मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Saturday, March 25, 2023 |शनिबार, चैत ११, २०७९
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
खेलकुद
  • गृहपृष्ठ
  • तिलोत्तमा गोल्डकप: आयोजक रुपन्देही–११ लाई हराउँदै सुदूरपश्चिमको पहिलो जित
तिलोत्तमा गोल्डकप: आयोजक रुपन्देही–११ लाई हराउँदै सुदूरपश्चिमको पहिलो जित
जनतापाटी
जनतापाटी शनिबार, चैत ४, २०७९ मा प्रकाशित
viber sharing button
तिलोत्तमा गोल्डकप: आयोजक रुपन्देही–११ लाई हराउँदै सुदूरपश्चिमको पहिलो जित

रुपन्देही । शनिबारबाट बुटवलमा सुरु भएको तिलोत्तमा गोल्डकपमा सुदूरपश्चिम–११ ले तिलोत्तमा गोल्डकपमा विजयी सुरुवात गरेको छ । जिल्ला फुटबल संघ रुपन्देहीको आयोजनामा शनिबारदेखि सुरु भएको २२ औं संस्करणको तिलोत्तमा गोल्ड कपको उद्घाटन खेलमा सुदूरपश्चिम विजयी भएको छ ।

यो जितसंगै सुदूरपश्चिम प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुटवल–११ देविनगरस्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा भएको खेलमा आयोजक रुपन्देही–११ लाई ३–१ गोल अन्तरले पराजित गरेको हो । सुदूरपश्चिमका लागि पहिलो गोल जर्सी नम्बर–११ का फागुराम थारुको खेलको ३१ औं मिनेटमा गरेका हुन् ।

थारुले खेलमा दुई गरेका छन् । खेलको सुरुवातदेखिनै रुपन्देहीमाथि दवाव दिएको सुदुरपश्चिमका लागि पहिलो हाफको ३१ औं मिनेटमा जर्सी नम्बर ११ का फागु चौधरीले डि बक्स लाइनमा पाएको फ्री किकमा गोल गरेका थिए ।

पहिलो हाफ एक शुन्यमा सकिएको थियो । दोस्रो हाफको सुरुवाती मिनेटमै प्राप्त फ्रीकिकलाई सदुपयोग गर्दै सुदूरपश्चिमका जर्सी नंंं १० का स्वाम्या हार्दिकले आफ्नो टिमका लागि गोल गर्दै अग्रता दोब्बर बनाउन सफल भएका थिए । जर्सी नम्बर ११ का थारुले दोस्रो हाफको २३ औं मिनेटमा थप एक गोल गर्दै टिम स्कोर ३–० बनाएका हुन ।

खेलको अतिरिक्त समयमा रुपन्देहीले सान्त्वना गोल गर्न सफल भएको थियो । सुदूरपश्चिमको डी एरिया भित्र फल भएपछि प्राप्त पेनाल्टीलाई सदुपयोग गर्दै रुपन्देहीका जर्सी नम्बर ७ का फोडे फोफोनाले गोल गरेका हुन् । प्रतियोगितामा सुदूरपश्चिमका फागुराम थारु म्यान अफ दी म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत आइतबारको खेल हिमालयन शेर्पा र थ्री सटारका बीच हुने छ । प्रतियोगितामा दुई विभागीयसहित ८ टिमको सहभागीता रहेको छ । प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार पाउने संघले जनाएको छ । गोल्डकपको उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ ।

सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ । यस्तै, प्रत्येक खेलमा म्यान अफ द म्याचलाई पनि ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिने संघले जनाएको छ ।

viber sharing button
जनतापाटीबाट थप
नाइजेरियाली सेनाको कारबाहीमा कम्तीमा ४० जना बन्दुकधारीको मृत्यु 
नाइजेरियाली सेनाको कारबाहीमा कम्तीमा ४० जना बन्दुकधारीको मृत्यु  बिहीबार, पुस १७, २०२६
ठडिएको केही दिनमै ढल्यो डिकुवा–चिपटार पुलको टावर
ठडिएको केही दिनमै ढल्यो डिकुवा–चिपटार पुलको टावर बिहीबार, पुस १७, २०२६
प्रहरी सेवालाई अझै चुस्त बनाउँदै लैजाने नवनियुक्त महानिरीक्षकको प्रतिबद्धता
प्रहरी सेवालाई अझै चुस्त बनाउँदै लैजाने नवनियुक्त महानिरीक्षकको प्रतिबद्धता बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
फिफा वरियतामा नेपालको तीन स्थान सुधार
खुमलटारलाई हराउँदै एभिनर सेमिफाइनलमा
विराट गोल्डकप : विराटनगर सिटी सेमिफाइनलमा
तिलोत्तमा गोल्डकप : उपाधिका लागि मनाङ मस्र्याङ्दी र सुदूरपश्चिम–११ भिड्ने
एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा
क्यानले बढायो मुख्य प्रशिक्षक देसाईको पारिश्रमिक
kumari bank kumari bank
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.