मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Saturday, June 10, 2023 |शनिबार, जेठ २७, २०८०
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
राजनीति
  • गृहपृष्ठ
  • एमालेलाई भित्तामा पुर्‍याउँछु भन्नेहरू आफै कुनामा पुगे : पोखरेल
एमालेलाई भित्तामा पुर्‍याउँछु भन्नेहरू आफै कुनामा पुगे : पोखरेल
जनतापाटी
जनतापाटी मंगलबार, चैत १४, २०७९ मा प्रकाशित
viber sharing button
एमालेलाई भित्तामा पुर्‍याउँछु भन्नेहरू आफै कुनामा पुगे : पोखरेल
File Photo

रौतहट । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेलाई भित्तामा पुर्‍याउँछौ भन्नेहरू अहिले आफै कुनामा पुगेको दाबी गरेका छन् । रौतहटको सदरमुकाम गौरमा आयोजित मिसन ग्रास रुट अभियान अन्तरगत जिल्ला स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरू तर्फ सङ्केत गर्दै आफ्नो हैसियत नहेरी एमालेलाई भित्ता पुर्‍याउने दिवा सपना देखेको बताएका हुन् । 

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नेता पोखरेलले एमालेप्रति जनताको माया र विश्वासको आधारमा समानुपातिक मततर्फ एमाले देशकै पहिलो पार्टी भएको स्पष्ट पारे। अब आउने निर्वाचनमा नेकपा एमालेले स्पष्ट बहुमत ल्याउने गरी काम गरिरहेको उनले बताए । मिसन ग्रास रुटको मुख्य उद्देश्य तल्लो तहका  कार्यकर्ताहरूको समस्याको समाधान र पार्टीलाई तल देखि नै बलियो बनाउनु रहेको उनको भनाई छ।

 कार्यक्रममा केन्द्रीय कमिटी तथा प्रदेशका इन्चार्ज सचिव रघुवीर महासेठले नेकपा एमाले पार्टीलाई सालको रुखको संज्ञा दिए ।महासेठले मिसन ग्रास रुट कार्यक्रमले पार्टी झन् बलियो बन्दै गएको बताए । एमाले पार्टी सबैको पार्टी भएकै कारण मधेसमा एमाले पहिलो पार्टी बनेको सचिव महासेठको भनाई रहेको थियो । 

सोही अवसरमा नेकपा एकीकृत समाजवादी पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका युवा नेता बाबुराम दाहालले नेकपा एसका अध्यक्ष माधव नेपालसहित सम्पूर्ण नेताहरूलाई एमालेमै आउन आग्रह गरे । दाहाल गत स्थानीय तहको निर्वाचनमा नेकपा एसको तर्फबाट  चन्द्रपुर नगरपालिकाको नगर प्रमुखका उम्मेदवार थिए । उनीसँगै अन्य नेता कार्यकर्तालाई वरिष्ठ उपाध्यक्ष पोखरेलले स्वागत गर्दै पार्टीमा भित्र्याएका थिए। 

viber sharing button
जनतापाटीबाट थप
अझै केही दिन देशभर तापक्रम बढ्ने महाशाखाको भनाइ
अझै केही दिन देशभर तापक्रम बढ्ने महाशाखाको भनाइ बिहीबार, पुस १७, २०२६
‘ए’ डिभिजन लिग : आर्मीले जित्याे
‘ए’ डिभिजन लिग : आर्मीले जित्याे बिहीबार, पुस १७, २०२६
सुदूरपश्चिम प्रदेशसभा : नीति तथा कार्यक्रममाथि छलफल सुरु
सुदूरपश्चिम प्रदेशसभा : नीति तथा कार्यक्रममाथि छलफल सुरु बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
सुदूरपश्चिम प्रदेशसभा : नीति तथा कार्यक्रममाथि छलफल सुरु
सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्छ : सभापति देउवा
राष्ट्रपति पौडेलसँग स्विस राजदूतको बिदाइ भेट
राजादेखि विप्लव माओवादीसम्म अट्ने प्रणालीबारे बहस गरौं : कमल थापा
नागरिकता विधेयकको पक्षमा भएको धर्नामा पुगे प्रदीप यादव
स्थगित प्रतिनिधिसभा बैठक सुरू
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.