मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Saturday, March 25, 2023 |शनिबार, चैत ११, २०७९
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
राजनीति
  • गृहपृष्ठ
  • चिनियाँ राजदूत सोङको सक्रियता, २ सातामा ८ उच्चस्तरीय राजनीतिक भेटवार्ता
चिनियाँ राजदूत सोङको सक्रियता, २ सातामा ८ उच्चस्तरीय राजनीतिक भेटवार्ता
जनतापाटी
जनतापाटी मंगलबार, माघ १७, २०७९ मा प्रकाशित
viber sharing button
चिनियाँ राजदूत सोङको सक्रियता, २ सातामा ८ उच्चस्तरीय राजनीतिक भेटवार्ता

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत चेन सोङले दुई सातामा आठ उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेका छन् । गत पुस २४ (८ जनवरी)मा पदभार ग्रहणका लागि काठमाडौं आएका उनले गत २९ पुस (१३ जनवरी)मा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका थिए । 

यसपछि उनले उच्चस्तरीय राजनीतिक भेटवार्तालाई तीव्रता दिएका हुन् । राजदूतको कार्यभार सम्हाल्न आएको एक सातापछि २ माघ (१६ जनवरी)मा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका थिए । 

यसपछि उनले ४ माघ ( १८ जनवरी)मा प्रमुख सत्तासाझेदार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट गरे । सो भेटमा दुई देश तथा पार्टीबीचको सम्बन्धमा विषयमा कुराकानी भएको चिनियाँ दूतावासले जनाएको छ । 

एमाले अध्यक्ष ओलीलाई भेटेको दुई दिनपछि ६ माघ (२० जनवरी)मा राजदूत सोङले कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र परराष्ट्रमन्त्री डा. विमला राई पौड्याललाई एकैदिन भेटेका थिए । उक्त भेटमा द्विपक्षीय सम्बन्धबारेमा विषयमा कुराकानी भएको जानकारी दिइएको थियो । 

देउवा, पौडेल र राईसँगको भेटेको एक सातापछि १५ माघ (२९ जनवरी)मा राजदूत सोङले उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग भेटघाट गरेका थिए । यसपछि १७ माघ (३१ जनवरी) राजदूत सोङले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई भेटेका छन् । 

मंगलबार भएको सो भेटमा मन्त्री भण्डारीले ताक्लाकोट, तिंकरलगायतका देशका पश्चिमी उत्तरी नाका खुलाउने विषयमा राजदूतको ध्यानाकर्षण गराएका छन् । 

जवाफमा राजदूत सोङले उत्तरी पश्चिमी नाका खोल्ने र निर्माणाधीन पाँच सुक्खा बन्दरगाहका विषयमा चीन सरकार सकारात्मक रहेको बताए । कार्यभार सम्हालेसँगै भएको राजदूत सोङको भेटवार्तालाई शिष्टाचार भनिएको छ ।  

viber sharing button
जनतापाटीबाट थप
नाइजेरियाली सेनाको कारबाहीमा कम्तीमा ४० जना बन्दुकधारीको मृत्यु 
नाइजेरियाली सेनाको कारबाहीमा कम्तीमा ४० जना बन्दुकधारीको मृत्यु  बिहीबार, पुस १७, २०२६
ठडिएको केही दिनमै ढल्यो डिकुवा–चिपटार पुलको टावर
ठडिएको केही दिनमै ढल्यो डिकुवा–चिपटार पुलको टावर बिहीबार, पुस १७, २०२६
प्रहरी सेवालाई अझै चुस्त बनाउँदै लैजाने नवनियुक्त महानिरीक्षकको प्रतिबद्धता
प्रहरी सेवालाई अझै चुस्त बनाउँदै लैजाने नवनियुक्त महानिरीक्षकको प्रतिबद्धता बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
गठबन्धनको नेतृत्वमा अबको सरकार सञ्चालन हुन्छ - अध्यक्ष नेपाल
तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको निर्णय
गण्डकीमा माओवादीका दुई मन्त्रीले दिए राजीनामा
एक्लै बहुमत ल्याउन ‘मिसन ग्रासरुट’ : ओली
माओवादीनिकट कर्मचारी संगठनको महाधिवेशन तयारी पूरा, अध्यक्षमा भट्टको दाबेदारी
मन्त्रिपरिषद् बैठक सुरु
kumari bank kumari bank
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.