यो पटक मिष्टर नेपाल ‘न्युलुक मिष्टर नेपाल’ को नामबाट आयोजना हुनेछ । विज्ञप्तिमा १६ वर्षदेखि ३२ वर्ष ननाघेका युवाहरुले प्रतियोगिताका लागि आवेदन लिनसक्ने उल्लेख छ । प्रतियोगितामा विश्वका जुनै कुनामा रहेका ५ फिट ८ इन्च माथि उचाई भएका नेपाली नागरिकले मात्र सहभागिता जनाउन सक्नेछन् ।

प्रतियोगिताको अडिसन वैशाख २९ गते दमकबाट सुरु हुनेछ । त्यसपछि ३० गते विराटनगर, ३१ गते जनकपुर, जेठ २ गते चितवन, ३ गते बुटवल, ६ गते पोखरा र १३ गते काठमाडांैमा आयोजना हुनेछ । आयोजक नेक्स्ट मोडल्सले यो पटक प्रदेश नम्बर १ मा रोनक अग्रवाल, मधेश प्रदेशमा विक्रम आदित्य महासेठ, लुम्बिनी प्रदेश प्रशान्त शाह, गण्डकी प्रदेशमा आशिष पुरी प्रदेश निर्देशक समेत नियुक्त गरेको छ ।

प्रतियोगिताको शीर्ष विजेताले ‘मिस्टर वल्र्ड २०२३’ वा ‘मिष्टर ग्लोवल २०२३’ मा नेपालको प्रतिनिधित्वको अलवा ५ लाख बराबरको पुरस्कार हात पार्नेछन् । देशैभरि छरिएर रहेका प्रतिभालाई समेट्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा अडिसनबाट छानिएका प्रतियोगीलाई मात्र अन्तिम प्रतिस्पर्धाको तयारी कक्षा स्वमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङलगायतका दर्जन बढी विषयको प्रशिक्षणमा सहभागी गराइनेछ ।

प्रतियोगितामा नेपालको आन्तरिक पर्यटनको विकासका लागि समेत विभिन्न गतिविधि सञ्चालन हुने आयोजक नेक्स्ट मोडल्स नेपालकी प्रवन्ध निर्देशक यत्ना पाण्डेले जानकारी दिइन् ।

मिष्टर नेपालको मुख्य प्रायोजकको रुपमा न्युलुक ब्युटिफर लाइभलाई भित्र्याउन पाउदा आफु हर्षित रहेको  आयोजक नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताए ।  प्रतियोगिता २००१ देखि नियमित आयोजना हुँदै आएको हो । प्रतियोगितामा सहभागिताका लागि आवेदन फर्म खल्तीएपबाट भर्न सकिनेछ । प्रतियोगीताको कोरियोग्राफी प्रशान्त ताम्राकारले गर्नेछन् ।

viber sharing button
जनतापाटीबाट थप
सभामुख घिमिरे र अष्ट्रेलियाका सभामुख डिकबीच भेटवार्ता
सभामुख घिमिरे र अष्ट्रेलियाका सभामुख डिकबीच भेटवार्ता बिहीबार, पुस १७, २०२६
धार्मिक र सामुदायिक सद्‌भाव भड्काउने तत्वलाई समयमै नियन्त्रण गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
धार्मिक र सामुदायिक सद्‌भाव भड्काउने तत्वलाई समयमै नियन्त्रण गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन बिहीबार, पुस १७, २०२६
सेयर बजारमा सुधार, बैंकिङबाहेक सबै समूह बढ्यो
सेयर बजारमा सुधार, बैंकिङबाहेक सबै समूह बढ्यो बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
शाहरुख खान, जाे हरेक रात यी व्यक्तिसँग घन्टौं कुरा गर्छन्
अनमोलमाथि प्रदीपको पूर्वाग्रहयुक्त प्रतिक्रिया - सुहागरातपछि बेहुली मन परेन भनेर फिर्ता गर्न मिल्छ?
लक्की फिल्मी अवार्डका उत्कृष्ट पाँचको मनोनयन
अनमोल केसी हिरासतमुक्त
अनमोल केसीलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
अनमोल केसी नर्भिकमा भर्ना
City Express City Express
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.