मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Saturday, March 25, 2023 |शनिबार, चैत ११, २०७९
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
खेलकुद
  • गृहपृष्ठ
  • यूएईमाथि कीर्तिमानी जितसँगै नेपाल विश्वकप छनोटमा
यूएईमाथि कीर्तिमानी जितसँगै नेपाल विश्वकप छनोटमा
जनतापाटी
जनतापाटी बिहीबार, चैत २, २०७९ मा प्रकाशित
viber sharing button
यूएईमाथि कीर्तिमानी जितसँगै नेपाल विश्वकप छनोटमा

काठमाडौं । आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा यूएईमाथि कीर्तिमानी जित निकाल्दै नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ । 

बिहिबार त्रिभुवन विश्वबिद्यालय, किर्तिपुरको खेल मैदानमा भएको खेलमा नेपालले डकवर्थ लुईस नियमअनुसार यूएईमाथि ९ रनकाे जित निकालेको हो ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो । जवाफमा मैदान उत्रिएको नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाउँदा खेल रोकियो र डिएल मेडथका आधारमा नेपाल ९ रनले विजयी घोषणा भयो । यो ओडिआईमा नेपालविरुद्ध विपक्षी टोलीले दिएको हालसम्मकै उच्च योगफल हो ।

नेपालले सुरुवाती १० ओभरमा ३ विकेट गुमाउँदै ५२ रन बनाएको थियो । खराब सुरुवात गरेको नेपालका लागि मध्यक्रमका ब्याटरले उत्कृष्ट प्रदर्शन गरे । यूएईमाथि जित निकाल्न नेपालका चार ब्याटरले अर्धशतकिय पारी खेले । 

ओपनर कुशल भुर्तेलले ३५ बलमा ३ चौका र ४ छक्काको मद्धतमा ५० रनको आक्रामक अर्धशतक बनाए । कुशलको यो ओडिआई करिअरको पाँचौं अर्धशतक हो । मध्यक्रमका ब्याटर भीम सार्कीले पनि अर्धशतकिय पारी खेले । भीमले ७६ बलमा ९ चौकासहित ६७ रन बनाएका छन् । भीमको यो ओडिआई करिअरको दोस्रो अर्धशतक हो । भीमले युएईविरुद्ध दुई साता अघि दुबई क्रिकेट स्टेडियममा ७० रनको इनिङ खेलेका थिए । 

यसैगरी आरिफ शेखले पनि अर्धशतक बनाए । उनले ६२ बलमा २ चौकासहित ५२ रन बनाएर आउट भए । र, बलर गुल्सान झाले आक्रामक अर्धशतकिय पारी खेले । उनले ४८ बलमा ५० रन बनाए । 

यस्तै, ओपनर आसिफ शेख शून्य रनमै आउट हुँदा कुशल मल्लले ५ रन, कप्तान रोहित पौडेलले १६ रन, दीपेन्द्रसिंह ऐरीले १० रन बनाए । 

यूएईका लागि जुनैद सिद्दिकीले तीन विकेट लिँदा आयान अफजल खानले दुई विकेट लिए । जहुर खानको नाममा एक विकेट रह्यो । 

May be an image of 3 people, stadium and outdoors

यसअघि टस जितेर ब्याटिङ थालेको  यूएईले ५० ओभरमा ६ विकेट गुमाउँदै ३१० रन बनाएको थियो ।

यूएईका लागि आसिफ खानले विस्फोटक शतक प्रहार गरे । उनले ४२ बलमा ४ चौका र ११ छक्काको मद्धतमा १०१ रनको योगदान गरे । भृत्य अरविन्द र कप्तान मोहम्मद वासिमले पनि उत्कृष्ट प्रदर्शन गरे । अरविन्दले १३८ बलमा ८ चौका र २ छक्काको मद्धतमा ९४ रन बनाउँदा वासिमले ४९ बलमा २ चौका र ६ छक्काको मद्धतमा ६३ रन प्रहार गरे । 

ओपनर आर्यन लाक्राले ६ रन, सीपी रिजवानले ७ रन, आयान अफजल खानले ३ रन, रोहन मुस्तफाले २० रनले रन बनाए । 

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले दुई विकेट लिएका छन् । सोमपाल कामी, ललित राजवंशी र सन्दीप लामिछानेको नाममा एक/एक विकेट रह्यो । 

यो जितसँगै आईसीसी विश्वकप लीग-२ को तेस्रो स्थानमा उक्लिँदै नेपाली राष्ट्रिय क्रिकेट टोली विश्वकपको ग्लोबल क्वालिफायरमा सिधै छनोट भएको छ। नेपालले ३६ खेलमा १९ जित र १५ हारसहित ४० अंक जोडेको छ । 

May be an image of one or more people, people standing, outdoors and crowd

May be an image of one or more people, people standing, outdoors and crowd

viber sharing button
जनतापाटीबाट थप
नाइजेरियाली सेनाको कारबाहीमा कम्तीमा ४० जना बन्दुकधारीको मृत्यु 
नाइजेरियाली सेनाको कारबाहीमा कम्तीमा ४० जना बन्दुकधारीको मृत्यु  बिहीबार, पुस १७, २०२६
ठडिएको केही दिनमै ढल्यो डिकुवा–चिपटार पुलको टावर
ठडिएको केही दिनमै ढल्यो डिकुवा–चिपटार पुलको टावर बिहीबार, पुस १७, २०२६
प्रहरी सेवालाई अझै चुस्त बनाउँदै लैजाने नवनियुक्त महानिरीक्षकको प्रतिबद्धता
प्रहरी सेवालाई अझै चुस्त बनाउँदै लैजाने नवनियुक्त महानिरीक्षकको प्रतिबद्धता बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
फिफा वरियतामा नेपालको तीन स्थान सुधार
खुमलटारलाई हराउँदै एभिनर सेमिफाइनलमा
विराट गोल्डकप : विराटनगर सिटी सेमिफाइनलमा
तिलोत्तमा गोल्डकप : उपाधिका लागि मनाङ मस्र्याङ्दी र सुदूरपश्चिम–११ भिड्ने
एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा
क्यानले बढायो मुख्य प्रशिक्षक देसाईको पारिश्रमिक
kumari bank kumari bank
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.