मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Saturday, June 10, 2023 |शनिबार, जेठ २७, २०८०
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
कला - साहित्य
  • गृहपृष्ठ
  • ‘एक बागी’माथि विमर्श
‘एक बागी’माथि विमर्श
जनतापाटी
जनतापाटी मंगलबार, माघ २४, २०७९ मा प्रकाशित
viber sharing button
‘एक बागी’माथि विमर्श

गण्डकी - उज्ज्वल प्रसाईको कृति ‘एक बागी’को विषय र पात्र हुन, लेखक खगेन्द्र सङ्ग्रौला । “ सङ्ग्रौलाले आफूलाई हेर्ने ऐना हो– एक बागी”, उनी भन्छन्, “मेरा असङ्गति र अन्तरोविरोधसहित कोही मलाई चिन्न चाहन्छ भने यो पुस्तक पढे हुन्छ ।”

सोमबार बागलुङमा गरिएको पुस्तकमाथिको विमर्शमा सङ्ग्रौलाले लेखक प्रसाईले आफ्नो भण्डारफोर गरेको बताए । “जब तपाईँलाई अर्काको आँखाले हेर्छ, तपाइँले नदेखेका, लुकाउन खोजेका कुराको उसले छिद्र खोल्छ”, सङ्ग्रौलाले भने, “उज्ज्वले पनि खगेन्द्र भन्ने पात्रको भण्डाफोर गरेको हो ।” भण्डाफोर कम्युनिष्टको भाषा भएपनि आजकालकाले बिर्सेको भन्दै उनले कटाक्ष गरे । “पहिले कम्युनिष्टहरुले दृष्ट, पापी, अत्याचारी, देशीविदेशी प्रतिक्रियावादीको भण्डाफोर गर्थे, अहिले उनीहरु आफै भण्डाफोरित भइसके”, सङ्ग्रौलाले भने ।

७७ वर्षीय उनले जीवनको एक भाग अरुका लागि बाँच्ने प्रयास गरेको सुनाए । “जिन्दगी दुई किसिमले बाँचिन्छ, आफ्ना लागि र अरुका लागि”, उनले भने, “मैले जीवनको एक खण्ड समाजलाई अर्पण गरेँ, उत्पीडिनमा परेकाहरुको न्याय र अधिकारका पक्षमा बोल्ने प्रयास गरेँ ।” आफ्नै जीवनवृत्त समेटिएको पुस्तक ‘एक बागी’ पढेपछि जीवन दुर्गुण, असङ्गति र अन्तरविरोधले भरिपूर्ण रहेको पाएको उनले उल्लेख गरेँ ।

सङ्ग्रौलाले आफ्नो निन्दा र प्रशंसामा नभई वस्तुनिष्ठ र गम्भीर अनुसन्धान गरेर पुस्तक लेखिएको बताए । थोरै छापिएका, कमैले पढेका, कतिले बिर्सिसकेका आफ्ना पुराना कृतिलाई पनि लेखक प्रसाईले स्मरण गराएको उनले उल्लेख गरे  । सङ्ग्रौलाका पुराना रचनाको सन्दर्भ, विषयवस्तु र समयबोधलाई लेखक प्रसाईले पुस्तकमा सन्दर्भित गरेका छन ।

लेखक प्रसाईले ‘एक बागी’ खगेन्द्र सङ्ग्रौलालाई विषय बनाएर लेखिएको जीवनीपरक पुस्तक रहेको बताए । “पुस्तकमा सात दशकको नेपाली समाजको एक सरो कथा भन्न खोजिएको छ”, उनले भने, “यसले राणाकाल, पञ्चायत, बहुदल हुँदै गणतन्त्रसम्मको नेपाली समाज र राजनीतिबारे बुझ्न सघाउँछ ।” लेखक प्रसाईले पाँच - छ वर्षको खोज र अध्ययनपछि ‘एक बागी’ लेखेको सुनाए ।

“यो खगेन्द सङ्ग्रौलाको जीवनी हो, उनी कुनै ठूलो र असाधारण मान्छे भएर जीवनी लेखेको होइन, उनी आम मान्छे हो, साधारण लेखक हो”, उनले भने, “खगेन्द्र सङ्ग्रौलाले बाँचेको जीवन र समयका कथाहरु पुस्तकमा छन् ।” विर्मशमा लेखकद्वयले पाठकसँग सम्वाद पनि गरे ।

पुस्तकको रचनागर्भदेखि लेखक सङ्ग्रौलाको साधना र सङ्घर्षबारे पाठकले जिज्ञासा राखेका थिए । सङ्ग्रौलाले सामाजिक न्याय र समानताको लागि आफू सँधै ‘बागी’ विचार र चिन्तन लिएर हिँडिरहेको बताए । नयाँ विश्व अनलाइनद्वारा आयोजित सो कार्यक्रममा पुस्तक हस्ताक्षरलार्इ समेत जोडिएको थियो ।

पाठकले लेखकको हस्ताक्षरसहित पुस्तक लिएका थिए । नयाँ विश्वका सम्पादक मुकेशचन्द्र राजभण्डारीले लेखक–पाठकबीच अन्तरसम्वादसमेत भएको बताए। ‘एक बागी’ बेला पब्लीकेशनबाट केही महिनाअघि प्रकाशित भएको थियो । 

viber sharing button
जनतापाटीबाट थप
अझै केही दिन देशभर तापक्रम बढ्ने महाशाखाको भनाइ
अझै केही दिन देशभर तापक्रम बढ्ने महाशाखाको भनाइ बिहीबार, पुस १७, २०२६
‘ए’ डिभिजन लिग : आर्मीले जित्याे
‘ए’ डिभिजन लिग : आर्मीले जित्याे बिहीबार, पुस १७, २०२६
सुदूरपश्चिम प्रदेशसभा : नीति तथा कार्यक्रममाथि छलफल सुरु
सुदूरपश्चिम प्रदेशसभा : नीति तथा कार्यक्रममाथि छलफल सुरु बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
मधेशका महिला कथाकारका लागि 'टेल योर स्टोरी'
डा. रमेश बलायरको ‘मनको बिम्बबाट’ कविता संग्रह सार्वजनिक
६ सय कलाकारका ७ सय कलाकौशल प्रदर्शनीमा
‘चरीमाई’ उपन्यास सार्वजनिक
श्रीमद्भागवत महापुराणको नेपाली अनुवाद विमोचन
पुस्तक समीक्षाः ‘काला बादल उज्याला पाइला’ भरोसा
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.