मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Saturday, March 25, 2023 |शनिबार, चैत ११, २०७९
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
खेलकुद
  • गृहपृष्ठ
  • ललितकाे ५ विकेटमा युएईमाथि नेपालको सानदार जित, ४ वर्षे ओडिआई मान्यता कायम 
ललितकाे ५ विकेटमा युएईमाथि नेपालको सानदार जित, ४ वर्षे ओडिआई मान्यता कायम 
जनतापाटी
जनतापाटी आइतबार, फागुन २८, २०७९ मा प्रकाशित
viber sharing button
ललितकाे ५ विकेटमा युएईमाथि नेपालको सानदार जित, ४ वर्षे ओडिआई मान्यता कायम 

काठमाडौं । उत्कृष्ट बलिङ प्रदर्शनमा नेपालले युएईमाथि सानदार जित निकाल्दै ओडिआई मान्यता कायम राख्न सफल भएको छ । यो मान्यता आगामी चार वर्षको लागि कायम रहनेछ । साथै एक दिवसीय विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने सम्भावना पनि नेपालले जिवित राखेको छ ।

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले युएईमाथि १७७ रनको फराकिलो जित निकालेको हो । नेपालले दिएको २४९ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको युएईले २२.३ ओभरमा १० विकेट गुमाउँदै ७१ रन मात्रै बनायो । 

युएईका लागि आयान अफजल खानले २९ रनको योगदान गरे । उनले ३३ बलमा २ चौका र २ छक्का प्रहार गरे । 

अन्य ८ खेलाडीले दोहोरो रन जोड्न सकेनन् । ओपनर वृत्य अरविन्द, आर्यन लाक्रा र जहूर खान शून्य रनमै आउट हुँदा आसिफ खानले ६ रन, मोहम्मद वसीमले १ रन, रोहन मुस्तफाले ६ रन, जवर फरीदले २ रन जोडे । 

यस्तै, विकेटकिपर अश्वन्त वल्थापाले १४ रन, पलानियापन मयप्पनले ११ रन र जुनैद सिद्दिकीले १ रन बनाए । 

नेपालका लागि बलरहरुले उत्कृष्ट प्रदर्शन गरे । नेपाललाई पहिलो ओभरको पाँचौ बलमा पहिलो सफलता दिलाएका ललित राजवंशीले ५ विकेट लिए । सन्दीप लामिछानेले दुई विकेट लिँदा गुल्सान झा, सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीको नाममा एक/एक विकेट रह्यो । 

यसअघि टस जितेर ब्याटिङ थालेको नेपालले ४९.२ ओभरमा १० विकेट गुमाएर २४८ रन बनाएको थियो । 

नेपालका लागि कप्तान रोहित पौडेलले १ सय १२ बलमा ९ चौकासहित सर्वाधिक ७७ रनको योगदान दिए । रोहितले ८३ बलमा ७ चौकासहित ओडिआई करिअरको आठौं अर्धशतक पूरा गरेका थिए । योसँगै रोहित नेपालबाट ओडिआई सर्वाधिक अर्धशतक प्रहार गर्ने ब्याटर बनेका छन् ।

२२ रन बनाउँदा ३ विकेट गुमाएर संकटमा रहेको नेपाललाई मध्यकम्रका ब्याटरले उद्धार गरे । नेपाललाई चौथो विकेटका लागि भीम सार्की र रोहित पौडेलले ५४ रनको साझेदारी गर्दै इनिङ अघि बढाएका थिए । भीम सार्की ३७ बलमा ४ चौकासहित २९ रनमा क्याच आउट भए ।

७६–४ को अवस्थामा पुगेको नेपाललाई आरिफ शेख र रोहित पौडेलले ८६ रनको साझेदारी गरेका थिए । आरिफ शेख ५२ बलमा ५ चौकासहित ४३ रनमा क्याच आउट भए ।

यस्तै, दीपेन्द्र सिंह ऐरिले १९ बलमा ३४ रन बनाए । गुलसन झाले ३२ बलमा ३७ रन बनाए । उनले ३ छक्का र १ चौका प्रहार गरे ।

युएईका लागि जाहोर फरीद, रोहन मुस्तफा र अयान खन्लेले २र२ तथा आर्यन लाक्रा र जुनैद सिद्दिकीले १र१ विकेट लिए । 

जितसँगै नेपालले ३४ खेलमा १७ जित र १५ हारसहित ३६ अंक जोडेर तालिकाको चौथो स्थानमा उक्लिएको छ । 

viber sharing button
जनतापाटीबाट थप
नाइजेरियाली सेनाको कारबाहीमा कम्तीमा ४० जना बन्दुकधारीको मृत्यु 
नाइजेरियाली सेनाको कारबाहीमा कम्तीमा ४० जना बन्दुकधारीको मृत्यु  बिहीबार, पुस १७, २०२६
ठडिएको केही दिनमै ढल्यो डिकुवा–चिपटार पुलको टावर
ठडिएको केही दिनमै ढल्यो डिकुवा–चिपटार पुलको टावर बिहीबार, पुस १७, २०२६
प्रहरी सेवालाई अझै चुस्त बनाउँदै लैजाने नवनियुक्त महानिरीक्षकको प्रतिबद्धता
प्रहरी सेवालाई अझै चुस्त बनाउँदै लैजाने नवनियुक्त महानिरीक्षकको प्रतिबद्धता बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
फिफा वरियतामा नेपालको तीन स्थान सुधार
खुमलटारलाई हराउँदै एभिनर सेमिफाइनलमा
विराट गोल्डकप : विराटनगर सिटी सेमिफाइनलमा
तिलोत्तमा गोल्डकप : उपाधिका लागि मनाङ मस्र्याङ्दी र सुदूरपश्चिम–११ भिड्ने
एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा
क्यानले बढायो मुख्य प्रशिक्षक देसाईको पारिश्रमिक
kumari bank kumari bank
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.