मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Saturday, September 23, 2023 |शनिबार, असोज ६, २०८०
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
कला - साहित्य
  • गृहपृष्ठ
  • डा. अमृत थापाको कविताञ्जली लोकार्पण
डा. अमृत थापाको कविताञ्जली लोकार्पण
जनतापाटी
जनतापाटी शनिबार, पुस १६, २०७९ मा प्रकाशित
viber sharing button
डा. अमृत थापाको कविताञ्जली लोकार्पण

काठमाडौं । डा. अमृत थापाले कविताञ्जली कविता कृति बजारमा ल्याएका छन् । प्रकृति, जीवन र जागरणसँग नजिक रहेर थापाले कविता लेखेका छन् । कविताञ्जलीमा थापाका ४५ ओटा कविता सङ्ग्रहित रहेका छन् ।

थापाले आफ्नो बाल मनसपटलबाट निस्किएका भावनालाई सङ्‌हित गरेर राखेको र परिमार्जित गरेर कविता कृतिका रूपमा ल्याएको बताए ।

वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदनले जीवनमा एक पटक जोकोहिले कविता कोर्ने भए पनि असली कविलेमात्र सङ्‍ग्रहका रूपमा बजारमा ल्याउन सक्ने बताए । 'अमृतले विद्यार्थी जीवनमा कोरिएका भने पनि कविताको भाव उच्च छ । प्रकृति, जीवन र जागरणसँग कविता निकै नजिक छन् । कविले जीवनमा जे देखेका त्यसलाई नजिकबाट लेखेका छन्,' उनले भने । कविता जीवन र दर्शनसँग निकै नजिक रहेको श्रेष्ठ बताउँछन् ।

उनले पछिल्लो समय कवि, साहित्यकारहरूले सिर्जनामा आदर्शका कुरा गर्ने गरेको भए पनि व्यवहारिक जीवनमा त्यो लागू नगर्ने गरेको गुनासो गरे । तर, डा. अमृतले भने जीवनमा पनि आदर्शलाई अंकालेको आफूले पाएको श्रेष्ठको भनाइ छ ।

अमृतको मिहिनेतले कृति सकारात्मक र सार्थक बन्न पुगेको बताउँदै उनले कविको निरन्तरताका लागि शुभवकामनासमेत व्यक्त गरेका छन् ।

यस्तै डा. चिन्तामणिनाथ योगीले आफ्नो विद्यार्थीलाई बहुआयामीक व्यक्तित्वका रूपमा पाउँदा निकै खुसी लागेको बताए । 'म आफ्नो विद्यार्थीले लेखेको कविताका बारेमा धेरै विमर्श गर्न सक्दिनँ। किनकि मैले उनका कविता पढ्दा केवल कोमलता र सरलता पाउँछु। उच्च मानवीय पक्षा र नैतिकता पाउँछु,' उनले भने ।

यस्तै भरतबहादुर थापाले अमृतका कविता निकै उत्कृष्ठ भएको बताए । उनले कविले आफ्नै बाल्यकालीन अनुभव, अनुभूति र श्रद्धामा टेकेर कविता कोरेको बताए ।

कोलम्बिया विश्वविद्यालय अमेरिकाबाट शिक्षा र अर्थशास्त्रमा पिएचडी गरेका थापाले ऐश्वर्य प्रकाशन प्रालिबाट पुस्तक प्रकाशन गरेका हुन् । उनी हाल पेन्सलभेनिया विश्वविद्यालय फिलाडेल्फिया संयुक्त राज्य अमेरिकामा लेक्चररको रुपमा कार्यरत छन् ।

viber sharing button
जनतापाटीबाट थप
शाओमीको नेपालमा ५ वर्ष पुरा
शाओमीको नेपालमा ५ वर्ष पुरा बिहीबार, पुस १७, २०२६
क्यानको सचिवमा पारस खड्का निर्वाचित
क्यानको सचिवमा पारस खड्का निर्वाचित बिहीबार, पुस १७, २०२६
सरकारले शिक्षामा लगानी गर्ने वातावरण बनाएन् - योगेश भट्टराई
सरकारले शिक्षामा लगानी गर्ने वातावरण बनाएन् - योगेश भट्टराई बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
आज मोती गजल मुशायरा हुने
मोती गजल मुशायरा २०८० हुँदै
प्रथम शहीद लखन थापा मगर (ऐतिहासिक दस्तावेज संग्रह) बिमोचन
सागर खड्काको नयाँ उपन्यास ‘राइपाली भञ्ज्याङ’ लोकार्पण
डा. ओममूर्ति अनिलको पुस्तक ‘जीवन्त सम्बन्ध’ सार्वजनिक
मोती जयन्तीको अवसरमा भक्तपुरमा कविता वाचन प्रतियोगिता
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.