मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Saturday, March 25, 2023 |शनिबार, चैत ११, २०७९
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
सुरक्षा
  • गृहपृष्ठ
  • लुम्बिनीबाट कर्णालीका प्रहरी संरचना ल्याउन पहल
लुम्बिनीबाट कर्णालीका प्रहरी संरचना ल्याउन पहल
जनतापाटी
जनतापाटी मंगलबार, माघ १७, २०७९ मा प्रकाशित
viber sharing button
लुम्बिनीबाट कर्णालीका प्रहरी संरचना ल्याउन पहल

कर्णाली । कर्णाली प्रदेश सरकारले लुम्बिनी प्रदेशबाट सञ्चालन हुँदै आएका कर्णाली प्रदेशका प्रहरी संरचना कर्णालीमा सार्न पहल गर्ने भएको छ ।

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले लुम्बिनी प्रदेशको नेपालगञ्जबाट सञ्चालित प्रहरी कार्यालय कर्णालीमा ल्याउन पहल गरिने बताए । नेपालगञ्जमा रहेका ती निकायको अनुगमन तथा निरीक्षणका क्रममा उनले कर्णालीका नागरिकलाई शान्ति तथा सुरक्षा दिन पहलकदमी थाल्ने जनाए । 

उनले सोमबार लुम्बिनी प्रदेशको नेपालगञ्जबाट सञ्चालित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र तथा कुकुर शाखा, सङ्घीय प्रहरी एकाइ, ड्रग शाखा, दङ्गा नियन्त्रण कार्यालय र विशेष सुरक्षा गणको अनुगमन गरेका थिए । सुरक्षा अधिकारीका अनुसार कुकुर शाखा नेपालगञ्जमा हुँदा कर्णालीमा हुने अपराधको अनुसन्धानमा प्रहरीले तालिमप्राप्त कुकुर कोहलपुरबाट ल्याउनुपर्ने बाध्यता छ ।

अनुगमनका क्रममा मन्त्री जिसीले प्रहरी अधिकारीहरूलाई संविधानको दायरामा रहेर  कर्णालीका नागरिकले महसुस गर्ने गरी शान्ति सुरक्षा कायम गर्न निर्देशन दिए । सरकारले जनताको सुरक्षार्थ कर्णाली प्रदेशभरि विशेष सुरक्षा योजना बनाउन थालेको उनको भनाइ थियो ।

मन्त्री जिसीका अनुसार नेपालगञ्जमा रहेका प्रहरी कार्यालयलाई सकेसम्म यही आर्थिक वर्षमा त्यहाँस्थित सबै प्रहरी संरचना कर्णालीमा सार्न लक्ष्य राखिएको छ । उनीसँगै अनुगमनमा रहेका कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले सुरक्षित प्रदेश विशेष सुरक्षा योजना बनाउने र त्यही योजनामा रहेर प्रदेश बाहिर रहेका प्रहरीका निकाय कर्णालीमा ल्याइने जनाए ।

viber sharing button
जनतापाटीबाट थप
नाइजेरियाली सेनाको कारबाहीमा कम्तीमा ४० जना बन्दुकधारीको मृत्यु 
नाइजेरियाली सेनाको कारबाहीमा कम्तीमा ४० जना बन्दुकधारीको मृत्यु  बिहीबार, पुस १७, २०२६
ठडिएको केही दिनमै ढल्यो डिकुवा–चिपटार पुलको टावर
ठडिएको केही दिनमै ढल्यो डिकुवा–चिपटार पुलको टावर बिहीबार, पुस १७, २०२६
प्रहरी सेवालाई अझै चुस्त बनाउँदै लैजाने नवनियुक्त महानिरीक्षकको प्रतिबद्धता
प्रहरी सेवालाई अझै चुस्त बनाउँदै लैजाने नवनियुक्त महानिरीक्षकको प्रतिबद्धता बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
प्रहरी सेवालाई अझै चुस्त बनाउँदै लैजाने नवनियुक्त महानिरीक्षकको प्रतिबद्धता
नेपाल प्रहरीको नयाँ आईजीपी बने बसन्त कुँवर
यान्त्रिक चेकिङमा अवस्था ठिक नभएका २६ जना कारबाहीमा
सेनाको सङ्ख्या स्वघोषित विज्ञले हाेइन, नेपाल सरकारले निर्धारण गर्ने हो - प्रधानसेनापति शर्मा
को बन्दैछ नयाँ आइजिपी ?
भूपू सैनिक सम्मेलन पश्चिम पृतनामा सुरु
kumari bank kumari bank
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.