मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Saturday, March 25, 2023 |शनिबार, चैत ११, २०७९
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
इकोनोमिक
  • गृहपृष्ठ
  • उद्योग व्यवसायीका समस्या राष्टको समस्या : गोल्छा
उद्योग व्यवसायीका समस्या राष्टको समस्या : गोल्छा
जनतापाटी
जनतापाटी शुक्रबार, पुस २९, २०७९ मा प्रकाशित
viber sharing button
उद्योग व्यवसायीका समस्या राष्टको समस्या : गोल्छा

भक्तपुर। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योग व्यवसायीका समस्या राष्टको समस्या भएको बताएका छन् । भक्तपुर उद्योग वाणिज्य संघको शुक्रबार भएको ३५औ वार्षिक साधारण सभा २०७९ को उदघाटन गर्दै उनले उद्योग व्यवसायीका समस्या समाधान भए मात्रै आर्थिक उन्नति हुने भएकाले उनीहरूका समस्या देशकै समस्या भएको बताए ।

उनले लगानीको वातावरण नबनेसम्म समृद्धि असम्भब हुने बताए । त्यही कारण उद्योगमा लगानी गर्ने वातावरण वनाउन नयाँं सरकारसँंग उनले विशेष आग्रह गरे ।

लागनीको वातावरण नबनेसम्म रोजगारी सृजना नहुने र रोजगारीको राम्रो व्यवस्था नभएसम्म मलुकको समृद्धि असम्भव भएको दाबी गरे ।

यही कारण महासंघ अहिले अर्थतन्त्र जोगाऔं अभियानमा जुटिरहेको उनले जनाए । अहिलेको लागि अर्थतन्त्र जोगाउनुमात्रै पनि ठूलो उपलब्धी भएको उनले सुनाए । यही कारण अहिले अर्थतन्त्र जोगाउने अभियानमा महासंघ जुटेको उनको भनाई थियो ।

अध्यक्ष गोल्छाले मुलुक रेमिट्यान्सको भरम चल्नु समग्र देशकै लागि खतरा भएको बताए । नेपालको अर्थतन्त्र ध्वस्त भई असफल राष्टमा जानेतिर उनले विशेष चिन्ता व्यक्त गरे । यसकारण रेमिट्यान्सको भरमा मात्रै बस्नु ठूलो गल्ती हुने उनको ठम्याई छ । 

उनले अहिले वनेको नयाँं सरकारले पूर्वाधारमा जोड दिनुपर्ने बताए । नेपालमा पर्यटन र रोजगारीलाई विशेष ध्यान दिन उनले सरकारलाई सुझाए । अहिले वार्षिक १० लाख पर्यटक नेपाल भित्रिरहेकोमा त्यसलाई १० गुणा बढाउने गरी योजना ल्याउनुपर्ने उनको भनाई थियो । विश्वका विपन्न भियतनामलगायतका देशहरूले पनि वार्षिक चालीस ५० हजार पर्यटक भित्र्याउन सफल भइरहेको भन्दै उनले नेपाल जस्तो सुन्दर देशले सजिलै अत्याधिक पर्यटक भित्राउन सकिने विचार राखे । 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगरतर्फका उपाध्यक्ष दिनेशकुमार श्रेष्ठ, महासंघकै वस्तुगततर्फका उपाध्यक्ष अन्जनकुमार श्रेष्ठ, भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरलगायतले देशमा लगानीमैत्री वातावरण बनाउनुपर्नेमा जोड दिए । 

कार्यक्रममा उत्कृष्ट निर्यातकर्ताहरुलाई सम्मान गरिएको थियो । हिमालयन मिट वेयर प्रालि, नेपाल ह्याण्ड मिट, प्रधार्नाग एप्रोन इन्डष्टी, श्री सिद्धिगणेश तरकारी प्रशोधनलाई उत्कृष्ट निर्यातकर्ता घोषणा गरी सम्मान गरिएको थियो ।

कार्यक्रममा २०७९ सालको निर्वाचनमा भक्तपुर जिल्लाबाट प्रत्यक्ष तथा समानुपातिकतर्फबाट निर्वाचित संघीय सांसदहरूलाई सम्मान गरिएको थियो । साथै भक्तपुर उद्योग वाणिज्य संघकोतर्फबाट महानगरीय ट्राफिक प्रहरी कार्यालय कमलविनायक भक्तपुरका प्रमुख प्रहरी सहायक निरीक्षक ब्रजेशकुमार झालाई संघकोतर्फबाट प्रिन्टर सहयोग वितरण गरेका थिए । कार्यक्रममा संघको बुलेटिन पनि विमोचन गरिएको थियो ।

viber sharing button
जनतापाटीबाट थप
नाइजेरियाली सेनाको कारबाहीमा कम्तीमा ४० जना बन्दुकधारीको मृत्यु 
नाइजेरियाली सेनाको कारबाहीमा कम्तीमा ४० जना बन्दुकधारीको मृत्यु  बिहीबार, पुस १७, २०२६
ठडिएको केही दिनमै ढल्यो डिकुवा–चिपटार पुलको टावर
ठडिएको केही दिनमै ढल्यो डिकुवा–चिपटार पुलको टावर बिहीबार, पुस १७, २०२६
प्रहरी सेवालाई अझै चुस्त बनाउँदै लैजाने नवनियुक्त महानिरीक्षकको प्रतिबद्धता
प्रहरी सेवालाई अझै चुस्त बनाउँदै लैजाने नवनियुक्त महानिरीक्षकको प्रतिबद्धता बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
व्यवसायीले गरे गोदावरी नगरपालिका घेराउ
मस्र्याङ्दी करिडोरअन्तर्गतका २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा
विराटनगरमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गर्छौं : मुख्यमन्त्री कार्की
एनआईसी एसिया बैंकको कार्डसम्बन्धी सेवा दुईदिन बन्द
हेटौँडा सिमेन्टको उत्पादन बन्द
मिटरब्याजी पीडितको समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल
kumari bank kumari bank
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.