मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Saturday, March 25, 2023 |शनिबार, चैत ११, २०७९
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
खेलकुद
  • गृहपृष्ठ
  • पपुवा न्युगिनीमाथि नेपालको सानदार जित, अब युएईलाई हराए विश्वकप छनोटमा
पपुवा न्युगिनीमाथि नेपालको सानदार जित, अब युएईलाई हराए विश्वकप छनोटमा
जनतापाटी
जनतापाटी सोमबार, फागुन २९, २०७९ मा प्रकाशित
viber sharing button
पपुवा न्युगिनीमाथि नेपालको सानदार जित, अब युएईलाई हराए विश्वकप छनोटमा

काठमाडौं । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले पपुवा न्युगिनीमाथि सानदार जित निकालेको छ । 

सोमबार त्रिवी क्रिकेट मैदानमा भएको खेलमा नेपालले पपुवा न्युगिनीलाई ९ विकेटले पराजित गरेको हो । पपुवा न्युगिनीले दिएको ९६ रनको झिनो लक्ष्य नेपालले ७.४ ओभरमा १ विकेट गुमाउँदै पुरा गर्यो । 

नेपालका लागि ओपनर आसिफ शेख र कुशल भुर्तेलले राम्रो ब्याटिङ गरे । उनीहरुले पहिलो विकेटका लागि ३.३ ओभरमा ८ चौका र २ छक्काको प्रहार गर्दै ५१ रन बनाए ।  शेखले उत्कृष्ट अर्धशतकिय पारी खेले । उनले २१ बलमा ८ चौका र ३ छक्काको मद्धतमा ५३ रन जोडे । 

भुर्तेल १४ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ३३ रन जोडेर आउट भए । कुशल मल्ल १२ रन बनाउँदै नट आउट रहे ।

पपुवा न्युगिनीका लागि चाड सोपरले एक विकेट लिए । 

यसअघि टस हारेर ब्याटिङ थालेको पपुवा न्युगिनीले ३२ ओभरमा १० विकेट गुमाउँदै ९५ रन बनाएको थियो । 

पपुवा न्युगिनीका लागि ओपनरद्वय किप्लिन डोरिगा र हिरि हिरि सस्तैमा आउट भए । डोरिगाले २ रन र हिरिले १४ रन जोडे । कप्तान असद वालाले २० रन बनाउँदा सेसे बाउले १८ रन, चार्ल्स अमिनीले १६ रन, रिले हेकुरेले रन बनाए । 

यस्तै, चाड सोपरले ८ रन, काबुआ मोरियाले १ रन र  हिला वारेले ७ रन बनाए । सेमो कामिया र नर्मन भानुआ भने शून्यमै आउट भए । 

नेपालका लागि बलरहरुले कसिलो बलिङ गरे । सन्दीप लामिछानेले ५ विकेट लिँदा कुशल मल्ल र ललित राजवंशीले २-२ विकेट लिए । राजवंशीले यसअघि युएईविरुद्धको खेलमा ५ विकेट लिएका थिए । यस्तै, सोमपाल कामीको नाममा एक विकेट रह्यो । 

जितसँगै नेपाल ३५ खेलमा १८ जित र १५ हारसहित ३८ अंक जोडेर तालिकाको चौथो स्थानमा छ । 

अब नेपाल पपुवा न्युगिनीमाथि लिग २ मा लगातार छैटौं जितसँगै सोझै विश्वकप छनोट खेल्ने अवसर देखि एक जित टाढा छ । अन्तिम खेल नेपालको युएईसँग छ । 

viber sharing button
जनतापाटीबाट थप
नाइजेरियाली सेनाको कारबाहीमा कम्तीमा ४० जना बन्दुकधारीको मृत्यु 
नाइजेरियाली सेनाको कारबाहीमा कम्तीमा ४० जना बन्दुकधारीको मृत्यु  बिहीबार, पुस १७, २०२६
ठडिएको केही दिनमै ढल्यो डिकुवा–चिपटार पुलको टावर
ठडिएको केही दिनमै ढल्यो डिकुवा–चिपटार पुलको टावर बिहीबार, पुस १७, २०२६
प्रहरी सेवालाई अझै चुस्त बनाउँदै लैजाने नवनियुक्त महानिरीक्षकको प्रतिबद्धता
प्रहरी सेवालाई अझै चुस्त बनाउँदै लैजाने नवनियुक्त महानिरीक्षकको प्रतिबद्धता बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
फिफा वरियतामा नेपालको तीन स्थान सुधार
खुमलटारलाई हराउँदै एभिनर सेमिफाइनलमा
विराट गोल्डकप : विराटनगर सिटी सेमिफाइनलमा
तिलोत्तमा गोल्डकप : उपाधिका लागि मनाङ मस्र्याङ्दी र सुदूरपश्चिम–११ भिड्ने
एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा
क्यानले बढायो मुख्य प्रशिक्षक देसाईको पारिश्रमिक
kumari bank kumari bank
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.