काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ ।
बैठक मंगलवार बिहान ९ बजेका लागि बोलाइएको हो ।
बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाइने बुझिएको छ ।
कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरू बैठकमा सहभागी हुनेछन् ।