मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Saturday, March 25, 2023 |शनिबार, चैत ११, २०७९
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
स्वास्थ्य-जीवनशैली
  • गृहपृष्ठ
  • खोप अभियानमा शत्प्रतिशत सफलता हासिल गर्नुपर्छ- मन्त्री गिरी
खोप अभियानमा शत्प्रतिशत सफलता हासिल गर्नुपर्छ- मन्त्री गिरी
जनतापाटी
जनतापाटी सोमबार, माघ १६, २०७९ मा प्रकाशित
viber sharing button
खोप अभियानमा शत्प्रतिशत सफलता हासिल गर्नुपर्छ- मन्त्री गिरी

काठमाडौँ  । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले खोप अभियानमा शत्प्रतिशत सफलता हासिल गर्नका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताएका छन् । 

स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले आयोजना गरेको कोभिड–१९ खोप, नियमित खोप तथा दादुरा–रुबेला प्रकोपको तयारी र प्रतिकार्यसम्बन्धी राष्ट्रिय समीक्षा गोष्ठीमा उनले खोप अभियानलाई सफल बनाउन जनप्रतिनिधि, युवा समूह तथा सङ्घसंस्थाहरुको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै सबै मिलेर खोप अभियानलाई शत्प्रतिशतमा पुर्याउनुपर्ने बताए  । अहिले कोरोना विरुद्धको खोप लक्षित जनसङ्ख्याको ९९.५ प्रतिशतले पहिलो मात्रा र ९५.७ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेको छ ।

यस्तै कूल जनसङ्ख्याको ७९.५ प्रतिशत पहिलो मात्रा र ७६.५ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् । 

मन्त्री गिरीले सबै जनताको पहुँचमा स्वास्थ्य सेवालाई पु¥याउन प्रयासमा सरकार लागिरहेको भन्दै सबैको पहुँचमा स्वास्थ्य सेवालाई पु¥याउनका लागि जनशक्ति र पूर्वाधार थपिने बताए । 

“स्वास्थ्य क्षेत्रभित्र धेरै समस्या छन् । गरिब विपन्न जनताले अझै पनि गुणस्तरीय सेवा पाइसकेका छैनन् । एउटा मानिस बिरामी हुँदा महँगो शुल्क तिरेर उपचार गर्नुपरेको छ”, उनले भने, “जनतामा स्वास्थ्यमा आधारभूत परिवर्तन आयो है भन्ने महसुस गराउने गरी हामी भविष्यमा आउँछौँ ।”मन्त्री गिरीले खोप अभियानलाई सफल बनाउनका लागि केही पक्षमा विशेष ध्यान दिनुपर्ने बताए । “खोपका सन्दर्भमा आमजनता र समुदायको धारणा के छ भन्ने विषयमा राम्रोसँग अध्ययन गर्नुपर्यो । ती समुदायमा हाम्रो स्वास्थ्यकर्मी र जनप्रतिनिधिलाई ठूलो रुपमा परिचालन गर्ने ठोस योजना बनाउनुपर्छ”, उनले भने, “प्रत्येक घर र व्यक्तिसम्म यो अभियानलाई लैजान हामी चुक्न हुँदैन ।”

मन्त्री गिरीले सबै बालबालिकाको अभिलेख डिजिटल प्रणालीभित्र राख्नुपर्ने भनाइ राखे। “जन्मेको बच्चाको अभिलेख अस्पतालमा हुने भइहाल्यो ।

तर अझै पनि गाउँघरमै सुत्केरी गराउने चलन पनि छ । जसकारण बच्चाहरु खोप लगाउन छुटेको अवस्था छ ।  नेपालमा हरेक बच्चा जन्मेको सूचना स्वास्थ्य प्रणालीमा हुनुपर्यो”, उनले भने, “पहिलो खोप लगाएको एउटा बच्चाले दोस्रो खोप लगाएन भने तपाइँको बच्चा किन आएन भनेर अभिभावकलाई फोन गर्न के गाह्रो छ ?”

परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले लक्षित समूहलाई बुस्टर डोज लगाउने भइरहेको जानकारी दिए ।

viber sharing button
जनतापाटीबाट थप
नाइजेरियाली सेनाको कारबाहीमा कम्तीमा ४० जना बन्दुकधारीको मृत्यु 
नाइजेरियाली सेनाको कारबाहीमा कम्तीमा ४० जना बन्दुकधारीको मृत्यु  बिहीबार, पुस १७, २०२६
ठडिएको केही दिनमै ढल्यो डिकुवा–चिपटार पुलको टावर
ठडिएको केही दिनमै ढल्यो डिकुवा–चिपटार पुलको टावर बिहीबार, पुस १७, २०२६
प्रहरी सेवालाई अझै चुस्त बनाउँदै लैजाने नवनियुक्त महानिरीक्षकको प्रतिबद्धता
प्रहरी सेवालाई अझै चुस्त बनाउँदै लैजाने नवनियुक्त महानिरीक्षकको प्रतिबद्धता बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
नेपालमा दुई काेराेना संक्रमित थपिए
सीमाक्षेत्रमा कोरोना सङ्क्रमणदर बढ्यो
विश्व क्षयरोग दिवस : नेपालमा ३२ हजार क्षयरोगी उपचारबाट वञ्चित
हेर्नुहोस तपाईको आजको राशिफल
एकैदिन १७ जनामा कोरोना सङ्क्रमण देखियो
चितवनमा बढ्दैछ रगतको अभाव
kumari bank kumari bank
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.