मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Thursday, October 05, 2023 |बिहीबार, असोज १८, २०८०
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
सुरक्षा
  • गृहपृष्ठ
  • लमजुङमा निर्वाचनलाई थप चार सय सुरक्षाकर्मी माग
लमजुङमा निर्वाचनलाई थप चार सय सुरक्षाकर्मी माग
जनतापाटी
जनतापाटी शनिबार, कात्तिक १२, २०७९ मा प्रकाशित
viber sharing button
लमजुङमा निर्वाचनलाई थप चार सय सुरक्षाकर्मी माग

लमजुङ । आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि लमजुङमा ४०० भन्दा बढी सुरक्षाकर्मी अपुग भएको छ । लमजुङमा २ हजार ३७६ सुरक्षाकर्मी खटाउने जिल्ला सुरक्षा समितिले जनाएको छ ।

सबैभन्दा बढी म्यादी प्रहरी १ हजार ९७ जना खटिने छन् । नेपाल प्रहरी ६१२ जना खटाइने भएकोमा लमजुङमा ३६१ जना मात्रै प्रहरी छन् । कम्तीमा २४० प्रहरी अपुग छ । सशस्त्र प्रहरी बलका १९७ जना खटाइने भएकोमा लमजुङमा ३६ जना मात्रै छन् । १६१ अपुग छ ।

सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले निर्वाचनको लागि सशस्त्र र नेपाल प्रहरी गरी ४०० जनशक्ति अपुग रहेको बताए । 

लमजुङमा अति संवेदनशील मतदानस्थलमा वरिष्ठ सई, संवेदनशीलमा सई र सामान्यमा असईको कमाण्डमा प्रहरी खटाइने डीएसपी प्रकाश श्रीमलले बताए । उनका अनुसार म्यादीसहित कम्तीमा ९ देखि ११ जनासम्म प्रहरी खटिनेछन् ।

निर्वाचनमा नेपाली सेना ४६० र राष्ट्रिय अनुसन्धानका १० जना सुरक्षाकर्मी खटिनेछन् । नेपाली सेना भने मौजुदा रहेको सुरक्षा समितिले जनाएको छ । नेपाली सेनाको अपुग भएमा सेनाले नै व्यवस्थापन गर्नेछ ।

मतदानस्थलको पहिलो घेरामा हतियारसहितको नेपाल प्रहरी र म्यादी प्रहरी, दोस्रो घेरा कम्पाउण्ड बाहिर सशस्त्र प्रहरी र त्यसभन्दा बाहिर नेपाली सेना परिचालन गरिनेछ । 

लमजुङका २२ मतदानस्थल अति संवेदनशील देखिएका छन् । ८३ मतदानस्थल संवेदनशील छन् । २३ मतदानस्थलमात्रै सामान्य देखिएका छन् । भौगोलिक दृष्टिकोणबाट सदरमुकामबाट धेरै टाढा, यातायातको असुगमता, विगतका घटना, अरु जिल्लासंग सीमा जोडिएका तथा विभिन्न समीक्षाबाट सुरक्षा खतरा देखिएका ठाउँ अति संवेदनशील मतदानस्थलमा परेका प्रजिअ वैद्यले बताए ।

viber sharing button
जनतापाटीबाट थप
बेगनास तालमा युवक मृत फेला
बेगनास तालमा युवक मृत फेला बिहीबार, पुस १७, २०२६
धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा चारजना पक्राउ
धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा चारजना पक्राउ बिहीबार, पुस १७, २०२६
इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध भ्रष्टाचार मुद्दा
इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध भ्रष्टाचार मुद्दा बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
मधेस प्रदेशका सबै सिडिओसँग गृहमन्त्रीको समसामयिक सुरक्षा चुनौतीबारे छलफल
नेपालगञ्जमा अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी
स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने दोषीलाई कारबाही गर्न गृह मन्त्रालय प्रतिबद्ध
ट्राफिक प्रहरीद्वारा चालकलाई प्रशिक्षण
गृह मन्त्रालयले भन्यो - स्वास्थ्यकर्मीमाथि आक्रमण गरे कारबाही हुन्छ
प्रधानसेनापति शर्मा भारत प्रस्थान
City Express City Express
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.