काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत युभेन्टस पराजित भएको छ ।
आइतबार सम्पन्न खेलमा मोन्जाले युभेन्टसलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
मोन्जाको जितमा प्याट्रिक किउरिया र डानी मोटाले एक एक गोल गरेका थिए ।
यो जितपछि मोन्जाको २० खेलमा २५ अंक भएको छ र लिगमा ११औं स्थानमा रहेको छ ।
त्यस्तै युभेन्टसको २० खेलमा २३ अंक छ र लिगमा १३औं स्थानमा झरेको छ ।