मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Saturday, June 10, 2023 |शनिबार, जेठ २७, २०८०
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
समाज
  • गृहपृष्ठ
  • बर्दिबासका नगरप्रमुखलाई एउटै निर्णय कार्यान्वयन गर्न ९ महिना लाग्यो
बर्दिबासका नगरप्रमुखलाई एउटै निर्णय कार्यान्वयन गर्न ९ महिना लाग्यो
जनतापाटी
जनतापाटी शुक्रबार, चैत १०, २०७९ मा प्रकाशित
viber sharing button
बर्दिबासका नगरप्रमुखलाई एउटै निर्णय कार्यान्वयन गर्न ९ महिना लाग्यो

महोत्तरी । बर्दिबास नगरपालिकाका नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले पदभार ग्रहण गरेको  पहिलो दिनमा नै नगरको गाडी प्रयोग नगर्ने घोषणा गरे ।

तर केही समयपछी नै नगरको गाडीलाई एम्बुलेन्स वनाउने र आफ्नै नीजि गाडी प्रयोग गर्ने प्रतिबद्धता जनाएका नगरप्रमुख क्षेत्री आफ्नै प्रतिबद्धतामाथी डगमगाउँदै गए  ।

प्रतिबद्धताका वावजुत पनि पुन: नगरकै  गाडीको नै प्रयोग गरेको भेटिएपछी नगरप्रमुख क्षेत्रीको वाक्लै आलोचना भयो । अघिल्ला नगरप्रमुखले चढ्दै आएको गाडीलाई एम्बुलेन्स वनाउने घोषणा गरेका उन्ले विभिन्न सरकारी कार्यालय अर्थात मन्त्रालय जादा सरकारी नम्बर प्लेटको गाडी नै चाहिने महसुस गरे । केही समय प्रयोग पनि गरे ।

तर एउटा सरकार प्रमुखले जन्तासामु  गरेको प्रतिबद्धता कति धेरै महँगो पर्दो रहेछ भन्ने बर्दिबास नगरपालिकाका नगरप्रमुख क्षेत्री आफैले प्रमाणित गरेका छन् ।

प्राथमिकतामा राखेको पहिलो प्रतिबद्धता पूरा गर्न नै नगरप्रमुख क्षेत्रीलाई ९ महिना लागेको छ । वाक्लै आलोचना आएपछी निर्वाचित भएको ९ महिनापछी नगरप्रमुख क्षेत्रीले  नगरप्रमुखले चढने गाडी बिहीबार बर्दिबास अस्पताललाई हस्तान्तरण गरेका छन् ।

नगरप्रमुख क्षेत्रीले एक कार्यक्रमका बिच बा २ झ ३७६१ नम्बर प्लेटको गाडी बर्दिबास अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष जयनारायण सर्मालाइ हस्तान्तरण गरे  ।

अवदेखी नगरप्रमुख क्षेत्री आफ्नै नीजि गाडी न.३७८० मा सवार हुनेछन । अस्पतालका कर्मचारी र वडाका बिरामी बोक्न छरितो हुने भएकाले अस्पताललाई हस्तान्तरण गरिएको नगरप्रमुख क्षेत्रीले बताए ।

सस्तो लोकप्रियताका लागी एम्बुलेन्स वनाउने निर्णयमा सुरुदेखी नै आलोचना खेप्दै आएका नगरप्रमुख क्षेत्रीले सामान्य निर्णय समेत कार्यान्वयन गर्न नसकेको भन्दै सर्वसाधारणले प्रश्न उठाउदै आएका थिए ।

अस्पतालमा सुधार ल्याउँदै

निर्वाचित भएदेखी नै स्वास्थ्य उपचार सुधारमा लागेका क्षेत्रीले अस्पतालमा निक्कै सुधार ल्याएका छन् ।

एक्सरे, भिडियो एक्सरे, ईसीजी, फार्मेसी, स्वास्थ्य बीमा, भर्ना सेवा जस्ता सेवाहरूले सर्वसाधारणले निजी अस्पतालमा तिर्नुपर्ने महँगो शुल्कबाट आजकाल राहत पाएका छन् ।

अस्पतालले जेष्ठ नागरिक स्याहार केन्द्र, एकीकृत हिंसा व्यवस्थापन, सामाजिक सुरक्षा सेवा, परिवार नियोजन सेवा, सुरक्षित गर्भपतन सेवा, किशोर–किशोरी सेवा, पोस्टमार्टम सेवा, क्षयरोग उपचार सेवा, काउन्सिलिङ तथा प्रेषण सेवा, होल बडी चेकअप सेवा जस्ता सेवाहरू विस्तार गरेसँगै बर्दिबास मात्र होइन, महोत्तरी क्षेत्र नं.– १ कै लागि बर्दिबास उपयुक्त उपचार केन्द्र बन्ने विश्वास गरिएको छ ।

अहिलेसम्म १७८ भन्दा बढी आमाहरुको सिएस गरेर सुरक्षित सुत्केरी गराएको अस्पताल प्रशासनले जनाएको छ ।

viber sharing button
जनतापाटीबाट थप
अझै केही दिन देशभर तापक्रम बढ्ने महाशाखाको भनाइ
अझै केही दिन देशभर तापक्रम बढ्ने महाशाखाको भनाइ बिहीबार, पुस १७, २०२६
‘ए’ डिभिजन लिग : आर्मीले जित्याे
‘ए’ डिभिजन लिग : आर्मीले जित्याे बिहीबार, पुस १७, २०२६
सुदूरपश्चिम प्रदेशसभा : नीति तथा कार्यक्रममाथि छलफल सुरु
सुदूरपश्चिम प्रदेशसभा : नीति तथा कार्यक्रममाथि छलफल सुरु बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
अझै केही दिन देशभर तापक्रम बढ्ने महाशाखाको भनाइ
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपतिका लागि दरखास्त आह्वान
गर्मी बढेपछि वीरेन्द्रनगरका सामुदायिक विद्यालय बन्द हुने
गोरखाको रानीपोखरीमा डुबेर एक बालकको मृत्यु
कञ्चनपुरमा चोरी मुद्घाका फरार प्रतिवादी ३१ वर्षपछि पक्राउ
सुदूरपश्चिममा आइतबार आमहड्तालको घोषणा
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.