काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले सेयरधनीहरूलाई सेयर प्रमाणपत्रको सट्टा डिम्याट खातामा सेयर दिने भएको छ । नेप्सेका सेयर धनीहरूलाई नेपाल सरकारले लगानी गरेका संस्थाहरूको डिम्याट गर्ने अर्थ मन्त्रलयबाट पत्र आएकाले प्रमाणपत्र नभएर सेयरधनीलाई डिम्याटमा सेयर दिने तयारीमा रहेको जानकारी दिएको छ ।
शुक्रवार नेप्सेको ४१ औं वार्षिक साधरणसभामा बोल्दै सहायक प्रबन्धक निरञ्जन फुयाँलले नेपाल सरकारले लगानी गरेका संस्थाहरूको डिम्याट गर्ने अर्थ मन्त्रालयबाट पत्र आएकाले प्रमाणपत्र नभएर सेयरधनीलाई डिम्याटमा सेयर दिने तयारीमा रहेको बताए ।
उनले अर्थ मन्त्रालयको पत्रको आधारमा धितोपत्र बोर्डले नेप्सेमा सूचिकृतको लागि स्वीकृति दिए छिटै सेयरधनीलाई डिम्याटमा सेयर दिने जानकारी दिए । उनले नेप्सेको सेयरलाई नेप्सेका सूचीकृत गर्ने प्रक्रियामा प्रयास भइरहेको बताए ।